Pages

Monday, April 30, 2012

*दश पारमिता*


१) शील पारमिता तिन प्रकारका छन।
   १ कु-कार्यबाट टाढा रहने ।
   २ कुशल गुणको संग्रह गर्ने।
   ३ प्राणीहरूको कल्याण गर्ने
२) दान पारमिता तीन प्रकारका छन।
   १ धर्म उपदेश दान ।
   २ भौतिक बस्तुहरूको दान।
   ३ भयबाट सुरक्षाको दान ।
३) क्षान्ति पारमिता तीन प्रकारको छन।
   १ संसार त्याग गर्दाखेरि सहनु पर्ने कस्टबारे सरोकार नराख्ने।
   २ प्राणीहरूको कल्याण गर्दा पर्ने कस्ट
     ३ धर्मप्रति आत्मविश्वासको क्षान्ति।
४) विर्य पारमिता तीन प्रकारको छन।
  १ महायानको उपदेशलाइ लागु गर्ने विर्य पारमिता।
  २ कस्टहरूलाइ हटाउने कवचको विर्य पारमिता।
  ३ त्रुटिबिहिन सर्बज्ञ बुद्भत्व प्राप्त गर्ने कठोर विरताको विर्य पारमिता।
५) ध्यान पारमिता तिनप्रकारको छन।
   १ सही लौकिक पथमा ध्यान एकाग्र गर्ने ध्यान पारमिता।
   २ लोकोत्तर पथमा ध्यान एकाग्र गर्ने ध्यान पारमिता।
   ३ ध्यान र ती दुबैलाइ केन्द्रित हुने सामान्य ध्यान पारमिता।
६) प्रज्ञा पारमिता तिन प्रकारको छन।
   १ संस्कार बस्तुहरूलाइ केन्द्रित गर्नुबाट टाढा छ भनेर महसुस गर्ने प्रज्ञा ।
   २ नैसर्गिक प्रकृति केन्द्रित गर्नु बाट टाढा छ भनेर महसुस गर्ने प्रज्ञा।
   ३ घटनहरू द्भैधता भन्दा टाढा छन भनेर केन्द्रित गर्ने र शब्द, विचार वर्णनबाट
   टाढा छन भनेर महसुस गर्ने प्रज्ञा।  
७) वल पारमिताः- गुणहरूलाइ करूणाको प्रकृतिकद्भारा सजाइएको शून्यताबारे ज्ञान संग            छुटयाउने रचनालाइ निर्मूल पार्नु वल पारमिता हो।
८) उपायको पारमिताः- देव र मानवको अवस्था प्राप्त गर्ने अभिलाषा नराखी अनुत्तार सम्यक् सम्बोधिका गुणहरू प्राप्त गर्नुको लागि अभ्यास गर्नु उपाय पारमिता हो।
९) प्रविधानको पारमिताः- म लगायत सम्पूर्ण वास्तविक अर्थलाइ साक्षात्कार गरौ भन्ने चिताउनु प्रविधान पारमिता हो।
 १०) ज्ञानको पारमिताः- शुरूवात देखि नै तिम्रो मनको सारतत्वमा यस ज्ञानको प्रकृति     रहेको थियो भन्ने तथ्यलाइ पहिचान गर्नु् ज्ञान पारमिता हो।
नोटः पारमिता भनेको त्यो हो जसले हामीलाइ संसारको सागरबाट अर्को किनारमा परायाउनुको लागि कारक बन्छ।

Sunday, April 29, 2012

बोधिसत्व मञ्जुश्रीको उपदेशहरू(बोधिसत्व भूमिमा प्रवेशको लागि)















बोधिसत्व भूमिमा प्रवेश गर्नुको निमिता यी दश् नियमलाइ पालना गर्नुहोसः
१,सबै तथागतहरूको दर्शन गर्न,सेवा गर्न,पुजा गर्न एंव सामु उपस्थित हुनु दिक्क नमान्नु।
२,सबै कुशल कर्महरू संचय गर्नु पछि नर्पनु दिक्क नमान्नु।
३,बुद्ध वचन रूपी धर्मलाइ दिक्क नमानी जान्नु खोज्नु दिक्क नमान्नु।
४,सबै बुद्धबोधिसत्वहरूले पालना गर्नु पर्ने दान, शील अादि पारमिताहरूको अभ्यास गर्नु दिक्क नमान्नु।
५,सबै बोधिसत्वहरूको समाधि प्राप्त गर्न दिक्क नमान्नु।
६,भूत, भाविष्यत्,वर्तमान् तीनै कालका परम्परामा लाग्नु दिक्क नमान्नु ।
७, दशै दिशाका सबै बुद्धक्षेत्र समुन्द्रहरूलाइ मनले स्मरण गर्नु दिक्क नमान्नु।
८,सबै सत्व प्राणीहरूलाइ बुद्ध बनाउन संकू भन्ने कार्यमा दिक्क नमान्नु।
९,सबै क्षेत्रहरूमा कल्प कल्पसम्म बोधिसत्व चर्या पालन गर्नु दिक्क नमान्नु
१०, सबै बुद्ध क्षेत्रका परमाणु समान पारमिताको अभ्यास गरेर एउटा मात्र प्राणीलाइ उद्धार गर्न सके भने पनि असलै हो भन्ने चिताइ सबै लोक धातुलाइ उद्धार गर्न एउटै तथागतको बलले पनि सकिन्छन भन्ने भावना गर्न दिक्क नमान्नु।
उपयुक्त दश नियम पालना गरेमा बोधिसत्व भूमि र तथागत भूमिको सामु पुग्न सकिन्छन।

Thursday, April 26, 2012

नेता अनि देश

यो देशको मुहार फेर्दे फेरेन
माटोमा यहाँ सुगन्ध भर्दै भरेनन्
भस्ट्र, तहस्थ, मटस्थको बर्चस्व
चिल्ला चिप्ला गाडी अनि जुगाँ 
गुडे उँडे शायलमा वासना भो
यँहाँ यो भूमिमा कस्तो राजनिति हो ? 

सत्ता, भत्ता,कमिसान खाने नेता
पछि पछि ठेक्का पट्टा खाने फ्याउरे कार्यकर्ता
जय जयकार तिनकै 
देशलाइ यहाँ परेको छ अप्ठायारो
न बन्यो सविधान,न नयाँ नेपाल
कठै सर्वहारा वर्ग जनता विचारा।

यो देशको मुहार फेर्दै फेरेनन
माटोमा यहाँ सुगन्ध भर्दै भरेनन्
रोजीरोटी खोज्यो छैन यहाँ
अभाव मंहगीको यो कस्तो चाप
नेतालाइ कमिशन,पार्टीलाइ चन्दा
यो देशको व्यापारीको धन्दा
हे सर्वहारा वर्ग नेपाली जनता
हाम्रो उत्थान यो देशमा कैले हुन्छ।

यो देशको मुहार फेर्दे फेरेनन्
माटोमा यहाँ सुगन्ध भर्दै भरेनन्
.....................................
....................................


Wednesday, April 25, 2012

धर्म श्रवण गर्दा ध्यान दिनु पर्ने तीन मुख्यकुराहरू


१ धर्म श्रवण गर्ने समयमा, आफनो श्रोत्र विज्ञान अरू ठाँउमा नभुली धर्मभास्यका ति शब्द्धलाइ ध्यान लागई सुन्नु पर्छ। त्यसरी सुनेन भने घोप्टयाएको भाँडोमा रस हालेको जस्तै शरीर र धर्मदेशना गर्ने ठाँउमा भए पनि धर्मको एउटा पनि शब्द्ध आफुले सुनिदैनन।
२ त्यसरी सुनेको धर्म त्यो पनि बुझेको र सुनेको भरमा चिन्तन मनन् गरी धारण गरेनन भने पिंध प्वाल परेको भाँडोमा जति रस हाले पनि नअडिने धर्म श्रवण जति गरे पनि मन लगाएर अभ्यास गर्न जान्दैनन।
३ धर्म श्रवण गर्ने समयमा आफु ठुलो हुने र नाम राख्न चाहने आदि दोषयुक्त बिचारले सुन्ने वा राग,द्भेष र मोह आदिमा पन्चविषको कल्पनासंग मिश्रित भई सुनेमा धर्मले मनलाई काम नलाग्ने मात्र नभई धर्म पनि अधर्म हुन्छ र विषयुक्त भाँडोमा मिठो रस हालेको जस्तै हुनेछन।

नोट:- धर्म श्रवण गर्ने समयमा बाँसुरीको अवाजमा मोहित मृगलाइ छेऊबाटै शिकारीले बिषयुक्त तीर हान्दा पनि थाहा नपाएको जस्तै एकाग्रचित भई धर्म श्रवण गर्दा शरीरको रौ ठाडो परि ऑखामा ऑशु बगाइ दुई हात जोडी अरू बिकल्पको व्यवधान नपारिकन सुन्नु पर्दछ।

Sunday, April 22, 2012

म हुँ शिला

sheela Thokar




 म  हुँ शिला
 इमान इज्जातको के कुरा
पैसा र बैशको छ यहाँ लिला
शिकार खैल्दै बिगार गरे
बन्धन बाँध्दै तोडि हेरे
त्यो भन्दा अरू मैले के गरे।


उच्चा शिक्षा, निच व्यवहार
दुराचार यो भएर के भोर
मेरो लागि नारीतत्व के होर
बाँच्नु छ यहाँ
गन्तव्य त्यो कहाँ
इमान इज्जातको कुरा किन गर्ने यहाँ?
म कहाँ तिमी कहाँ
जाँह छोडे, त्याँही बाटै अर्कै रोजे
यो बिरानो ठाँउमा कसले
को हो भनि  सोध्ने यहाँ।

लुटे ढाँटे परदेश लागे
कतिको पछि लागे
कतिलाइ छाडे
यो के होर
यँही नै त भयो मेरो व्योहोरा
न नाता, न चिन्छ कसैले
मैले जे गरे नि के भोर
जिन्दगी बाँच्नु छ
किन लगाउँनु त्यो इज्जतको बोरा।

शिक्षा उच्च, विचार निच्च
व्यवहारमा दुराचार
यस्तै भयो मेरो संसार
हारे तिम्ले जिते मैले
सत्य तिम्रो मिथ्य भयो
यसैले त तिम्रो जिवन तितो रहियो।



महा करूणिक ह्रदय धारणी


ॐ नमो महाकरुणिक श्रीसर्वबुद्धबोधिसत्त्वेभ्यः


नमो रत्नत्रयाय नमो आर्य अवलोकितेश्वराय 
बोधिसत्त्वाय महासत्त्वाय महाकारुणिकाय।
ऊँ सर्वरभये सुधनदस्य। . 
नमस्कृत्वा इमम् आर्यावलोकितेश्वर रंधव नमो नरकिन्दि ह्रीः। 
महावधसम सर्व अथदु शुभुं अजेयं
सर्व सत्त्य नम वस्त्य नमो वाक मार्ग दातुह्
तद्यथा ऊँ अवलोकि लोचते करते ए ह्रीःमहाबोधिसत्त्व।
सर्व सर्व मल मल महिम हृदयम् 
कुरु कुरु कर्मं धुरु धुरु विजगते महाविजयते
धर धर धिरिनिश्वराय चल चल मम विमल मुक्तेले 
एहि एहि शिन शिन आरषं प्रचलि विष विश प्राशय।

हुरु हुरु मार हुलु हुलु ह्रिह्
सर सर शिरि शिरि सुरुसुरु बोधिय बोधिय बोधय बोधय मैत्रिया।
नारकिन्दि धर्षिनिन भयमान स्वाहा सिद्धाय स्वाहा।
महासिद्धाय स्वाहा सिद्धायोगेश्वराय स्वाहा। नरकिन्दि स्वाहा।
मारणर स्वाहा। 

सिरा संह मुखाय स्वाहा सर्व महा आसिद्धाय स्वाहा 

चक्र आसिद्धाय स्वाहा। 
पद्म हस्त्राय स्वाहा।

नरकिन्दि वगलय स्वाहा मवरि शन्खराय स्वाहा। 
नमः रत्नत्रयाय नमो आर्यावलोकितेश्वराय स्वाहा।

ॐ सिध्यन्तु मन्त्र पदाय स्वाहा। 








Saturday, April 21, 2012

अवलोकितेश्वर मन्त्र

नमो रत्नत्रत्राय।
नमो आर्यज्ञान सागर भैरोचन।।
व्युहराजय तथागतय अर्हते सम्यक सम्बुद्धया।
नमो सर्व तथागतेव्यह, आर्हतव्यह, सम्यकसम्बुद्धेव्यह।
नमो आर्य अवोलकितेश्वरया, बोधिसत्वाय, महासत्वाय,महाकरूणिकाय।
त या थ  धारा धारा धिरि धिरि धुरू धुरू
इतिमे इहि चले चले  प्र चले प्र चले
कुशुमे कुशुमवरे इलि मिली चित्तिच्वाङल महामनुया स्वाहः




Thursday, April 19, 2012

नेपाली अर्थ सहित जयमंगल गाथा।


बाहुं सहस्समभिनिम्मितसायुधन्त,गिरिमेखलं उदितघोरससेनमारं।
दानादि धम्मविधिना जितवा मुनिन्दो, त तेजसा भवतु ते जयमंगलानि।१।  
—जुन मुनिन्द्र तथागतले सुदृढ हतियार त्रारणगरी गिरिमेखल नामक हाती माथी चढी अत्यन्त भयंकर सैन्य सहित भै आएर हजार हात भएका मारलाइ आफ्नो दान आदि धर्मको बलले जित्नु भयो। उनै भगवान बुद्धको आनुभावले मलाइ कल्याण होस।१। 
मारातिरेकमभियुज्झित-सब्बरत्तिं,घोरं, पनालवकमक्खमथद्धयक्ख। खान्ति सुदन्तविधिना जितवा मुनिन्दो।
तं तेजसा भवतु ते जयमंगलानि।२।
—जुन मुनिन्द्र  तथागतले मारले भन्दा चर्को रूपले रातभरी संग्राम गर्ने दुर्धर्ष र कठोर हृदयी आलवक यक्षलाई शान्ति र संयम विधिले जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाइ कल्याण होस् ।२।

नालागिरि जगवरं अतिमत्तभूतं,दावग्गिचक्कमसनीव सुदारूणन्तं। मेत्तम्बुसेकविधिना जितवा मुनिन्दो, तं तेजसा भवुत ते जयमंगलानि।३।

—जुन मुनिन्द्र तथागतले डढेलो,चक्र र विद्युत समान अत्यन्त दारूण र अत्यन्त मदमत्त भएको नालगिरी हातीलाइ मैत्रीरूपी जल सिञ्चनगरी जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाइ कल्याण होस्।३।

उक्खित्तखग्ग-मतिहत्थ सुदारूणन्त,धावं तियोजनपथं-गुलिमालवन्त। इद्धिभिसंखतमनो जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।४।

—जुन मुनिन्द्र तथागतले अत्यन्त भयंकर हातमा खड्ग धारणा गरेका, योजनका योजन दर्गुन सक्ने अंगुलिमाला डांकालाइ ऋद्धिको बलले जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाइ कल्याण होस् ।४।
कत्वान कटठमुदरं इव गब्भिनीया, चिञ्चाय दुट्ठवंचन जनकायमज्झे। सन्तेन सोम विधिना जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।५।
—जुन मुनिन्द्र तथागतले काठको टुक्रा पेटमा बांधी जनसभामा गर्भिणीको भेषलिई दृष्ट वचन बोल्ने चिञ्चामानविकालाई आफ्नो शान्त र सौम्य बलले जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाई कल्याण होस्।५।

सच्च विहाय मतिसच्चकवादकेतुं, वादाभिरोपितमनं अतिअन्धभूतं।। पञ्ञापदीपपजलिलो जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।६।
 —जुन मुनिन्द्र तथागतले सत्य छाडी असत्यबाद पोषण गर्ने अभिमानी वादविवाद परायण र अहंकारले अन्धा भएका सच्चक परिव्राजकलाई प्रज्ञाको ज्यति बाली जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाई कल्याण होस् ।६।  

 नन्दोवनन्दभुजगं विवुधं महिद्धि, पुत्तेन थेरभुजगेन दमापयन्तो। इद्धपधेसविधिना जितवा मुनिन्दो, तं तेजसा भवुत ते जयमंगलानि ।७।

 —जुन मुनिन्द्र तथागतले विविध महान ऋद्धिले सम्पन्न नन्दोपनन्द नागलाई आफ्नो शिष्य मौद्गल्यायन महास्थविरद्धारा आफ्नो ऋद्धिशक्ति र उपदेशको बलले जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाई कल्याण होस्।७।
दुग्गाहदिठ्टिभुजगेन सुदठ्टहत्थं, ब्रम्ह विसुद्धि जुतिमिद्धि बकाभिधानं। ञाणागदेन विधिना जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।८।
—जुन मुनिन्द्र तथागतले भयानक।मिथ्यदृष्टिरूपी सर्पद्धारा डंसित,विश्वज्योति ऋद्धि शक्ति सम्पन्न बक नामक ब्रह्मालाई ज्ञानरूपी औषधीद्धारा जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाई कल्याण होस्।८।

एतापि बुद्ध जयमंगल अठ्ट गाथा, यो वाचको दिनदे सरते मतन्दी हित्वान नेकाविविधानि चुपद्दवानि।
मोक्खं सुंख अधिगमेय्य नरो सपञ्ञो।९।
—जुन श्रद्धालु पाठकले यो बुद्धको आठ जयमंङगल गाथा निरालसी भई नित्यपाठ गर्ला। त्यो बुद्धिमान व्यक्तिले नाना प्रकारका उपद्रवहरूबाट मुक्तिभई मोक्षसुख प्राप्त् गर्नेछ।
 स्रोत महापरित्राण 

Monday, April 16, 2012

प्रज्ञापरामिता ह्रदय सुत्र


नमोः सर्वज्ञाय!

गते गते पारगते पारसंगते बोधि स्वाहा!*८

आर्यवलोकितेश्वरबोधिसत्वो गंम्भीरायां प्रज्ञापारमितायां चर्या
चरमाणो व्यवलोकयति स्म।
पंचस्कन्धः तांश्च स्वभावशून्यान पश्यति स्म।।

इह शारिपुत्र ,
रूपं शून्यता, शून्यतैब रूपम् ।
रूपान्न पृथक् शून्यता,
शून्यताया न पृथग् रूपम्।
यद्रूपं सा शून्यता,
या शून्यता तद्रूपम्।।

इह शारिपुत्र
सर्वधर्मोः शून्यतालक्षणा अनुत्पन्ना अनिरूद्या
अमला न विमला नोना न परिपुर्णाः।
न बिद्या नाविद्याया
नाविद्याक्षयो नाविद्यायाक्षयो
यावन्न जरामरणं,न जरामरणक्षयो
न दु.खसमुदयनिरोधमार्गा न ज्ञान न प्राप्तित्वम् ।।


बोधिसत्वस्य प्रज्ञापारमितामाश्रित्य विहरति चित्ताबरणः।
चित्तावरणनास्तित्वादत्रस्ता विपर्यासातिक्रान्तो निष्ठनिर्वाणः।
त्र्याध्वव्यवस्थिताः सर्वबुद्धाः प्रज्ञापारमितामाश्रित्या अनुत्तरां
सम्यक संबोधिमभिसंबुद्धा।।

तस्माज्ज्ञातव्यः प्रज्ञापारमितामहामन्त्रो महाविद्यामन्त्रो अनुत्तरमन्त्र
असमसममन्त्रः
सर्वदु.खप्रशमनः सत्यममिथ्यत्वात् प्रज्ञामारमितायामुक्तो मन्त्रः।
गते गते पारगते पारसंगते बोधि स्वाहा।।


Thursday, April 12, 2012

नव बर्षा २०६९ को मंगलमय शुभकामना !



नमो तस्स् भगवतो अरहतो सम्मासबुद्भस्स ! 
जयन्तो बोधिया मुले, सक्यानं नन्दिवढ्डनो एवमेव जयो होतु, जयस्सु जयमंगलं।। 
शाक्य नंदिवर्द्धन(भगावन बुद्ध) ले बोधिवृक्ष मुनि(जस्तो प्रकारको पापी मार माथी विजय प्राप्त गरियो) उस्तै प्रकारले तंपाइहरूको पनि यो २०६९ सालमा विजयलाभ होस। साथै सम्यक् दृष्टी, सम्यक् संकल्प (प्रज्ञा) सम्यक वाणी सम्यक् कर्मान्त सम्यक् आजीविक (शील) सम्यक् व्यायम,सम्यक् स्मृति सम्यक् समाधि (समाधि) को पुर्णपालन गर्दै सम्यक सम्बुद्धको मार्ग प्राप्ती होस।
" Happy new year 2069"

Wednesday, April 11, 2012

जयमंगल गाथा

बाहुं सहस्समभिनिम्मितसायुधन्त,गिरिमेखलं उदितघोरससेनमारं।
दानादि धम्मविधिना जितवा मुनिन्दो, त तेजसा भवतु ते जयमंगलानि।१।
 
मारातिरेकमभियुज्झित-सब्बरत्तिं,घोरं पनालवकमक्खमथद्धयक्ख।
खान्ति सुदन्तविधिना जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।२।

नालागिरि गजवरं अतिमत्तभूतं,दावग्गिचक्कमसनीव सुदारूणन्तं।
मेत्तम्बुसेकविधिना जितवा मुनिन्दो, तं तेजसा भवुत ते जयमंगलानि।३।


उक्खित्तखग्ग
-मतिहत्थ सुदारूणन्त,धावं तियोजनपथं-गुलिमालवन्त।
इद्धिभिसंखतमनो जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।४।

कत्वान कटठमुदरं इव गब्भिनीया, चिञ्चाय दुट्ठवंचन जनकायमज्झे।
सन्तेन सोमविधिना जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।५।

सच्चं विहाय मतिसच्चकवादकेतुं, वादाभिरोपितमनं अतिअन्धभूतं।।
पञ्ञापदीपजलिलो जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।६।

नन्दोवनन्दभुजगं विवुधं महिद्धि, पुत्तेन थेरभुजगेन दमापयन्तो।
इद्धुपधेसविधिना जितवा मुनिन्दो, तं तेजसा भवुत ते जयमंगलानि ।७।

दुग्गाहदिठ्टिभुजगेन सुदठ्टहत्थं, ब्रम्ह विसुद्धि जुतिमिद्धि बकाभिधानं।
ञाणागदेन विधिना जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।८।

एतापि बुद्ध जयमंगल अठ्ट गाथा, यो वाचको दिनदे सरते मतन्दी
हित्वान नेकाविविधानि चुपद्दवानि, मोक्खं सुंखं अधिगमेय्य नरो सपञ्ञो।९।


Sunday, April 8, 2012

हिन्दु धर्म होइनन

अझै यो देशमा हिन्दु धर्मको नाममा राज गर्ने कोशिस गरिरहेको देखिन्छन। अति हिन्दुबादका तत्वहरूले,यहाँ जातियगत संघियताको बिरोध गर्नुको एउटा मात्रै कारण छ।  यहाँ उच्च जातीका  हिन्दुहरूले निच्च जातमाथी  शासन गर्ने र मलिक बन्ने प्रयास र उद्देश्य तिनीहरूको  निरन्तरत जारी राखेका छन। नेपालमा हिन्दु धर्मको शासक भन्दा अन्य कुनै धर्मका शासक खडा भएमा यिनीहरूका लागि असहनिय हुने देखिन्छन।  यस्तै हिन्दुबादहरूले यो देशमा निकै गहिरो जरो  गाडिएर बसेको देखिन्छन। जसलाइ जातियगत संघियताले कमजोर बनाउने छ भन्ने डर यिनीहरू माथी पैदा भइसकेको छन।  
यही अतिहिन्दुबादको जरोलाइ कमजोर बनाउने कार्य पनि जातियगत संघियताले गर्ने निश्चित नै छन।
हिन्दुधर्मको वास्तविक अर्थ खोज्दै जाने हो, भने पर्शियन भाषामा कालो चोर गुलामी भन्ने बुझिन्छन। यो अर्थले नै थाहा हुन्छ, हिन्दुहरू कस्तो हुन्छ भनि। हिन्दुधर्मको उदय पनि यिनै भाषा बाट भएको थियो।
यदि हिन्दु धर्म भनेको के हो ? भनि  कुनै हिन्दुबादीहरूलाइ सोध्नु भयो भने प्रति उत्तरमा हिन्दु भनेको कोण हुन भन्नेछन। साथमा म यो बर्गको, यो जातको हो भनि उत्तर दिनेछन।
यहाँ जातिय र वर्गको वर्गिकारण गर्ने पनि हिन्दुबादीहरू नै हुन। जसले ४ जातिमा जतियकारण गर्दै उच्चा र निच्चा भन्दै वर्गिकारण गरिएका भेटिन्छन। 
यदि हामीहरू कुनै किराणा पसलमा समान खरिद गर्नुको निमिता  गयौ भने, त्याँह दाल,चमाल,पिठो,गेडागुडी,चिनी,मसाल,नुन......... मिल्ने छन। तर किराणा भन्ने कुनै बस्तु नै भेटिने छैन। यस्तै हिन्दुमा छन। नाम हिन्दुको हुन, तर कोहि पनि त्याँह हिन्दु मिल्ने छैनन। यसको  जति चर्चा परिचर्चा जति गरे पनि हिन्दुबाद मात्र हुन् । हिन्दुधर्म नै होइनन। जो हिन्दु छन हाम्रो देशमा, तिनीहरू भारतिय आर्यबासी हुन। जो इरान हुदै नेपालमा प्रवेश गरिएका थियो। 
यो देशमा तिनै हिन्दुका उच्चा जातिका ब्राम्हण,शाह,राणाहरू जस्ता अतिहिन्दुबादीहरूले नै अन्य धर्महरूको सत्यनाश गरि हिन्दुबादलाइ नेपालमा परिचालन गरिएको देखिन्छन। जो जनवार भन्दा नि हिस्रांक जन्तु थियो।  
तिनै जन्तुहरूले यो देशमा २८४ बर्षा भन्दा बढि हामी आदिबासी जनजाति माथी शोषण गरिएको थियो। हाम्रै भूमिमा हामीलाइ नै दासी बनाउने अरू कोहि होइनन यिनै हिन्दुबादीहरू हुन। 
यो देशमा रहेका सबै आदिबासी जनजातिहरू एक हुने हो भने, हिजोका हाम्रो मलिक बनेका आययित आर्य मुलका शोषक दमनकारी,हिसाँबादी हिन्दुबादहरू यो भूमिमा मुसा जस्तै बन्नेछन।
यिनीहरूलाइ मुसा बनाएर पिजाँडमा थुने पछि मात्र । हाम्रो मुलुकले नयाँ रूपरंग फेर्दै विकास र उन्नतिको बाटोमा गति लिनेछन। देशले प्रगतिका साथ मुहार फेर्दै मुस्काउने निश्चित छ। 
हामीले, हाम्रै मुलुकमा। हाम्रो जातियगत अधिकार र सम्मानको लागि मात्र अवाज उठाइरहेको छन।  जातियगत संघियताको। यसमा कुनै चालखेल अझै यो मुलुकमा हिन्दुबादलाइ निरन्तरता दिनु खोजियो भने छिटै हिन्दुबादहरूको अन्त यो देशबाट हुने निश्चित छन। 
                                                 
ताम्सालिङ को खतिरमा कुनै पनि हिन्दुबाद संग जस्तो सुकै परिस्थितिको समाना गर्नु पछाडी पर्ने छैन।

Wednesday, April 4, 2012

"मनुस्मृति"



   मलाइ लाग्छ धर्ममा कुनै जात जाति वा वर्ग भन्ने कुराहरू नै रहदैनन। सबैमा सम्मान अधिकार रहन्छन। धर्म त्यो हो, जसले मानवतालाइ बुझिन्छन र प्राणीहरू माथी दयामाया करूणाको भाव राख्दै स सम्मान व्यवाहार गरिन्छन।
यहाँ त धर्मको नाममा नारीमाथी शोषण र अत्याचार गर्नु भनि मनुले नै भनिएको छन भने जात अनुसारको कार्बाही पनि फरक फरक तवरले गर्नु भन्ने आज्ञा भएको देखिन्छन।
नेपाल र भारतमा नारीहरूमाथी हिसां हुनुको मुख्य कारण यो मनुस्मृर्ति नै पो हो कि जस्तो पो लाग्न थालियो।
हिन्दुधर्मलम्बीहरूको पवित्र धर्मिक शास्त्र मनुस्मृर्तिमा नारीहरूको बारेमा यस्तो लेखिएका छन। साथै जातजातिको अधारमा अवैध सम्भोग भएमा कस्तो किसिमको कार्बाही गर्न पर्छ भन्ने कुरा समेत स्पष्टका साथ लेखिएका भेटिन्छन। 
 मनुस्मृर्ति भित्र नारीहरूको बारेमा यसरी उल्लेख गरिएका छन
१,छोरी पत्नी,माता वा कन्या युवा, बृद्धा कुनै पनि स्वरूपमा नारी स्वतन्त्र हुनु हुदैनन।  अध्याय ९ श्लोक २
२,पति पत्निलाइ छोडन सकिन्छन बन्दकी पनि राख्नु सकिन्छन, बेच्नु पनि सकिन्छन तर नारीलाइ त्यस्तो अधिकार छैन कुनै पनि स्थितिमा। बिबाह पछि पत्नि सदैव पत्नि नै रहन्छ।अध्याय ९ श्लोक २
३,असत्य जसरी अपवित्र छ,उस्तै नारी पनि अपवित्र छन। मतलब पढनुको लागि, पढाउनुको लागि या बेदका मन्त्र उच्चारण गर्नको लागि नारीमा अधिकार छैन। अध्याय ८ श्लोक २९९
४,सम्पति अथवा जेयजेथाको अधिकार वा दाबीको लागि शुद्रका स्त्री पनि दास हो। स्त्रीले सम्पति राख्ने कुनै अधिकार छैन। नारीको सम्पतिका मालिक उसको छोरा, श्रीमान वा पिता हुन्छ। अध्याय ९ श्लोक ४१६
५,नारी नर्कगामीनी हुनको कारण नारी भएको स्थानमा यज्ञकार्य वा दैनिक अग्निहोत्र पनि गर्नु सकिदैनन। अध्याय ११ श्लोक ३६ र ३७
६,यज्ञकार्य गर्ने वा बेद मन्त्र उच्चारण गर्ने नारीको हातबाट ब्राम्हाणले पनि भोजन गर्नु हुदैनन। नारीले गरेको सबै यज्ञकार्य अशुभ हुने हुनाले देवताले पनि स्विकार गरदैनन। अध्याय ४ श्लोक २०५ र २०६
७, नारी एकान्तको दुरूपयोग गर्छन। अध्याय २ श्लोक ११४
८, नारीले सम्भोगको लागि उमेर वा कुरूपता देखिदैनन। अध्याय ९ श्लोक ११५
९, नारी चंचल र ह्रदयहिन पतिमा निष्ठरहित हुन्छन। अध्याय २ श्लोक ११५
१०, नारी केवल शैया,आभुषण र बस्त्रको मात्रै प्रेम गर्ने वासनयुक्त,बेईमान,इष्याखोरी,दुराचारी हुन्छन। अध्याय ९ श्लोक १७
११, सुखी संसारको लागि नारीले कस्तो रहनुपर्छ? यो प्रश्नको उत्तरमा मनु भन्छ
-
(क) नारीले जिवनभर पतिको आज्ञाको पालन गर्नु पर्छ। अध्याय ५ श्लोक ११५
(ख) पति सदाचारहिन हो,अन्य नारीमा आसक्त होस,दुर्गुणले भरिएको होस,नंपुसक होस,  जे जस्तो होस फेरी पनि नारीको पतिव्रता बनेर उसलाइ देवता लाइ जसरी पुजा गर्नु पर्छ। अध्याय ५ श्लोक १५४
१२, नारी माथी अवैध संभोग गरेमा के गर्ने भन्नेकुराहरू मनुस्मुर्तिमा यसरी लेखिएका छन।
(क) ब्राम्हाणले अवैध सम्भोग गरेमा मुंडन गर्नु।
(ख) क्षेत्रीले अवैध सम्भोग गरेमा १००० दंण्ड गर्नु।
(ग) बैश्यले अवैध सम्भोग गरेमा उसको सबै सम्पति हरण गर्नु र १ सालको लागि कैद गर्नु र पछि देश निकाला गर्नु।  
(घ) शुद्रले अबैध सम्भोग गरेमा उसको सबै सम्पति कब्जा गर्नु, उसको लिगं कटाउनु । शुद्रले यदि उच्चा जातकी संग सम्भोग गरेमा त्यसको हत्या गरिदिनु। अध्याय ८ श्लोक ३७४,३७५



Tuesday, April 3, 2012

पिजाँडे नेता



                                                                                                

झुटको खेती गर्ने नेताहर
लेख्यो तिम्ले
उड् चरी तिमी तोडि पिजाँडा।

नाघि देउँ यो गगन
छ्रइ देउँ त्यो क्षितिजा
पार गर्न सकेनौ
 आफ्नै आँगन।

लाखौ कुरा गर्यो
तोड़ी पहाड़, नदी लानेको
तोड़न सकेन कैले
जर्जरको साँचो।


शताब्दीको थियो जड़ा
तिनै रूढ़िबाद माथी
तिम्रो सोच मै
डराउँदै छन, तिमै मन।





टुटेर नजओस कँही
 धमिराले खाएका झ्याल, ढोका

जो लुकिएका छन
 कमज़ोर हातमा




जो कैले बढेनौ

मुक्तिको लागि।




पिंजाँडमा बन्दले
लेख्दै रहियो
सदा मुक्तिको गीत
भएर भयभीत।








Sunday, April 1, 2012

वैदशिक अध्ययान हो कि बर्बाद ?




 विभिन्न विकासित मुलुकहरूमा उच्चा शिक्षाको निमिता अध्ययान गर्ने जाने विधार्थीहरूको कुनै बेला ताती नै लागेको थियो ।  वैदेशिक अध्ययानको निमिता नेपालबाट पठाउने दलालहरूको कन्सल्टेन्सि पनि  च्याउ उम्रे झै नै उम्रेको थियो, काठामाडौको गल्ली गल्लीमा। 

त्यस्ता कन्सल्टेन्सिहरू कुनै विस्थापित भइसकेका छन, भने कति त अझै पनि स्थापित नै छन।

मलाइ चाँहि यस्तो लाग्छ विदेशमा अध्ययान गर्न जाने केही विधार्थीहरूले नेपाली पराम्परा संस्कार साथै कानुनलाइ नै मिचेको छ कि जस्तो। आर्थिक प्रलोभनमा गैरकानुनी तवरमा विवाह दर्ता गरी डिपेन्ड भिसामा बा,आमा,दाइ,दिदी,भाइ,बैनी,काका,काकीलाई नै श्रीमान वा श्रीमति बनाएर संगै लागेर गाएका प्रमाणहरू नेपालमा प्रशस्तमात्रमा भेटिन्छन।

 नाता मै नमिल्ने र सम्मान गर्नु पर्नेहरू संगै श्रीमान श्रीमतिको बन्धनमा बाँधेर बिदेश जानु र नेपाल सरकारको स्थानिय निकायहरूले विवाह दर्ता गरिदिनु कति सम्माको जायज कुराहरू हुन?  जुन देशमा गाएका छन त्यो देशले त्यो विवाह दर्तालाइ मान्यता दिदै तिनीहरूलाइ भिसा प्रदान गरिसकेका छन। हाम्रो देशको मुलुकी ऐनले भोलि यस्तो विवाह दर्तालाइ मान्यता दिने कि नदिने ?
यस्तै प्रश्नहरू मेरो मानसपटलमा बारम्बर घुमिरहन्छ शायद यँही रोगबाट ग्रसित भएर नि हुन सक्छ।  मलाइ नि यँही बैदेशिक अध्ययानले बर्बाद नै गरिदिएका छन। म न वैदेशिक अध्ययान को निमिता कुनै विकासित मुलुकमा छु, नत डिपेन्ड भिसामा नै कुनै विकासित मुलुकमा नै पुगेको छु।  केबल रोजीरोटी र दु.ख सु.खका साथ खाडी मुलुकमा बिगत १० बर्षा देखि कार्यरत छु।


कुरा २००८ सालको हुन। मेरो श्रीमति शिला थोकरले नि बैदेशिक अध्ययानमा जाने इच्छा गरियो मैले नि सजिलै सित उनिलाइ त्यो अनुमित दिए। त्यस पछि उनि बैदेशिक अध्ययानको लागि कन्सल्टेन्सि तिर धाँउनु थाले। पहिला त अमेरिकको लागि आवेदन भरिएको थियो  उनीले त्याँह नाम निकाल्नै सक्नेछ। त्यसपछि उनको सम्पर्क नि त्यस्तै वैदेशिक अध्ययानमा जाने फिरन्ते विधार्थीहरू संग भएको रहेछन। तिनै साथीहरूको लहैलहमा आस्ट्रेलियाको लागि कोशिस गरेको रहेछन। यो बारेमा मलाइ  कुनै  जानकारी नै थिएनन एक्कासी मंसिरको अन्तिम साता तिर फोन मार्फत आस्ट्रेलियाको भिसा लागेको जानकारी दिएको थियो।

कुनै जानकारी बिना नै एक्कासी भिसा लागेको खबर सुन्दा निकै अचम्म नै लाग्यो। त्यसपछि उनीले मलाइ यो भिसाको प्रकृया र जम्मै गरेर जम्मा ७ लाख लाग्ने रहेछन पैसा चाहियो भन्नाथाले। म आउँछु अनि पैसा उतै मिलाउला तिमी अहिले यताउत गरेर चलाउनु भने उनि पनि त्यो कुरामा मन्जुर भयो।
 सासुरासंग फोन मार्फत पैसाको करोबार सबै तंपाइले मिलाउनुहोस म आए पछि हिसाब किताब गरौला भने र उहाँले नि भन्नु भयो ट्याक्सी बेचेको पैसा छ तंपाइ चिन्ता नलिनुहोस म मिलाउँछु भन्नुभयो।

म पनि नेपाल बिदामा २८ डिसेम्बरमा फर्कदै थियो तर उनी भने २९ डिसेम्बरमा आस्ट्रेलिया जाने तयारीमा थियो। मैले रोक्नु र टिकटलाइ केही दिनको लागि सार्नु भन्ने कुरा गरे जहाँ उनी निकै रिसाउदै हुन्न भन्नथाले र  सासु ससुरा संग यो कुरा राखे पछि मात्र १० दिनको लागि टिकट सारिएको थियो।

सबै कुराहरू विश्वासमा नै चाल्ने हुन्छ त्यस माथी नि श्रीमान र श्रीमति भनेको त जिन्दगी भर संगै बाँच्ने र मर्ने कशमका साथ आग्नी साक्षी राखेर विवाह बन्धनमा बाँधिएका हुन्छन। अत मैले नि विश्वासका साथ उनीलाइ नेपाल पुगे पछि नि त्यस्तै खासै केही सोधपुछ गरेनन। भिसा लाग्यो भनि खबर गर्ने बेलामै मैले सोधेको थियो कि तिमी कुन माध्यमबाट विदेशमा जाँदैछन भनि त्यति बेला उनिले भनेको थियो कि विधार्थी भिसामा हो र तंपाइको उतै राम्रो काम र कमाइ भएको कारण मैले सिगल मात्रै भरेको छु । म एक्लै हो जाने भने पछि मैले नि त्यति ख्याल गरेनन।

म नेपालमा २८ डिसेम्बर २००८ मा पुगे त्यसको भोलि पल्ट अर्थात २९ डिसेम्बरमा शिलाको साथीहरू माधव भण्डारी र अनिता नेवार जो संगै जाने थियो उनीहरूको उडान रहेछ। त्यो दिन शिला बिहानै साथीहरू कहाँ गयो र मलाइ नि दिउँसो उनका साथीहरूलाइ बिदाइ गर्नु एयारपोर्टमा आउनु भनेको थियो र म नि बिदाइको लागि त्याँह गए जहाँ मैले गेटमा माधव भण्डारीलाइ मात्रै भेटे र शुभयात्राको कामना गरे। शिलालाइ फोन गरेको त उनी भित्रै सम्मा अनिता श्रेष्ट्रलाइ पुरायाउनुको लागि गएको रहेछन। फोनमै अनिता संग नि कुरा गरे साथै बिदाइको कामना पनि दिए ।

एयारपोर्टको गेटमा पर्खिरहनु म आउँदै छु भन्न थाले र केही समय पछि शिला पनि आइपुगियो।
त्याँही बाट सिधै सपिङ गर्नु गयौ जहाँ शिलालाइ चाहिने समानहरू थियो।
 यति भए पछि travel check को कुरा हुदै थियो मैले भने travel check होइनन cash नै दिन्छु भने पछि हाम्रो बाँकि दिन भेटघाट मै सिमित रहियो। भने शिलालाइ अवाश्यक्तको सबै सामग्री साथै पैसाको व्यवस्था गरिदिए भने यताको करोबार ससुरा संगै मिलायो।

२००९ जनवरी ९ मा शिलालाइ एयारपोर्ट सम्मा पुर्र्याइ बिदाइ गरे। केही दिनको अन्तराल पछि म पनि रोजगारीको निमिता साउदी फर्के।

प्राय जसो हाम्रो फोनमा र नेटमा दिन दिनै जसो भेट भइरहन्थे र उनीले नि आस्ट्रेलियामा केही काम नै पाइनन खर्चहरूको लागि पैसाहरू नि पाठइदियो।

पहिलो सिमिष्टर को पढाइ सकेसम्म नि उनीले कुनै काम नै पाएको थिएनन। त्यो निकै दु.ख लाग्दो थियो मेरो र उनको लागि। यताउता गरेर चलाइरहेको नै थियो।

यसै विचमा शिला कुन माध्यम र कहाँ कसरी आस्ट्रेलिया पुगेको रहेछन भन्ने कुरा थाहा भयो।
शिलाको यहुमा के के रहेछ भनि हेर्दै थियो। जहाँ शिलाले उसको साथी निमा लामा लाइ मेल गरेको रहेछन। उनी सिगंल नभाइ डिपेन्डमा अर्को केटो लिएर आएको हो भनि लेखिएको थियो यदि मेरो श्रीमानले थाहा पायो भने जिन्दगी नै खाल्डोमा पर्ने कुराहरू लेखेको थियो।
त्यो दिन नै मेरो लागि कालो दिन भयो। त्यस पछि मैले बिस्तृत रूपमा बुझे शिलाले धेरै कुराहरू मलाइ लुकाउने कोशिस गर्दे थियो।

अन्तमा सबै कुराहरू थाहा भयो। शिलाले जम्मा ३५ हजार रूपाँय खर्च गरेर आस्ट्रेलिया पुगेको रहेछन भने सबै पैसा र चाहिने खर्च उनीको डिपेन्डमा जाने ज्योति पोखरेलले व्योहरेको रहेछन।

यस्तो थियो उनीहरूले गरेको विवाह दर्ताका बिबरणहरूः
विवाह दर्ता नं ५६०
विवाह मिति २०६५//२६ दर्ता मिति २०६५//२८
पतिःज्योति पोखरेल (बाजेको नामःबासुदेव पोखरेल,बाबु नामः बम प्र पोखरेल)
पत्नीः शिला थोकर(बाजेको नामः दल बाहादुर तमाङ, बाबुको नाम नानुराम तामाङ)
स्थान गोठटार गा.विस वर्डा नं ९

यँही गोठटार गा.वि.स बाट मात्रै ३ जना जोडीहरूले एकै साथ यस्तै गैर कानुनी तवरमा विवाह दर्ता गरि आस्ट्रेलिया गाएको देखिन्छन।
यति सम्माको कर्तुत गर्न सक्ने र अझै मलाइ नै श्रीमान हो भनि दाबी गर्दे हिडेको देख्दा निकै ठिस् लाग्छ। उनी त मेरो हुनै सक्दैनन कानुनी प्रकृयाबाटै ज्योति पोखरेलको श्रीमति भइसकेको छन।