Pages

Thursday, February 27, 2014

वर्तमान नै विगत र अगत हुन

त्यो बेला, भगवान बुद्ध कुनै गाँउमा उपदेश दिइरहनुभएको थियो। उहाँले भन्नु भयो कि- जो कोहि पनि 'धर्तीमाता जस्तै सहनशील तथा क्षमाशील हुनु पर्छ। क्रोध यस्तो आगो हो। क्रोध गर्नले अरूलाइ पनि जलाउँछ र स्वंय पनि जल्छ।'

त्यो सभामा सबै शान्ती संग भगवान बुद्धको अमृतमय बाणीहरू सुनिरहेको थियो। तर त्याँह स्वभावले नै अतिक्रोधी यस्तो एउटा व्यक्ति पनि बसिरहेको थियो। जसलाइ भगवान बुद्धको ति उपदेशहरू सबै बेकार जस्तो लागि रहेको थियो। उ भगवान बुद्धको बाणीहरू सुन्दै थियो। अचानक उ आगोको ज्वाला झै भएर बोल्न थाले-'तिमी पखण्डी हो, ठुलो-ठुलो कुराहरू गर्नु नै तिम्रो काम हो, तिमी मानिसहरूलाइ भ्रमित गर्दै छेो र तिम्रो यस्तो कुराहरूले यो समयलाइ केहि पनि महत्व राख्दैनन।'

यस्तो कटु वचनहरू सुनेर पनि भगवान बुद्ध एकदम शान्ता रहनु भयो। आफ्नो कुराले न दुखी नै भयो, न कुनै प्रतिकृया नै दियो। यस्तो देखेर त्यो व्यक्ति झन क्रोधित भयो। र उसले भगवान बुद्धको मुखमा थुक्दै त्यो सभाबाट बाहिरियो।

भोलिपल्ट जब त्यो व्यक्तिको क्रोध शान्ता भयो। उसलाइ त्यो, भगवान बुद्ध माथी आफुले गरेको अभद्र व्यवहारको कारणले गर्दा पछुतोको आगोले जल्न थाले। त्यसपछि उ भगवान बुद्धलाइ खोज्दै त्यो स्थानमा पुग्यो, जहाँ हिजो बुद्ध भगवान विराजमान हुनुहुन्थ्यो र अमृतमय उपदेशहरू दिनु भएको थियो। तर भगवान बुद्ध त्यो स्थानमा हुनुहुन्नथ्यो, उहाँ आफ्नो शिष्यहरूको साथ अरू नै कुनै गाँउमा जानुभइसकेको थियो।

ती क्रोधि व्यक्तिले भगवान बुद्धको बारेमा मानिसहरू संग सोधपुछ गर्दे,खोज्दै जहाँ भगवान बुद्ध प्रवचन दिइरहनु भएको थियो। त्यस स्थानमा पुग्यो। भगवान बुद्धलाइ देख्ने बितिकै उहाँको चरणमा समाउँदै भने- "मलाइ क्षमा गरिदिनुहोस भगवान!'

भगवान बुद्धले सोध्नु भयोःको हो तिमी ? तिमीलाइ के भयो ? किन क्षमा माग्दै छेो?
उसले भन्योः"के तंपाइले मलाइ भुल्नु भयो। म त्याँहि व्यक्ति हो। जसले हिजो तंपाइ संग एकदम नराम्रो अभद्र व्यवहारहरू गरिएको थियो। म एकदम लल्जित छु। म मेरो दुष्ट आचरणको क्षमायाचना गर्न आएको हुँ।"
भगवान बुद्धले प्रेमपूर्वक भन्नुभयोः "बीतिसकेको हिजोलाइ त मैले त्यँही छोडेर आइसकेको छु। तर तिमी त्यँही अडिरहेको छ। तिमीलाइ तिम्रो गल्तीको आभास भइसकेको छ। तिमीले पश्चाताप गरिसक्यो।तिमी निर्मल भइसक्यो! अब तिमी आजमा प्रवेश गर!! नराम्रो कुराहरू र घटनाहरूको याद गरिरहनले वर्तमान र भविष्य दुवै बिग्रदै जान्छन। अत बितिसकेको हिजोको कारणले आजलाइ नबिर्गनु।"

त्यो व्यक्तिको सबै बोझहरू हटियो। उसले भगवान बुद्धको चरणमा पर्दै क्रोध त्यागको तथा क्षमाशीलताको संकल्प लियो। भगवान बुद्धले उसको मस्तिष्क माथी आशिषको हातहरू राख्यो। त्यो दिनदेखि उसमा परिवर्तन आयो । उसको जीवनमा सत्य,प्रेम वा करूणाको धाराहरू बग्न थाले।
भावार्थः
हामीहरू धेरै पटक सम्मा विगतमा भएको कुनै गल्तीहरू र घटनाहरूको बारेमा सोच्दै पटक-पटक दु.खी बन्छेो र स्वंयले स्वंयमला दुखित तुल्याउछेो। गल्तीको बोध भइसके पछि हामीले फेरी त्यस्तो गल्तीहरू कहिले पनि नदोहर्र्याउने संकल्प लिनु पर्छ। र एक नयाँ उर्जाको साथ बर्तमानलाइ सुद्दढ बनाउनु सक्नु पर्छ।
सर्व मंगलम भवन्तु!
आकु लो-