Pages

Thursday, August 6, 2015

"भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नु भन्दा पुर्व देख्नु भएको पाँच सपनाहरू"





बैशाष शुक्ला चर्तुदशीको रातमा सुतिरहेको अवस्थामा सिदार्थ गाैतमले पाँच सपनाहरू देख्नुभएको थियो।
पहिलो सपना-
उहाँले पहिलो सपना त्यस्तो देख्नु भयो कि, अाफ्नो काय विराट हुदै गएको र विराट भएर शिर हिमालयको सर्वच्चो शिखरमाथी थियो। दहिने हात हिन्दु महासागरको लहरबाट प्रछाल्लित भइरहेको थियो।बाँया हात बगलसागरको लहरबाट प्रछाल्लित भइरहेको थियो। भने चरण दक्षिण 
महासगरको लहरबाट प्रछाल्लित भइरहेको थियो।
यस सपनाबाट भारत र नेपालको इतिहासमा पहिलोपटक यो दुवै देशको मतलब जम्बुदिपको एउटा नाक्शा प्रकट भयो।यो यस कुरोको संकेत थियोः "केबल उहाँ सम्यक सम्माबुद्ध बनेर सबै जम्बुदिपमा छाउने छन। र उहाँको शिक्षा यहाँ तक मात्रै होइनन। शिरबाट उत्तर दिशामा, दायाँबाया हातबाट र चरणबाट समुन्द्र पार गरी टाढा-टाढाको देश सम्मा फैलाने छन।"
-दोस्रो सपना
उहाँले दोस्रो सपनामा त्यस्तो देख्नु भयो कि,उहाँको नाभीबाट एउटा रूख उत्पन्न भयो जुन
उठदै-उठदै माथी अकाशसम्मा पुग्यो। यो यस कुरो प्रतिक थियोः ''केबल पृथ्वीको मनुष्युलाइ मात्रै नभइ अकाशको देवतालाइ समेत उहाँले धर्म सिकाउने छ।" 
-तेस्रो सपना
उहाँले तेस्रो सपनामा त्यस्तो देख्नु भयो कि, ठुलोसंख्यमा कालो कपाल भएको र सेता बस्त्रधारी मान्छेहरू उहाँको समिपमा अाएर नमास्कार गरि रहेको थियो। यो यस कुरो संकेत थियोः "जहाँ अनगिन्ति गृहस्थीहरू उहाँको अनुनायी बन्ने छन।"
-चाैथो सपना
उहाँले चाैथो सपनामा त्यस्तो देख्नु भयो कि, भिन्न भिन्न दिशाबाट चार रंग भएको पंक्षीहरू उहाँको काखमा अाएर बसि रहेको थियो। र अाफ्नो रंगहरू त्यागि सेतो रंगमा बदलिदै थियो। यो यसको कुरो संकते थियोः "ब्राम्हण,क्षेत्री,वैश्य र सुद्र चारै बर्णको मान्छेहरू उहाँको शरणमा अाएर वर्णभेदबाट मुक्त हुनेछन।"
-पाँचाै सपना
उहाँले पाँचाै सपनामा यस्तो देख्नु भएको थियो कि, पुरै पृथ्वी फोहर फोहरले भरिएको थियो।र उहाँ त्याँही पृथ्वीमाथी हिडि रहनु भएको थियो। तर, त्यो पृथ्वीको फोहरहरूले उहाँको चरणमा छुुन समेत सकेो थिएनन्। यो यस कुरोको संकेत थियोः "संसारिक अपवित्रताको विचमा पनि उहाँ सदा परमपवित्रा भइरहने छन र सर्वथा निर्दोष र निर्मल भइरहने छ।"