Pages

Tuesday, March 18, 2014

अतितको होली



२०६२ सालको लोलाको सम्झनाहरू मनस्मृतिमा अझै ताजै छन। घुमिरहन्छन। चाहबिल देखि बेोद्ध हुदै त्यो बेोद्धको गल्ली भित्रबाट उनि र म तिनचुली तर्फ जाँदै थियेो। हामीहरू बन्धनमा त बाँधी सकेका थिएनन्। तर जोडी नै भएर हामीहरू केहि दिन देखि घुमफिर र सापिङ गर्दै अाइरहेका थिए। जोडी देखे पछि कसैले लोला गोला हान्ला भन्ने मनमा कति पनि लागेको थिएनन्। 

जब हामी अरब नेशनल बैकको गल्ली भन्दा केहि माथी मात्रै पुगेको थियो। त्याँह होलीको रंगलेली भटभट् चल्दै रहेछन। पुरै गल्लीको वारीपारी लोला, अण्डा.. हानहान। फोहरपानी, हिले,गोबर,रंग अादि छ्याप छ्याप्प थियो। कोहि घरको छतबाट, कोहि बरण्डाबाट,केहि सडकबाट हेरी रहेको थियो। पानी परिरहेको थियो। त्यसले गर्दा त्याँह,त्यो होली जस्तो थिएनन् हिले जात्रा जस्तै थियो।

ति होली खेल्नेहरूलाइ होलीको कुनै महत्व नै थाहा थिएन्। त्यो समाजको पर्व होली पनि थिएनन्। किनकी त्याँह त्यो होलीको हिले जात्रा खेल्नेहरू प्राय जसो तामाङ, शेर्पा र तिब्बतीहरू थिए।

हामी त्याँह लगभग अाधाा घण्टा जस्तै रोकिए। शान्ता भयो। त्यसपछि उनी र म त्याँह बाट अघिबढे। त्यसतै बिस तिस पाइला माथी मात्रै के पुगेको थियो। एउटा घरको छतबाट यस्तो लोलाको बर्षा भयो कि हामी माथी त्यो कुनै लडाइमा शत्रुले हामी माथी गोली प्रहार गरेको जस्तै लागेको थियो। सडक पुरै हिलो नै हिलो थियो। तला सडकको हिलो छल्नु पर्ने माथी लोलाको बर्षा फेरी संगै भएको हुुुनेवाला जोडी। न भग्न सक्ने, न थेक्न सक्ने, न जोगाउनु नै सक्ने। तिन चारवटा लोला मैले खाए त्यस्तै तिन चारवटा लोला उनीले नि खाए। त्यसपछि त्यो रोकियो।
अलि माथी पुगेर मैले त्यो घर हेरे। घरको छतमा दोर्ज्यु र लुङगदरहरू फर्रफराइ रहेको थियो। अोम माने पद्मे हुँ भन्नेले पनि होलि रे होली भन्दै बाटोमा हिडने अन्जान व्यक्तिहरू माथी यस्तो लोला प्रहार गर्ने रैछ,यो त पक्कै पनि बुद्धको शिक्षा होइनन होला? फेरी हेरे। हेर्नु सिवाय अरू के नै गर्न सक्थे।

म र उनी अर्ध स्नानको अवस्थामा थियो। हामीहरू एकले अर्कालाइ हेरे दुवैले एकले अर्काको त्यो गतिहरू देखेर हाँसे ।त्यो मुस्कानले ति सबै दृगतिहरूलाइ दुर बनाइ दियो। केहि समय पछि हामी तिनचुलीमा पग्येो। उनले मलाइ घरमा जाउँ कि जाउँ भन्दै जबर्जस्ती गर्दै थियो। तर म गइनन्। हुनेवाला ज्वाइ अर्धस्नान अवस्थामा कसरी त्यो हुनेवाला ससुरालीको दैलोमा खुट्टा राख्ने सक्थे र ?
उनी उन्नको त्यो घरमा पसे म मेरो गनत्वय खोज्दै ट्याक्सीमा पसे।

ति त्यतिबेलाको लोला जिन्दगी भरीकै लोला बनिरहे।

No comments:

Post a Comment