Pages

Wednesday, February 10, 2016

'सारिपुत्र' र 'अभिधम्म'

सारिपुत्र(शारिपुत्र) र मोग्लल्लान भगवान बुद्धको दुइ प्रमुख शिष्यहरू थियो। सारिपुत्र धम्म-सेनापतिको नामले पनि प्रसिद्ध छन। सारिपुत्रको वास्तविक नाम उपतिस्स हुन। नालक निवासी रूपसारीको पुत्र भएको कारणले नै उहाँलाइ संघमा सारिपुत्र उपनाम दिएको थियो। उहाँ दृढ संकल्प बाैद्ध इतिहासमा अति बिशिष्टतमा उल्लेखनिय रहेको छन। गाैतम बुद्धको छोरा राहुललाइ पनि उहाँले नै दिक्षा दिएको थियो। साथै सारिपुत्र नै राहुलको गुरू पनि थियो। 
अभिधम्म-बुद्ध धम्मको माैलिक विवेचनात्मक सुक्ष्मताको देशना हो। यो धर्तीमा अभिधम्म सुन्ने पहिलो व्यक्ति नै सारिपुत्र रहेको थियो। समस्त मानव जातिमा उहाँ नै हुनुहुन्थ्यो जसले भगवान बुद्धको मुखबाट सिधै अभिधम्म सुन्ने गाैरव प्राप्त गरे।
त्यस पछि यस धर्तीमा अभिधम्मको ज्योति फैलाउने पहिलो अार्चाय पनि सारिपुत्र नै थियो। जसले गुरू-शिष्य परम्परा द्वारा समस्त विश्वलाइ अभिधम्मको अनुपम उपहार दिएको थियो। परम्परा अनुसार उहाँले सबैभन्दा पहिला अभिधम्मको दिक्षा भद्दजी लाइ दिएको थियो। जसले कालन्तरमा सोभित,प्रियजलि अादिको माध्यमबाट अशोक पुत्र महिन्द,इतिय,संबल पण्डित र भद्दनामको माध्यमले श्रीलंकामा अादोकित गरेको थियो। त्यसपछि बर्मा,थाइल्याण्ड अादि देशमा पनि अभिधम्म-ज्योति उच्चतम प्रतिष्ठाको प्राप्त भयो।
यो अभिधम्म इस्लामको कुरान शरीफ, क्रिश्चियनको बाइबल र हिन्दुको ऋग्वेद जस्तै हुन।
भनिन्छनः तैतिस लोकमा परिच्छतक बृक्षको मुनि सक्क(शक्र,इन्द्र) बसेर अाफ्नो अामालाइ अभिधम्मको शिक्षा दिएको थियो। तर,इन्द्र हरेको दिन उसको प्रतिमा त्यो बृक्ष मुनि राखेर अनोपम सरोहरमा सारिपुत्रको अभिधम्म देशना सुनेर फेरी त्याँह गएर अामालाइ त्यो अभिधम्म दिक्षा सुनाउथे। यता सारिपुत्र भने त्याँहि अभिधम्मको देशना पाँच सय भिक्षुहरूलाइ सनाउथे।
सारिपुत्रको बिषयमा एउटा यस्तो कथा पनि प्रचलित छ कि एक दिन उहाँ जुनेली रातमा खुल्ला मैदानमा समाधिस्थ थियो। उहाँको माथीबाट एउटा यक्ष उडेर जाँदै थियो। उहाँको चम्किले शिरमा जुनको रोशनी टल्किएको देखेर यक्ष अाकृष्ट भो। त्यसपछि त्यो यक्षले बदमासीको साथमा सारिपुत्रको शीरमा एक थप्पड हने। भनिन्छन कि, त्यो थप्पड यति बलशाली र शक्तिशाली थियो। त्यसले एउटा पर्वत समेत ध्वस्त हुन सक्थ्यो। तर, सारिपुत्रको समाधीमा त्यो थप्पडले केहि असर भएनन्। जब उहाँ समाधिबाट उठनु भो त्यतिबेला भने उहाँले अाफ्नो शिरमा अलिकति पिडाको महशुस गर्नु भएको थियो।
सारिपुत्रको निर्वाण बुद्धको जिवनकालमा नै भएको थियो।

No comments:

Post a Comment