Pages

Sunday, April 1, 2012

वैदशिक अध्ययान हो कि बर्बाद ?




 विभिन्न विकासित मुलुकहरूमा उच्चा शिक्षाको निमिता अध्ययान गर्ने जाने विधार्थीहरूको कुनै बेला ताती नै लागेको थियो ।  वैदेशिक अध्ययानको निमिता नेपालबाट पठाउने दलालहरूको कन्सल्टेन्सि पनि  च्याउ उम्रे झै नै उम्रेको थियो, काठामाडौको गल्ली गल्लीमा। 

त्यस्ता कन्सल्टेन्सिहरू कुनै विस्थापित भइसकेका छन, भने कति त अझै पनि स्थापित नै छन।

मलाइ चाँहि यस्तो लाग्छ विदेशमा अध्ययान गर्न जाने केही विधार्थीहरूले नेपाली पराम्परा संस्कार साथै कानुनलाइ नै मिचेको छ कि जस्तो। आर्थिक प्रलोभनमा गैरकानुनी तवरमा विवाह दर्ता गरी डिपेन्ड भिसामा बा,आमा,दाइ,दिदी,भाइ,बैनी,काका,काकीलाई नै श्रीमान वा श्रीमति बनाएर संगै लागेर गाएका प्रमाणहरू नेपालमा प्रशस्तमात्रमा भेटिन्छन।

 नाता मै नमिल्ने र सम्मान गर्नु पर्नेहरू संगै श्रीमान श्रीमतिको बन्धनमा बाँधेर बिदेश जानु र नेपाल सरकारको स्थानिय निकायहरूले विवाह दर्ता गरिदिनु कति सम्माको जायज कुराहरू हुन?  जुन देशमा गाएका छन त्यो देशले त्यो विवाह दर्तालाइ मान्यता दिदै तिनीहरूलाइ भिसा प्रदान गरिसकेका छन। हाम्रो देशको मुलुकी ऐनले भोलि यस्तो विवाह दर्तालाइ मान्यता दिने कि नदिने ?
यस्तै प्रश्नहरू मेरो मानसपटलमा बारम्बर घुमिरहन्छ शायद यँही रोगबाट ग्रसित भएर नि हुन सक्छ।  मलाइ नि यँही बैदेशिक अध्ययानले बर्बाद नै गरिदिएका छन। म न वैदेशिक अध्ययान को निमिता कुनै विकासित मुलुकमा छु, नत डिपेन्ड भिसामा नै कुनै विकासित मुलुकमा नै पुगेको छु।  केबल रोजीरोटी र दु.ख सु.खका साथ खाडी मुलुकमा बिगत १० बर्षा देखि कार्यरत छु।


कुरा २००८ सालको हुन। मेरो श्रीमति शिला थोकरले नि बैदेशिक अध्ययानमा जाने इच्छा गरियो मैले नि सजिलै सित उनिलाइ त्यो अनुमित दिए। त्यस पछि उनि बैदेशिक अध्ययानको लागि कन्सल्टेन्सि तिर धाँउनु थाले। पहिला त अमेरिकको लागि आवेदन भरिएको थियो  उनीले त्याँह नाम निकाल्नै सक्नेछ। त्यसपछि उनको सम्पर्क नि त्यस्तै वैदेशिक अध्ययानमा जाने फिरन्ते विधार्थीहरू संग भएको रहेछन। तिनै साथीहरूको लहैलहमा आस्ट्रेलियाको लागि कोशिस गरेको रहेछन। यो बारेमा मलाइ  कुनै  जानकारी नै थिएनन एक्कासी मंसिरको अन्तिम साता तिर फोन मार्फत आस्ट्रेलियाको भिसा लागेको जानकारी दिएको थियो।

कुनै जानकारी बिना नै एक्कासी भिसा लागेको खबर सुन्दा निकै अचम्म नै लाग्यो। त्यसपछि उनीले मलाइ यो भिसाको प्रकृया र जम्मै गरेर जम्मा ७ लाख लाग्ने रहेछन पैसा चाहियो भन्नाथाले। म आउँछु अनि पैसा उतै मिलाउला तिमी अहिले यताउत गरेर चलाउनु भने उनि पनि त्यो कुरामा मन्जुर भयो।
 सासुरासंग फोन मार्फत पैसाको करोबार सबै तंपाइले मिलाउनुहोस म आए पछि हिसाब किताब गरौला भने र उहाँले नि भन्नु भयो ट्याक्सी बेचेको पैसा छ तंपाइ चिन्ता नलिनुहोस म मिलाउँछु भन्नुभयो।

म पनि नेपाल बिदामा २८ डिसेम्बरमा फर्कदै थियो तर उनी भने २९ डिसेम्बरमा आस्ट्रेलिया जाने तयारीमा थियो। मैले रोक्नु र टिकटलाइ केही दिनको लागि सार्नु भन्ने कुरा गरे जहाँ उनी निकै रिसाउदै हुन्न भन्नथाले र  सासु ससुरा संग यो कुरा राखे पछि मात्र १० दिनको लागि टिकट सारिएको थियो।

सबै कुराहरू विश्वासमा नै चाल्ने हुन्छ त्यस माथी नि श्रीमान र श्रीमति भनेको त जिन्दगी भर संगै बाँच्ने र मर्ने कशमका साथ आग्नी साक्षी राखेर विवाह बन्धनमा बाँधिएका हुन्छन। अत मैले नि विश्वासका साथ उनीलाइ नेपाल पुगे पछि नि त्यस्तै खासै केही सोधपुछ गरेनन। भिसा लाग्यो भनि खबर गर्ने बेलामै मैले सोधेको थियो कि तिमी कुन माध्यमबाट विदेशमा जाँदैछन भनि त्यति बेला उनिले भनेको थियो कि विधार्थी भिसामा हो र तंपाइको उतै राम्रो काम र कमाइ भएको कारण मैले सिगल मात्रै भरेको छु । म एक्लै हो जाने भने पछि मैले नि त्यति ख्याल गरेनन।

म नेपालमा २८ डिसेम्बर २००८ मा पुगे त्यसको भोलि पल्ट अर्थात २९ डिसेम्बरमा शिलाको साथीहरू माधव भण्डारी र अनिता नेवार जो संगै जाने थियो उनीहरूको उडान रहेछ। त्यो दिन शिला बिहानै साथीहरू कहाँ गयो र मलाइ नि दिउँसो उनका साथीहरूलाइ बिदाइ गर्नु एयारपोर्टमा आउनु भनेको थियो र म नि बिदाइको लागि त्याँह गए जहाँ मैले गेटमा माधव भण्डारीलाइ मात्रै भेटे र शुभयात्राको कामना गरे। शिलालाइ फोन गरेको त उनी भित्रै सम्मा अनिता श्रेष्ट्रलाइ पुरायाउनुको लागि गएको रहेछन। फोनमै अनिता संग नि कुरा गरे साथै बिदाइको कामना पनि दिए ।

एयारपोर्टको गेटमा पर्खिरहनु म आउँदै छु भन्न थाले र केही समय पछि शिला पनि आइपुगियो।
त्याँही बाट सिधै सपिङ गर्नु गयौ जहाँ शिलालाइ चाहिने समानहरू थियो।
 यति भए पछि travel check को कुरा हुदै थियो मैले भने travel check होइनन cash नै दिन्छु भने पछि हाम्रो बाँकि दिन भेटघाट मै सिमित रहियो। भने शिलालाइ अवाश्यक्तको सबै सामग्री साथै पैसाको व्यवस्था गरिदिए भने यताको करोबार ससुरा संगै मिलायो।

२००९ जनवरी ९ मा शिलालाइ एयारपोर्ट सम्मा पुर्र्याइ बिदाइ गरे। केही दिनको अन्तराल पछि म पनि रोजगारीको निमिता साउदी फर्के।

प्राय जसो हाम्रो फोनमा र नेटमा दिन दिनै जसो भेट भइरहन्थे र उनीले नि आस्ट्रेलियामा केही काम नै पाइनन खर्चहरूको लागि पैसाहरू नि पाठइदियो।

पहिलो सिमिष्टर को पढाइ सकेसम्म नि उनीले कुनै काम नै पाएको थिएनन। त्यो निकै दु.ख लाग्दो थियो मेरो र उनको लागि। यताउता गरेर चलाइरहेको नै थियो।

यसै विचमा शिला कुन माध्यम र कहाँ कसरी आस्ट्रेलिया पुगेको रहेछन भन्ने कुरा थाहा भयो।
शिलाको यहुमा के के रहेछ भनि हेर्दै थियो। जहाँ शिलाले उसको साथी निमा लामा लाइ मेल गरेको रहेछन। उनी सिगंल नभाइ डिपेन्डमा अर्को केटो लिएर आएको हो भनि लेखिएको थियो यदि मेरो श्रीमानले थाहा पायो भने जिन्दगी नै खाल्डोमा पर्ने कुराहरू लेखेको थियो।
त्यो दिन नै मेरो लागि कालो दिन भयो। त्यस पछि मैले बिस्तृत रूपमा बुझे शिलाले धेरै कुराहरू मलाइ लुकाउने कोशिस गर्दे थियो।

अन्तमा सबै कुराहरू थाहा भयो। शिलाले जम्मा ३५ हजार रूपाँय खर्च गरेर आस्ट्रेलिया पुगेको रहेछन भने सबै पैसा र चाहिने खर्च उनीको डिपेन्डमा जाने ज्योति पोखरेलले व्योहरेको रहेछन।

यस्तो थियो उनीहरूले गरेको विवाह दर्ताका बिबरणहरूः
विवाह दर्ता नं ५६०
विवाह मिति २०६५//२६ दर्ता मिति २०६५//२८
पतिःज्योति पोखरेल (बाजेको नामःबासुदेव पोखरेल,बाबु नामः बम प्र पोखरेल)
पत्नीः शिला थोकर(बाजेको नामः दल बाहादुर तमाङ, बाबुको नाम नानुराम तामाङ)
स्थान गोठटार गा.विस वर्डा नं ९

यँही गोठटार गा.वि.स बाट मात्रै ३ जना जोडीहरूले एकै साथ यस्तै गैर कानुनी तवरमा विवाह दर्ता गरि आस्ट्रेलिया गाएको देखिन्छन।
यति सम्माको कर्तुत गर्न सक्ने र अझै मलाइ नै श्रीमान हो भनि दाबी गर्दे हिडेको देख्दा निकै ठिस् लाग्छ। उनी त मेरो हुनै सक्दैनन कानुनी प्रकृयाबाटै ज्योति पोखरेलको श्रीमति भइसकेको छन। 









No comments:

Post a Comment