Pages

Friday, May 24, 2013

Happy Buddha purnima(बौद्ध पुर्णिमाको शुभकामना)!

बौद्ध पुर्णिमाको अवसरमा यँही प्रविधान गर्दछु कि समस्त प्राणी जगतले जीवनभरी नै शान्ति र सु-मार्ग प्राप्ति गर्न सकियोस। साथै भगवान बुद्धको मार्गलाई अनुसारण गर्दै शान्ती, करूण र मैत्रीको भावना उत्पन्न गर्दै विश्वमा शान्ति प्रतिस्थपना गर्नु सकियोस।
नमो तस्स भगवतो अर्हते सम्यकसम्बुद्धस्य!


शाक्यमुनि बुद्धको जीवनमा आजकै दिन अर्थात बैशाष पुर्णिमामा घटेका महत्वपूर्ण तिन घटनाहरू

१, भगवान बुद्धको जन्म-
____________________

आजभन्दा करिब पच्चीस सय बर्षा अगाडी नेपालको कपिलवस्तु जिल्ला त्यो बेलाको एउटा सभ्य र रम्य देश थियो। त्यस बेला त्याँह शाक्यवंशका महाप्रतापी राजा शुद्धोदनले राज्य गर्ने गर्दथे। धौतोदन,शुक्लोदन,शक्योदन र अमितोदन नाम गरेको चार भाईहरू थियो भने अमित र प्रमित नाम गरेका दुई बैनीहरू थियो।
उहाँहरूको माता पिताको नाम सिह-हुन र कच्चाना थियो।
परिवारको गोत्रःआदित्य थियो।
राजा शुदधोदनको मायादेवी र महाप्रजापति नाम गरेको दुई महारानीहरू थियो। उहाँ अति धर्मात्म तथा प्रजावत्सल राजा थियो। महारानीहरू पनि उस्तै धर्मात्मा र सबै माथी दया माया राख्ने गर्दथे।
त्यो बेला कपिलवस्तु राज्यमा बर्षेनी आषाढ महिनामा एउटा महोत्सव मनाउँने गर्दथे। त्यो महोत्सवमा के राजा, के प्रजा सबै सम्मिलित हुने गर्दथे। त्यो महोत्सव सात दिन सम्मा मनाउने गर्दथे। मायादेवी पनि आषाढ पुर्णिमाको अगाडी सात दिन सम्मा सयौ नोकर चाकरहरू सहित नानाप्रकारको वस्त्रहरू र आभुषणहरूले सु-सज्जित भई मधपान बाहेक अन्य प्रकारको उत्तम भोजन गरी उत्सव मानिरहेको थिइनन्।
आषाढ पुर्णिमाको बिहान सबेरै जागा भई सुगन्धित पानी स्नान गरी शुद्ध बस्त्र लगाई एक लक्ष सुर्वण दान गरि ब्राम्हणादि दुखी दरिद्रलाई दान दिई “उपोसथाङ्गतव्रत” धारण गरी सिंगापरि राखेको राजखोपिमा रात्री अराम गर्न जानुभयो। त्याँहि बेला राजा शुद्धोदन र रानी मायादेवी विचको समीप्यमा सत्सर्ग हुनु पुग्यो। त्यस पछि उनी त्याँही राजखोपिमा निदाउँनु भएको रहेछन। त्याँह नै उनीले यस किसिमको सपना देख्नु भयो-
“दिव्य देह भएको चार जान देवता आई रानी मायादेवीलाई पालङ्सहित उचाली हिमालय पर्वत तिर लग्दै थियो। त्यसैको मुनि साठी योजन लामो एउटा मनोशिला भन्ने आसन थियो। अनि देवकन्यहरू आई रानीलाई अनोतप्त नामक दहमा लगेर नुहाईदियो। त्यस दहमा नुहाईसकेपछि रानी मनुष्यगन्ध रहित हुनुभयो। त्यसपछि रानीलाई दिव्य वस्त्रलङकारले सिँगारि दिव्य पुष्पमाला पहिराई नजिकैको चाँदीको पर्वतमा कनक-विमानमा पूर्व तिर शिरासन भएको पालङ्मा शयन गराउनु भयो। त्यसै समयमा तुषितदेवलोकमा बस्नुहुने श्वेतकेतु बोधिसत्व सेतो बर्णको हातीको रूप धारण गरी त्याँहि नजिकैको पर्वतमा एकैछिन उताउती टहली तल झरेर फेरी चाँदीको पर्वतमा उक्लिनुभयो।
चाँदीको सिक्री जस्तो उज्वल आफ्नो सुँडले परिशुद्ध श्वेत पद्म एउटा लिएर आफ्नो स्वभावनुसार गर्जन गरी कनक-विमानभित्र पसेर मायादेवी आराम गर्नु भएको पलङ्मा तीन पटक परिक्रम गरी रानीको दाहिने काखीमुनिबाट पेटभित्र पस्नु भयो।“
बिहान सपना देखि डराउँनु भएको रानीले महाराज शुद्धोदनलाई त्यो सपनाको बारेमा सबै वृतान्त बताउँनुभयो। महाराजाले तुरून्तै चौसठ्ठी जना ब्राम्हणाचार्यहरूलाई डाक्न पठाई सुवर्ण भाँडाहरूमा खीर,घिउ, सख्खर,मह आदि दान गरे। अनि पछि एक एक जोर सेतो वस्त्र दान गरी बितेको रातमा महारानीले सपनामा देखेको कुराहरू ब्राम्हण समक्ष राख्नुभयो।
ब्राम्हणहरूले राजामा यस्तो बिन्ती गरे -
“महाराज!सपना साह्रै शुभ लक्षणको छ। महारानीको कोखबाट एउटा ठुलै महापुरूषको जन्म हुने छन। त्यो बालक राजपाट सम्हालेर गृहस्थी भए चक्रवर्ती राजा हुने छन। यदि संसार त्यागेर सन्यासी भएर जानुभयो भने बुद्त्व प्राप्त गरी सर्वज्ञ हुने छन र संसारको अन्धकार हटाउने छन।“
ति भविष्यबाणी गर्ने ब्राम्हणहरू थियोःराम,ध्वज,लक्ष्मण,मन्त्री,कोडञ्ज,भोज,सुचाय र सुदत्त।
ब्राम्हणहरूको यस्तो उत्तर सुनेर राजा रानी दुवै आनन्दले विभोर हुनुभयो। राज्यभरी उत्सव मनाउने हुकम गर्नुभयो।
यसरी बोधिसत्वले मायादेवीको कोखमा प्रवेश गरेको आषाढ पुर्णिमा उत्तराषाढ नक्षत्रको शुभ दिन थियो। त्यसबेला संसारमा बत्तीस प्रकारको लक्षण प्रकट भई महाभूकम्प समेत भएको थियो।
यसरी बोधिसत्वले मायादेवीको कोखमा बास लिए पछि चारजान लोकपाल देवताहरूले रानी र बोधिसत्वको आरक्षा गरिरहे। राजालाई पनि त्यस दिन देखि नाना प्रकारको लाभ हुदै आयो। रानीमा पनि धर्मचेष्टा बढ्दै गयो। त्यसबेला देखि पुरूष-तृष्णा पनि रानीलाई जिवन भर कहिले पनि भएनन् । गर्भिणी भएता पनि महारानीलाई शरीर कहिले पनि गंह्रौ भएको अनुभाव भएनन्, थकाई पनि कहिले लागेनन्। कुनै प्रकारको रोगव्यधिले पनि छोईनन्।
बिस्तारै क्रमश मायादेवीको गर्भ दश महिना हुदै थियो। एक दिन रानीलाई एक पटक माइत जान साह्रै इच्छा लाग्यो र राजा समक्ष बिन्ती गरे। राजाले अनुमति दिई कपिलवस्तु देखि देवदहनगर सम्मको बाटो सफा गर्न लगाई ठाँउ ठाँउमा पुर्णकलशादि राख्नु लगाउनुभयो।
बैशाष पूर्णिमाको दिन रानीलाई सुर्वणमय पालकीमा विराजमान गराई नगरका सबै सैन्य तथा कर्मचारीहरू पछि लगाई माइत पठाइदिनु भयो। रानी मायादेवी देवदहको निमिता प्रस्थान गर्नुभयो। बीच बाटोमा नन्दन बन जस्तै असाध्य रम्य लुम्बिनी भन्ने एउटा शालोध्धान पर्दथे। त्यो उध्धानमा नगरका राजकुमारीहरू बराबर आएर खेल्ने तथा हावा खान आउने गर्दथे। महारानी त्याँह पुगेपछि त्यस रम्य उध्धानको आनन्द लिन एकछिनको निम्ति पालकीबाट ऒर्लिन् र मन परेका चार पाँचजना परिचारिकाहरू साथमा लिई उध्धान भित्र प्रवेश गर्नुभयो।
त्याँह महारानीले परिचारिकाहरू सहित भएर उध्धानको प्राकृतिक सौन्दर्यको सुखानुभव गर्नु भयो। त्यसबेला रानीलाई आफ्नो शारीरिक स्वभावमा केहि परिवर्तन भएर आएको अनुभव भयो। रानी त्याँही नजिकैको शालवृक्षको एउटा हाँगा समाती उभिनु भयो। परिचारिकाहरूले महारानीको परिस्थिति बुझेर चारैतिर कपडाले घेरा लगाइदिए। सैन्यादि लस्करहरू पर परसम्म हटेर गए। माथि आकाशमा ब्रम्हादि देवताहरूको हुल भयो। त्यसै शालवृक्षको मुनि रानी मायादेवीलाई बत्तीस लक्षणले युक्त भएको पुत्ररत्न पैदा भयो।
त्याँहि सु-समयमा प्रकट भएर महाब्रम्हाले बालकलाई सुर्वणमय जालमा थापिलियो र रानीको सामु राख्दै भन्नु भयो”महारानी!बत्तीस लक्षणले युक्त भएको महानुभाव सम्पन्न कुमार प्राप्त गर्नु भएको छ सन्तोष गर्नुहोस।“
त्यसै शुभ मुर्हतमा आकाशबाट पुष्पवृष्टि सहित शीतोष्ण जलधाराको पनि वृष्टि भयो। महाब्रम्हाको हातबाट त्यो बालक लोकपाल देवताहरूले मङ्गल सुसम्मत सुस्पर्श भएको मृगचर्ममा थापिलिए। तिनीहरूको हातबाट पनि देशका गण्यमण्य महाजनहरूको कोमल पवित्र वस्त्रमा थापिलियो।
त्यस पछि त्यो बालकले महाजनहरूको वस्त्रबाट मुक्त भई जमीनमा उभिएर सबभन्दा पहिलो पुर्वदिशा तिर हेर्नुभयोः त्यसबखत त्याँह चक्रवालहरू मैदान जस्तै भएर गए। देवगण तथा मनुष्यहरूले पुष्पवृष्टि गरेर पुजा गरे। त्यस बालकको रूप धारण गर्ने बोधिसत्वले दश दिशातिर हेरे अनि पछि कतैपनि आफु समान योग्य हुने व्यक्ति नदेखे पछि पुनः उत्तरदिशा तिर फर्केर सात कदम अगाडि बढि “अग्गोहमस्मि लोकस्स”अर्थात संसारको अग्रपुरूष म नै हुँ भनि सिंहनाद गरे। त्यसबखत महाब्रम्हाले त्यस बालकलाई श्वेत छत्रले ऒढाए, इन्द्रले चमर हम्के र अरू देवताले राजक्रकुधभाण्ड लिई पछि पछि गए।
बोधिसत्वहरूको अन्तिम जन्म हुँदा मातृकोखमा ठिक दश महिना पूर्ण भएको दिनमा नै जन्मन्छन। अन्य सधारण मानिसहरू झै नौ अथव दश महिना बितिसकेपछि कहिल्यै पनि जन्म लिदैनन।
जन्म दिने बुद्धमाता उभिएकै हुन्छिन। जन्म हुने बोधिसत्व पनि धर्माशनबाट उर्लेको धर्मकथिक भै ऒर्लिन्छन। गर्भ प्रवेशको बखतमा झै अहिले जन्मको समयमा पनि बत्तीस प्रकारको पूर्वलक्षण देखिनु थाल्यो। भूमिकम्प पनि त्यस्तै भयो।
दीपंकर बुद्धसित बुद्धत्वको प्रार्थना गरेदेखि बुद्ध हुन आउँदा सम्ममा बोधिसत्वको जन्म लिनासाथ कुरा गरेको जम्मा तिनपटक मात्र हो। एकपटक महोसध पण्डित भएर जन्मलिन आउँदा, दोस्रोपटक विश्वन्तर राजकुमार भएर जन्म लिन आउँदा र यो पटक सिदार्थकुमार भएर जन्म लिन आउँदा।
सिद्धार्थ राजकुमार उत्पन्न भएकै दिन अरू सात कुराहरू पनि उत्पन्न भएको थियो। तिनीहरू यी हुन-यशोधरा,छन्न,सारथी,कालुदायी अमात्य,मङ्गल हाती,कन्थक घोडा,बोधिवृक्ष र धनले परिपूर्ण चारवटा घडा।
यसरी बोधिसत्व श्वेतकेतुले सिदार्थकुमारको रूपमा वैशाष पुर्णिमाको दिन नेपालको लुम्बिनी बगैचमा जन्म लिनु भएको थियो।

२, सिदार्थ गौतमले बुद्धत्व प्राप्त्
_________________________

त्यस बेलामा उरूबेल प्रदेशमा सेनानी भन्ने एउटा गाँउ थियो। त्यस गाँउमा सुजाता नाम गरेको एउटी युवती थिइन्। वर वृक्षमा देवताको बास हुन्छ भन्ने विश्वासमा ति युवतीले आफु कुमारी अवस्थामा ‘यदि समान कुल-गृहमा गैसकेपछि सर्वप्रथम मलाई एउटा पुत्ररत्न लाभ भयो भने बर्षेनी यस वरबृक्षको देवतालाई गोक्षीर(गाइको दुधले बनेको खीर)ले पुजा सत्कार गर्नेछु’भनि भाकाल गरेको रहिछिन। पछि तिनको मनोकामना पुर्ण पनि भएको रहेछन। तिनको गोक्षीर चढाँउने दिन पनि आजै (वैशाषपुर्णिमा) रहेछन।त्यसकारण तिनले आफ्नो दासीलाई बिहान सबेरै उठाई त्यस वृक्षको फेदमा पुजा गर्नुको निम्ति लिपपोत गर्न पठाइन्। दासी आउँछ, त त्यस वृक्षको मुनि बालसुर्यकिरण पारी साह्रै राम्रो कान्तिमय चन्द्रमुख भएका कायाबस्त्र धारण गरेका बत्तीसै लक्षणले युक्त भएका देवतुल्य पुरूष बसिरहेका हुन्छ। यो देखि “अवश्य पनि आज वृक्षदेवता प्रकट भइरहेका छन।“ भन्ने ठानी हत्तरपत्त फर्केर गई र सुजातालाई भन्यो- देवी आज तंपाइको श्रद्धा र सत्कारदेखि प्रसन्न भएर वृक्षदेवता स्वयं तंपाईले चढाउने भोजन गर्न प्रकट भई वृक्षमुनि बसिरहेका छन। यो सुनेर सुजाता साह्रै प्रसन्न भइन् र हत्तरपत्तर सुर्वणपत्रमा खीर राखी सुर्वणकै ढकनीले छोपि त्यो पात्र आफ्नै शीरमा राखी दासी सित त्यस स्थानमा गइन्। टाढैबाट सिद्धार्थको कान्तिमय रूपदेखि प्रसन्न भइ टाढैबाट नमास्कार गरिन्। खीर पात्र सिद्धार्थको हातमा राखिदिइन्।
सिदार्थले पनि त्यो खीर पात्र शान्तिपुर्वक ग्रहण गर्नु भयो। सिद्धार्थले त्यो खीर पात्र लिई आसनबाट उठी वरवृक्षको परिक्रम गरी नेरंजन नदी तिर प्रस्थान गर्नुभयो। त्यो ठाँउ अनेक शत सहस्र बोधिसत्वहरूले बुद्धत्व प्राप्त गर्न दिनमा स्नान गर्ने स्थान थियो। त्यस पछि आफ्नो चीवरबस्त्र फुकाली वस्त्र र खीरपात्र दुवै नदीको किनारमा राखी स्नान गर्नु भयो। त्यसपछि चिवरबस्त्र धारण गरी पुर्व पट्टी मुख फर्काई त्याँही नदीको किनारमा बसि अघिको खीर भोजन गर्नुभयो। त्यो खीर जम्मा उनन्चास गास थियो। त्यस पछि नदीमा गई ‘यदि आज मैले बुद्धत्व प्राप्त गर्ने रहेछन भने यो पात्र अवश्य पनि माथितिर(विपरीत दिशा) बगेर जानेछ’ भनी त्यो सुर्वण पात्र नदीमा हालिदिनु भयो। त्यो पात्र नदीमा उल्टो दिशातिर बगेर गई भुमरी परी पहिलाका तीनजना बुद्धहरूको पात्र भएको ठाँउ नागभवनमा खस्नु पुग्यो।
यस्तो पुर्व लक्षण देखि सिद्धार्थ अति सन्तोष मान्दै नजिकैको भद्रसाल नामक वनमा दिनभरी ध्यानमा निमग्न भएर बस्नु भयो। बेलुकी पख फेरी उँही बोधिवृक्ष तिरै फर्कानुभयो। बीच बाटोमा सोत्थिय नाम गरेका घाँसिया ब्राम्हणले भेटी अति प्रसन्न हुदै उहाँलाई आठ मुठा घाँस दान दिनुभयो। उहाँले पनि त्यो घाँसलाई दानको रूपमा स्विकार गर्नु भयो। त्यति बेला आकाशमा जम्मा भएर हेर्न आइरहेका देवतागणले पुष्पवृष्टी गर्नुभयो।
बोधिबृक्ष मुनि गई अघिको घाँस विछय्याएर त्यसमा बस्दै पूर्वतिर फर्कि रूखमा अडेस लाएर यस्तो प्रतिज्ञा गर्नु भयो-“मेरो यो शरीरमा हाड, मासु र छाला जम्मै सुकेर गई खाली कंकाल मात्र बाँकी रहे पनि बुद्धत्व प्राप्त नगरी म यस असनबाट उठने छैन।“ यस्तो किसिमको दृढ अधिष्ठान गरी बज्रसन कसि बोधिवृक्ष मुनि सिद्धार्थ बस्नु भएपछि नमुचिमार(मारराजा) ‘बोधिसत्व बन्धनबाट निस्कन आँटयो’ भनि आफ्नो सहस्र मारसैन्य लिएर आई बोधिसत्वलाई भने-यो आसन तेरो होइन, उठ् यस आसनमा बस्नको निम्ति तैले के कस्तो पुण्य गरेको थिइस ? त्यसको साक्षी को छ ? भनि सोधे। यस्तो प्रश्न सुनि सिद्धार्थले भन्नु भयो- “यस संसारमा असख्य कल्पदेखि गरेर आएको दानदि पारमिताबाहेक मेरो अरू कोहि छैन। यहाँ न मेरो आमापट्टिका कोहि छन, न बाबुपट्टिको। मैले यी जम्मै पारमिता पूर्ण गरेको पनि यस पृथ्वीमण्डलमा बाहेक अन्त कतै पनि होइनन्” भन्ने विचार गरी मारलाई भने-हेर मार मैले दशपारमिता पुर्ण गरेर आएको छु। तिमीलाई साक्षी चाहिन्छ भने यँही पृथ्वीमाता छिन। यति भनि सिद्धार्थले के भूमिस्पर्श मात्र गर्नु भएको थियो ठुलो आँधी बेहेरी आयो र अनन्तकाल देखि संचित पारमीपुण्यको प्रभावले गर्दा मारगणहरू फर्केर पनि नहेरी भाग भाग भयो।
यसरी मारगणहरू पारजित भए पछि महाब्रम्हादि देवगणहरू आई उहाँलाई पुष्पवृष्टिसहित पुजा गरी विजय घोषन गरे।
त्याँही रात्रको प्रथम प्रहरमा पुर्वानुस्मृतिज्ञान अर्थात पूर्वजन्मको कुरा सबिस्तर थाहा भई आउने ज्ञान प्राप्त गर्नु भयो। द्धितीय प्रहरमा च्युत्योत्पति अर्थात उत्पति र मरणको ज्ञान प्राप्त गर्नु भयो। तृतिया प्रहरमा आस्रवक्षय ज्ञान अर्थात यस हेतुले यो हुन्छ,यस हेतुले यो हुदैनन भन्ने थाहा हुने ज्ञान जसलाई प्रतीत्यसमुत्पाद ज्ञान पनि भन्दछ-त्यो प्राप्त गर्नु भयो। यसरी शाक्य सिद्धार्थले बैशाष पूर्णिमाको दिन गयामा बोधिवृक्षको मुनि बुद्धत्व प्राप्त गर्नु भयो। उहाँ त्यसपछि शाक्य सिद्धार्थ बाट शाक्यमुनि बुद्ध हुनुभयो।

३,भगवान बुद्धको महापरिनिर्वाण
_________________________
त्यसबेला कुशीनगरमा सुभद्र नाम गरेको एकजना परिवाज्रक थियो। भगवान आजै परिनिवार्ण भएर जानु आँटे भन्ने खबर सुनी “बुद्ध भनेको अत्यन्तै दुर्लभ हुन्छन भनि मेरो गुरूजनहरू भन्दछन” भनि दौडदै भगवान भएको स्थानमा पुगे तर आनन्द स्थीविरले अन्तिम बेलामा कष्ट दिनु उचित हुदैनन भनि सुभद्रलाई भगवानको दर्शन गर्नबाट रोकियो। भगवानले त्यो कुरा थाहा पाउनु भयो र आनन्द स्थविरलाई डाकी यस्तो आज्ञा गर्नु भयो- आनन्द! संसारमा बुद्ध भनेको दुर्लभ हुन्छन् । त्यस्त दुर्लभ बुद्धको दर्शन गर्न तथा उनि सित कुरा गर्न केहि समय मात्र बाँकी छन। त्यसकारण सुभद्रलाई यहाँ पठाँउ। उनि मलाई कष्ट दिने नियतले आएको होइनन, धर्म बुझ्न भनि आएका छन।
भगवानको आज्ञा सुनि आनन्दले उनलाई भगवानको छेउमा लागिदियो। त्यसपछि भगवानले सुभद्रको लागि धर्मोपदेश दिनुभयोः
“सुभद्र! जुन धर्म विनयमा आर्यष्टांगिङ्क मार्ग छैन त्यस धर्म विनयमा श्रमणहरू पनि हुदैनन। जुन धर्म विनयमा आर्यष्टांगिङ्क मार्ग हुन्छ त्यस धर्म विनयमा श्रमणहरू पनि हुन्छन। भिक्षुहरूले रामरी धर्माचरण गरेर बसे यसलोकमा अर्हतहरू बिलाउने छैन।“
सुभद्र नै भगवान बुद्धको अन्तिम श्रावक थियो।
त्यसपछि भगवान बुद्धले भिक्षुहरूलाई सम्बोधन गर्दे भन्नुभयो-
“भिक्षुगण!संस्कार जम्मै अनित्य भन्ने बुझि अप्रमादी भई राम्ररी स्मृति राखि गुण-धर्म सम्पादन गरिलिने प्रयत्न गर।“
भगवान बुद्धको यो अन्तिम उपदेश थियो।
त्यस पछि भगवान बुद्ध ध्यानमा बस्नु भयो र उहाँ ध्यानबाटै महापरिनिर्वाण हुनेभएको थियो।
यसरी महाकरूणीक सम्यकसम्बुद्ध असी वर्षा पुर्ण भएकै दिन वैशाष पुर्णिमाको रातको तृतिय प्रहरमा संकल संस्कारको अनित्यभाव देखाई आफु स्वंय निदर्शन भई अनुपादिशेष महापरिनिर्वाण भएर जानु भएको थियो।

Thursday, May 16, 2013

"saka dawa" भन्नाले के बुझिन्छन।








आज सक्कदावाको छैठो दिन, यो महिना महायान बौद्धधर्मलम्बीहरूको निमिता महान पर्व वा महिना हुन।
सक्कदावा भन्नाले “सक्क”(तारा)"शाक्य बुद्ध" र “दावा”भन्नाले महिना अर्थात "बुद्ध महिना" भन्ने बुझिन्छन।
तिब्बती पात्रो अनुसार यो चौथो महिनामा र नेपाली पात्रनुसार पहिलो महिनामा पर्दछन।
"यँही माहिनामा भगवान बुद्धले जन्म, बुद्धत्व र महानिर्वाण प्राप्त गर्नु भएको थियो।"
जसले गर्दा यो महिना बुद्धधर्मलम्बीहरूको निमिता एक महत्वपुर्ण "पर्व" वा धार्मिक महिनाको रूपमा मान्ने प्रचलन रहेको छन।
यो "पर्व"(महिना) भित्र गरेको पुण्य कर्महरू अन्य महिनाको तुलानामा निकै फलदायी छन। जसको प्रतिफल हजारौ गुण प्राप्त हुन्छ भन्ने माहयानी बुद्ध दर्शनको मान्यत र विश्वास रहेको पाइन्छन।

१-"सक्कदावा" पर्वमा गर्नु पर्ने सधारण कर्महरूरूः
__________________________________
१)भगवान बुद्धको प्रार्थना साथै उहाको मन्त्र प्रशस्त मात्रमा उचारण गर्ने
जस्तै- नमोः तस्स् भगवतो अरहते सम्मा सम्मबुद्ध!
त्यस्तै-ऒ माणे पद्मे हुँ !
२)पवित्र बौद्ध धर्मिक स्थलहरूमा ध्वजा पत्ता राख्ने
३) कुनै पनि प्राणी कसैको बन्धनमा वा बध गर्न लागेको छ भने त्यसलाई मुक्त गर्ने।
४) पवित्र बौद्ध स्तुपहरूमा भ्रमण गर्ने, परिक्रम गर्ने, खोर्ला घुमाउने र बत्ती(नाङसाल) प्रज्वलन गर्ने।
जस्तै स्वयम्भु,बौद्ध, नमोबुद्ध र लुम्बिनी वा गुम्बाहरू।
५) दानु प्रशस्तमात्रमा गर्ने जस्तैः
क) भिक्षुहरूलाइ बस्त्र वा पैसा दानु दिने।
ख) गरिब वा निमुखलाइ भोजन वा बस्त्र दान दिने।
घ) गुम्बाहरूलाइ आर्थिक दान दिने।
६) रोगी, असह्य र अपङ्गाहरूलाइ सहयोगको दान दिने।
७) बौद्ध धर्मिक ग्रन्थहरू प्रकाशन वा प्रकाशित गर्ने।
८)सबै प्राणी प्रति मैत्री भावना राख्ने।

२- "सक्कदावा" पर्वमा गर्नु नहुने कर्महरूः
________________________

१) प्राणी हिसां देखि टाढा रहने।
२) चोरी र झुटो कर्मबाट टाढै रहने।
३)अवैध शारिरीक सम्बन्धबाट टाढै रहने साथै अप्रकृतिक यौनजन्य गतिविधि बाट टाढै रहने ।
४) धुम्रपान र मध्धपानबाट टाढै रहने।
५)दिनमा एक पटक मात्रै भोजन गर्ने माध्यन्न भन्दा पुर्व र भोजनमा मासु, माछा,अण्डा,प्याज,लसुन र मुला उपयोग नर्गने।
६)मंहगो र सुविधा सम्पन्न साथै पशुहरूको छालाबाट निर्मित ऒछ्यान वा कुर्सी प्रयोग नर्गने।
७) गर गहनाबाट सु-सज्जित नहुने, कुनै पनि अत्तुरको प्रयोग नर्गने र गीत संगितबाट टाढै रहने।
 — 














Saturday, May 4, 2013

सांसारिक दश बन्धन


















१, सक्कादिटि्ठ ( म र मेरो भनि बेस्सरी समाती राख्ने)
२, विचिकिच्छा ( नचाहिने शंका गर्नु)
४, सीलब्बत ( सुख भोगको आशा)
५, पटिघ ( नराम्रो, बलियो दोष)
६, रूपराग ( भेोतिक पर्दाथको लालच)
७, अरूपराग ( नदेखिने बस्तुबारे आश गर्नु)
८, मान ( अहंकार म, मेरो भन्ने घमण्ड)
९, उद्द्च्च ( चञ्चलता, फुर्किनु)
१०,अविज्जा ( अज्ञानता, थाहा नहुनु)
यी दश प्रकारका बन्धनलाई राम्ररी चिनेर मानव जीवन समाजको शत्रु ठानी उक्त बन्धनलाई तोड्नु सकिएमा संघर्षमय जीवनबाट मुक्त भएर रहन सकिन्छन होइनन् भने जीवन सांसारिक बन्धनमा नै लिप्त भई संघर्षमय हुन्छ। दुखी भइ रहनुपर्ने हुन्छ।
-भगवान बुद्ध