Pages

Saturday, July 28, 2012

"धर्म"

रिस, राग,ईष्या,वैमनस्यत
सब पाप हो
लोभ,मोह,घृणा,चुक्ली 
सब नाश हो
कामवासन, कामराग, वेदना 
सब ह्रास हो
छैन यहाँ, कतै सु.ख, दु.खै दुखको 
छ संसार
खोज यहाँ तिमी दु.खको निरोध, 
हैन सुख 
खोलीपारी तरि जाने खोज
यहाँ साँघु

ईष्या,रिस,राग,वैमनस्यता गर्दै खोज्छौ
तिमी यहाँ सु.ख
लोभ,मोह,घृणा,चुक्ली गर्दै खोज्छौ
तिमी यहाँ आनन्द
कहाँ देख्छौ यहाँ सुख
कहाँ भेटछौ यहाँ आनन्द
सब मेटी लागउँ मन शुन्यतामा
अनि मिल्छ यहाँ सु.ख आनन्द।

अकुशल कर्म गर्दै कति खोज्छौ
तिमी यहाँ धर्म
जाउँ बुझ् रोगी,पिडितको अन्तर मर्म
करूणा भावले सेवामा लाग्
त्याँही हो तिम्रो धर्म ।।

Friday, July 27, 2012

"म"


बोधिधर्मका एक साधु घुम्दै घुम्दै जाँद चीनमा पुगेको रहेछन।
चीनमा त्यतिबेलाका निकै शक्तिशाली 
राजा वू थियो। 
साधुलाइ राजमहलमा बस्नुको 
लागि आमन्त्रण दियो तर
बोधिधर्मका त्यो साधु आफु-आफैमा 
रमाउने स्वभावको थियो 
र उसलाई राजमहल संग के को लेना देना।
गाउँ भन्दा बाहिर एउटा पहाडमा कुनमा सानो मन्दिर थियो। उनले त्याँह नै आफ्नो बासस्थान बनाएको थियो।
बोधिधर्मका त्यो साधु अलि सनकी स्वभावको पनि थियो। उहाँको कुनै भरोस नै थिएनन कहिले के गर्दै बस्ने भन्ने र जहिले पनि साथमा एउटा ठुलो लट्ठी राख्नुहुन्थ्यो।
राजा वू एक दिन बोधिधर्म कहाँ पुग्यो र सोध्यो साधु जी के भनौ र मेरो मन मतलब
कहिले पनि शान्त हुदैनन? यति ठुलो साम्राज्य खडा गरियो फेरी पनि मनमा सन्तोष छैन।
बोधिधर्मले भन्योः राजा के भन्नुभाको तंपाइले यो ? तंपाइको मन शान्त हुदैनन रे ?  यो कुन  ठुलो कुरा हो र ? तंपाइले एउटा काम गर्नुहोस आज रातको ३ बजे यहाँ आउँनुहोस र आफ्नो साथमा कुनै सिपाही वा कुनै सुरक्षा नलिएर एक्लै आउनुहोला। म तंपाइको मन(म) लाइ एकदाम शान्त गरिदिने छु र मेरो साथमा त्यस मन(म) लाइ शान्त बनाउने एकदाम राम्रो अचूक औषधी छ।

राजा त्याँहबाट बिदा हुदै पाँच दश कदम उर्तदै थियो बोधिधर्मले पछिबाट आवाज दियो राजा, तंपाइले त्यो मतलब मनलाइ पनि साथमै लिएर आउनु नभुल्नु होला नि किनकी शान्त त को गर्नु छ।

राजा राजमहलमा पुग्यो र सोच्नु थालियो कि जाउँ कि नजाउँ?  किनकी उसले एक्लैलाइ बोलाएको छ। सिपाही बिना राजा जानु पनि ठिक हुदैनन फेरी बोधिधर्म पनि बिलकुल्लै पागल जस्तै छन। के थाहा  कतै शिरमा लट्ठी हानिदिने पो होकि, कतै दुश्मुनलाइ पक्रन लगाइदिने पो हो कि, राजाको मनमा यस्तै अनगिन्ति विचारहरू पैदा भयो।
तर मन भने फँसीरहेको थियो अत राजा रातको ३ बजे एक्लै बोधिधर्मको कुटीमा पुगे।
पुग्ने बितिकै राजाले देख्यो कि बोधिधर्म हातमा लट्ठी लिएर बसिरहेका र राजालाइ नै पर्खिरहेको थियो। राजाले सोच्यो कि यो लट्ठीले अवश्य पनि हान्ने नै छन। मन मनै राजालाइ पछुतो पनि लागे र मैले यहाँ यो समयमा आउनु नै गल्ती गरियो भन्ने।
त्यति नै बेला बोधिधर्मले भन्योः अब भन् तिम्रो त्यो
कहाँ छ? म त्यसको उपचार गरिहाल्छु। छिटो भन्नु रातपनि निकै काटिसकेको छ। फेरी तिमी पनि राजमहलमा फर्कनु पर्ने छन।


राजा वू ले हिम्मत गर्दे भन्योः महाराज तंपाई एकदम उटपटांग प्रश्न सोध्नु हुदैछन? मेरो कँही बहिरा घुम्छ  ? जसलाइ मैले समातेर तंपाइको जिम्मा लगाउँनुलाइ? मेरो त म भित्र छन। अब कसरी भनौ ?


तर बोधिधर्म त पक्का गुरू थियो र भन्योः ल ठिक छ। तंपाइ भित्र छ, भने म भित्रैबाटे पक्रेर ठिक गरिदिन्छु। तंपाइले एउटा काम गर्नुहोस आँखा बन्द गर्नु र आफु भित्र खोज्नु। तंपाइको भित्र जहाँ तंपाइको शरीरमा त्यो तंपाइको
देखिन्छन तुरून्तै मलाइ बताउनु। म त्यसलाइ त्यति नै बेला दुई लट्ठी हानेर शान्त परिदिन्छु।
राजाले डराउँदै आँखा बन्द गरियो र सोच्न थाले कि यो बोधिधर्मलाई जता तिर मैलै इशारा गर्दे यहाँ निर मेरो
मतलब मेरो हातमा छ.. गोडामा छ... छातीमा छ..यो साधुले त्याँही नै लट्ठी हान्ने छ। मैले कँही दिमागमा छ भन्यो भने त खप्परमा नै लट्ठी हानेर खप्पर नै फोर्ने होला। बोधिधर्म पनि त्यस्तै सनकी र कुख्यात साधु थियो।
 राजा त फसिरहेको थियो आज....
 बिस्तारै डरलाइ पार सार्दै आँखा बन्द थियो.. राजा आफ्नो
लाइ खोज्नु थालियो...हात,खुट्टा,शिर,दिमाग... जहाँ पनि आफ्नो लाइ खोज्छ....त्याँह त्याँह नै जवाफ मिल्छ कि यो होइनन।
उता बोधिधर्म लट्ठी लिएर आफ्नै नजिक नै बसिरहेका छन। कहिले यसलाइ भनौ यो हो, मेरो र उहाँले लट्ठी ले हनोस त्यो माथी....
बिहानीको झिसमिस हुदै थियो...बोधिधर्मले भने राजा धेरै ढिलो भइसक्यो अझै सम्मा तंपाइले तंपाइ
भेटेको छैन?  म कति समय देखि प्रतिक्षा गर्देछु।
उता राजा वू ध्यानमा मग्न डुबिसकेको थियो.. म हराइ सकेको थियो... कही पनि छैन... सम्पुर्ण शरीर भित्र खोजियो तर मिलेनन् अन्तिममा उहाँ स्वंय नै हरायो.. मात्र ध्यानको मस्तीमा उतर गयो।
राजाले बिस्तारै आँखा खोल्यो र बोधिधर्मको गोडामा लड्दै भन्यो महाराज
मेरो भित्र कहि कतै पनि मिलेनन। सम्पुर्ण ठाँउमा खोजियो। म अब असन्तोष छैन। शान्त छु। 

Saturday, July 7, 2012

"प्रतीत्यसमुत्पाद" भनेको के हो ?

भगवान तथागत भन्नुहुन्छः-
अविद्याको कारण संस्कार, संस्कारको कारण विज्ञान,विज्ञानको कारण
 नाम-रूप, नाम-रूपको कारण छ:इन्द्रिया, 
छ:इन्द्रियाको कारण स्पर्श,स्पर्शको कारण वेदना,
वेदनाको कारण तृष्णा,तृष्णाको कारण उपादान, 
उपदानाको कारण भव, भवको कारण जन्म र जन्मको कारण बृद्धा,
शोक, दु.ख,विलाप,दौर्मनस्यत र उपायास हुन्छ। 
यसरी नै समस्त दु.खको उत्पति हुने गर्दछन।
यसैलाइ "प्रतीत्यसमुत्पाद" भनिन्छन।