Pages

Wednesday, May 30, 2012

मार्ने भन्दा बचाउँने ठुलो हो र अधिकार पनि त्याँही बचाउनेकै हुन्छ।


नमो बुद्धया!
राजकुमार सिदार्थ एक दिन राजमहल भन्दा बाहिरा बगैचमा काका छोरा भाइ देवदत्त संग घुमिरहेको थियो।  राजकुमार सिदार्थ अति नै कोमल मनका थियो, भने देवदत्त चाँही अति नै उद्दण्ड साथै क्रुर स्वभावले भरिपुर्ण थियो।
राजकुमार सिदार्थ कोमल मन भएको कारणले गर्दा सबैले प्रशंसा गर्दथे भने देवदत्त क्रुर र उद्दण्ड भएको हुनाले कसैले पनि उसलाइ प्रंशसा गर्दैनन थियो।
यँही कारणले गर्दा देवदत्त र सिदार्थमा, सिदार्थ नै सबैको आँखाको नानी बनेको थियो। यस्तै अझै पनि भेटिन्छन वा देखिन्छन  एकै परिवार भित्र यो युगमा  अझै पनि।
केही अरू बालकहरू पनि त्याँह खेलिरहेको थियो। सिदार्थको प्रिय साथी सखा बसंतक पनि त्याँही थियो। प्राय जसो सखा बसंतक, राजकुमार सिदार्थको राम्रो व्यवहार गर्ने हुनाले नै साथमै रहने गर्दथे।
त्याँही बगैचमा राजकुमार सिदार्थले देखियो कि उडदै गरेको हांसलाइ देवदत्तले बाणले प्रहार गर्न लागेको।
राजकुमार सिदार्थ त्यो देखेर जोडले कराउँदै भने- पख् देवदत्त, रोक् के गर्न लागेको ?
देवदत्तले जवाफ दियो- तिमीलाइ यसमा के भो ? हामीहरू राजबंशी हो, जे पनि गर्न सकिन्छन। शिकार मार्नु हाम्रो धर्म हो। यस्तो भन्दै बाण प्रहार गरेर उडदै गरेको हांसलाइ बाण प्रहार गरी तल झारी दियो।
राजकुमार सिदार्थ दु.खी र व्याकुल हुदै हांस झरेको स्थानमा दौडदै पुग्यो र देवदत्तको बाणबाट घाईते भएको हांसलाइ उठायो। साथै अति प्यार संग ति हांसलाइ चोट लागेको ठाँउमा औषधी उपचार गर्ने तिर लागियो। उहाँ अति नै करूणमयी हुनुहुन्थ्यो।
यता देवदत्त भने मैले निकै मेहनेतका साथ शिकार गरेको हांस मलाइ चाहिन्छ भन्न थाल्यो राजकुमार सिदार्थसंग, उहाँले त्यो हाँस दिनु ईन्कार गर्नुभयो।
राजकुमार सिदार्थले हांस नदिए पछि देवदत्त राजदरबारमा पुगेर सिधै राजा शुद्धोधनलाइ निवेदन गर्दै न्यायको माग गरियो।
देवदत्त राजकुमार सिदार्थ माथी साह्रै रिस गर्ने गर्दथे । अतः उनलाई यो मौका उचित लाग्यो कि सिदार्थ माथी अरोप लगाउने। उसलाइ लागिरहेको थियो कि पक्कै पनि यो पटक चाँही सिदार्थले सजाय मिल्ने छन साथै अपमानित हुने नै छ भन्ने।
कुरा पनि सही नै थियो। शिकार जसको हो त्यो  त्यसैले मिल्नु पर्छ।
राजा शुद्धोधनले दरबारियाहरूलाइ एक्कै ठाँउमा भेला गर्दे यसबारेमा न्याय दिनुको लागि आदेश जारी गरियो।  तर धेरै जसोले राजकुमार सिदार्थलाइ निकै माया गर्दथे तर यो समयमा न्याय बिल्कुल्लै उसकै बिरूद्धमा जाँदै थियो। राजा शुद्धोधन पनि के गर्न सकिन्थे? उनलाइ यँहा डर त्यो थियो कि यो फैसालले गर्दा राजकुमार सिदार्थमा कतै वैराग्यको अनुभव त  उत्पन्न हुन्न भन्ने “समास्य यँही हुन्छ कि कर्तव्यको अगाडी  हरेक राजाले हार मान्नु पर्छ”।
दु.ख मनले राजाले राजकुमार सिदार्थलाइ राजसभामा हजिर हुनुको लागि सुचना जारी गरियो। देवदत्त भने निकै खुशी भयो। आज पहिलो मौका मिल्दैछन सिदार्थलाइ तल झर्ने र देख्ने। एकदम ठुलो बन्दै हिडछन। आज देख्ने भो..... अब के गर्छ हुन्छ?
राजकुमार सिदार्थ आफ्नो साथी सखा बसन्तक र भाई आनन्द संगै राज सभामा प्रवेश गरियो। राजकुमारको हातमा त्यँही हांस थियो। जसलाइ उहाँले बचाउनु भएको थियो।
 उहाँ अरामले राजा शुद्धोधनको सामुन्ने आएर खडा हुनुभयो। पुरै राजसभामा खुल्दुल्ली भयो। अब के हुन्छ?
न्यायको लागि कारबाही शुरू भयो। मन्त्रीले देवदत्तले जे अरोप सिदार्थ माथी लगाएको थियो त्यो पढेर सुन्नायो।
राजा शुद्धोधनले राजकुमार सिदार्थलाइ सोध्नु भयोः  तिमीलाइ यहाँ आफ्नो सफाईको लागि केही भन्नु छ?
 यता दरबारियाहरू भने सोच्दै थियो कि यहाँ सफाई दिने कुनै ठाँउ नै छैन। सिदार्थले यहाँ सजायको भागीदार हुनै पर्छ। सबै राजसभामा असिन व्यक्तिहरूमा यँही उत्सुक थियो कि अब राजकुमार सिदार्थले के भन्नुहुन्छ।
 राजकुमार सिदार्थले निकै शंन्तीका साथ  मधुर बचनमा बोल्नु शुरू गर्नुभयो। बचपन देखि नै राजकुमारको बोली यदि धेरै कर्णप्रिय र मिठो थियो कि सुन्नेहरू साबै मग्न हुने गर्दथे।
 राजकुमार सिदार्थले भन्नुभयो - हांसलाइ देवदत्तले शिकार बनाउदै प्रहार गरियो र झर्र्यो। हो तंपाईहरूको कानुन अनुसार हांस माथी उसको अधिकार छ।  तर अर्को कानुन पनि छ जहाँ “मार्ने भन्दा बचाउँने ठुलो हो र अधिकार पनि त्याँही बचाउनेकै हुन्छ”।  यो हांस स्वस्थ् भए पछि यसलाइ म आजाद संग उडनको लागि खुल्ला आकाशमा छोडने छु।
 राजकुमार सिदार्थको यो तर्क सुनेर पुरै राजसभा खुशीले गदगद भयो। सबैले राजकुमारको प्रसंशा गर्नुभयो । राजाले सभासाद्धहरूको विचार र विमर्शलाइ माध्य नजरमा राख्दै र सर्वसम्मतिले  हांसको अधिकार सिदार्थकै हो भन्ने निष्कर्षमा फैसाल गर्नुभयो।
राजकुमार सिदार्थले हांस स्वस्थ र उडनु सक्ने भए पछि खुल्ला आकाशमा उडनुको लागि छोडिदियो।
यस्तो बिलक्षणले भरिएका र कति धेरै करूणाले ओतप्रेत थियो भगवान बुद्धको बचपन।

Tuesday, May 29, 2012

मानिसहरूको पतन हुनुको मुख्य १२ कारणहरू।

भगवान बुद्धको उपदेशहरूः
१, धर्म वा भलाईको मार्गबाट अरू प्रति द्भेष गर्नेहरूको पतन हुन्छन भने धर्म वा भलाईको मार्गबाट अरू प्रति प्रेम गर्नहरूको उन्नतिको कारण बन्दछन। 
२, असत्पुरूष उसलाई असल ठान्छ भने सत् पुरूष उसलाइ असल ठान्दैनन् र उ स्वंयमलाई घृणा गर्ने गर्छन अत असत्पुरूषको धर्मलाइ मनन् गर्ने गर्छ। त्यस्त व्यक्तिहरूको पतन हुन्छ।
३, जो निन्द्रालु वा निकम्मा हुन्छन उसलाई उस्तै मान्छे राम्रो लाग्छ। जो परिश्रमी हुदैनन र अलास्य वा सुस्त हुन्छन साथै क्रोधलाइ प्रदर्शन गर्ने गर्दछ त्यस्ता व्यक्तिहरूको पतन हुन्छन।
४, धनी र सामर्थ्यवान भएर पनि आफ्नो बृद्धा बाबु- आमा, भाइ बाहिनीहरूको पालन पोषण गर्ने गर्देनन यसको कारण त्यस्ता व्यक्तिहरू एक्लोपन र कुण्ठितमा पर्ने हुन्छ। त्यस्ता व्यक्तिहरूको पतन हुन्छन।
५, जसले इमान्दारी मान्छेलाइ, सदगुरूलाइ,परिवारजनलाइ वा साधुलाइ झुटो बोल्नु र धोका दिने गर्दछन त्यस्त व्यक्तिहरूको पतन हुन्छन।
६, जसले आफ्नो धन सम्पतिमा एक्लैले मात्र उपभोग गर्दै आनन्द मान्ने गर्दछन। समाजसेवाको काममा उपयोग गर्दैनन वा दान धर्ममा उपयोग गर्देनन त्यस्त व्यक्तिहरूको पतन हुन्छन।
७, जसले आफ्नो जात,गोत्र,धन,सामर्थ्ये,शक्ति र ज्ञान प्रति अभिमान राख्ने गर्दछ र आफ्नो नातादारहरूलाइ तिरस्कार गर्ने गर्दछन त्यस्त व्यक्तिहरूको पतन हुन्छन।
८, जो व्यक्तिमा बिलासी हुन्छ, शराबी हुन्छ, जुवाडे हुन्छ र आफ्नो पुर्खाले जम्मा गरेको सम्पतिहरूलाइ अपव्यय गर्ने गर्दछन त्यस्ता व्यक्तिहरूको पतन हुन्छन।
९, जो व्यक्ति आफ्नो पत्नी बाट सन्तुष्ट हुदैनन र अरू नै बैश्या तथा परस्त्रीहरू संग पारगमन गर्ने गर्दछन त्यस्ता व्यक्तिहरूको पतन हुन्छन।
१०, जो व्यक्ति बृद्ध हुदाँ हुदै पनि नयाँ युवा वा युवतीलाइ अपनाउँने गर्दछन। उ भित्रको इष्याको कारणले गर्दा त्यस्त व्यक्ति आनन्दित हुनु सकिदैनन र त्यस्त व्यक्तिहरू पतन हुन्छन।
११, जसले असयामित तारीकाबाट फजुल खर्च गर्ने गर्दछन त्यस्ता पुरूष वा स्त्रीलाइ धन सम्पतिको अधिकारी वा मालिक बनाउने गर्दछन त्यस्त व्यक्तिहरू पतन हुन्छन।
१२, जो क्षेत्रीय कुलमा जन्म हुन्छ र अल्प साधन गर्ने वाला हुन्छ अर्थात असक्ष हुन्छन तर धैरै महत्वकांक्षी हुनुको कारणले राज्यको अभिलाषा राख्ने गर्दछन। त्यस्त व्यक्तिहरू पतन हुन्छन।

Wednesday, May 23, 2012

पटाचाराको कथा


नमो बुद्धया!
उ बेलामा श्रावस्तीमा एकदमै धनी व्यक्ति रहन्थे जसलाइ नगरबासीहरूले नगरसेठ भन्ने गर्थे। उनको एउटा सुन्दरी छोरी पनि थियो ।जसको नाम पटाचारा थिइनन।  
पटाचारा विस्तारै विस्तारै किशोरी हुदै जाँदै थियो।  घरमै काम गर्ने नोकर संगै उनीको प्रेम लिला चल्नु थल्यो।  जब आमा बुबाले पटाचाराको विवाहको लागि वर खोज्दै गरेको थाहा पाईयो उनी नोकर संग भागिगयो ।
दुवै अपरिपक्व श्रीमान
श्रीमति कुनै एउटा छोटो नगरमा गएर बसोबास गर्न थालियो।  केही समय पछि पटाचारा गर्भवती भईन। उनीले स्वंयमलाइ एकलोपन जस्तो महशुस गर्न थालियो। मन मनै उनी डरार्इ पनि रहेको थियो।
श्रीमान संग भनेः मैले यहाँ एकदमै एक्लोपन महशुस गरिरहेको छु ।  साथै म गर्भवती पनि भइसकेको छु जहाँ  मलाइ सहयोगको आवश्यक्ता छ। तंपार्इ यदि आज्ञा दिनुहुन्छ भने मलाइ माइतीमा जाने इच्छा छ ?
पटाचारालाइ उनको श्रीमानले माइती पठाउनु चाहादैनन थियो। त्यसैले उसले हरेक बहानाहरू बनाएर उनीलाइ माइती जानुबाट रोकियो।

उताँ पटाचारालाइ भने माइतीमा पुगेर बा - मालाइ भेटेने साह्रै प्रवल इच्छा थियो।  एक दिन उनको श्रीमान काममा गएको बेला मार्इती जाने आँट गरे पटाचाराले साथै छिमेकीलाइ श्रीमान भन्नु की म केही समयको लागि माइती जाँदै छु भन्ने खबर छोडी। पटाचार माइतीघर तिर लागे।

यो कुराहरू पटाचाराको श्रीमानले छिमेकी बाट थाहा भयो।  उसलाइ निकै नरमाइलो लाग्यो साथै निकै ग्लानी भान भयो।मेरै कारणले गर्दा यति कुलिन खानदानी कन्याको यति धेरै दुर्गति हुदै छन”/ भन्ने मन मनै सोच्दै पटाचारालाइ खोज्नुको लागि त्याँहबाट हिडे।  बिच बाटोमै पटाचारासंग उसको भेट भयो। उसले पटाचारालाइ धेरै सम्झाइ बुझाइ घरमा फिर्ता लिएर आँए।

समयमै पटाचाराको प्रसव भयो साथै सबै जना उनीहरू सुखसंगै बस्दै थियो। पटाचारा फेरी अर्को पटक पनि गर्भवती भइनन् त्यति बेला भने पटाचाराको श्रीमान स्वंयमले उनलाइ मार्इती घरमा लाने निधो गरे साथै जाने तयारी भयो।

पटाचाराको स
-परिवार माइती तिर जादै थियो।  बाटोमा घनघोर बर्षा भयो। पटाचाराले श्रीमानलाइ भने यँही कँही कतै सुरक्षित ठाँउको खोजि गर्नहोस ? श्रीमान झाडी भित्र भित्रै हुदै उसको परिवारको लागि सुरक्षित स्थानको खोजि गर्दे थियो।  त्यति  बेला एउटा विषालु सर्पले उसलाइ डँसिदियो।

पटाचारा भने यता पतिको प्रतीक्ष गर्दे थियो।  फेरी उनीलाइ त्याँही बेला प्रसव बेदनाले च्यापियो साथै त्याँही उनीले एउटा शिशुलाइ जन्म दियो।

केही समय पश्चताप प्रसव बेदनाबाट छुटिसके पछि सकि नसकी उनले दुबै बच्चाहरू लिदै पतिको खोजि गर्न थालियो।
विषालु सर्पले डँसेको हुनाले उनको श्रीमानको मृत्यु सकेको थियो।  जब उनले श्रीमानलाइ मृत अवस्थामा फेला पर्र्यो, छाती पिटी पिटी उनी रूना लागियो। हे भगवान! मेरै कारण मेरो पतिको मृत्यु भयो भन्द

अब उनको लागि माता पिता भन्दा अरू साथ दिने कोहि पनि थिएनन। त्याँह बाट उनी  आफ्नो माइती घर तिरको बाटोमा अघि बढदै गयो। अझै उनीलाइ बाटोमा धेरै बाधा अडचन र दु.खहरू साथ सामाना गर्नु थियो।  
बाटोमा एउटा ठुलो नदी थियो। जहाँ उनीलाइ तार्नु पर्ने भयोअ, अघिको घनघोर बर्षाको कारण नदी पनि निकै बढी सकेको थियो। उनीले नदी तार्नु पर्ने भन्दा पहिला नदी हेर्दे यो सोचियो कि दुबै बच्चाहरूलाइ लिएर नदी तार्नु गाह्रो छ। भन्दै ठुलो बच्चालाई नदीको वारी किनारमा राख्दै पहिला सानो बच्चालाई नदी पारी तारिदियो। त्याँह कपडाले बेरेरा सानो बच्चालाइ झाँडीमा भित्र राखेरा उनी ठुलो बच्चालाई लिनको लागि नदी तार्दै थियो त्यति नै बेला उनको आखाँ सानो बच्चा भएको ठाँउ तिर पुगेछ। त्याँह सानो बच्चालाइ एउटा ठुलो गिद्धले झम्टिएर लानु खोज्दै थियो। उनीले गिद्धलाइ तर्साउनुको लागि जोडले चिच्याइनन तर केही सिप लागेनन अखिर  सानो बच्चालाइ गिद्धले उठाइ लागि हाले।
दोस्रो किनारमा बसेको ठुलो बच्चाले आमाले चिच्याएको सुन्यो र उसले सोच्यो कि आमाले मलाइ नै बोलाउदै छन। भनि  उ हत्तनपत्ता पानीमा पस्यो विचार ति सानो बालकको के लाग्थ्यो र त्यति ठुलो बेगमा बगेको नदीले उसलाइ पनि बाढी भेल संगै बगाई दियो । त्याँह पटाचाराको केही सिप नै लागेनन।

सानो बच्चालाइ गिद्भले उडाइ दियो भने यता ठुलो बच्चालाइ नदीले बगाइ दियो उत्ता श्रीमानलाइ विषालु सर्पले डँसिएर मारिदियो। पटाचाराको त्यो सानो परिवार पुरै नष्ठा भयो। उनी  अलापविलाप गर्दै आफ्नो आमा-बुबाको घर तिर लाग्दै  थियो । बिच  बाटैमा आफ्नो नगरकै एक जना यात्रीलाइ उनीले भेटे।  जसले उनीलाई अर्को पिडा पनि थप्दै माइतीको बारेमा पनि बताइदियो।  नगरसेठको परिवार अर्थात आमा बुबा र सबै भार्इ बाहिनीहरू केही समय अघि मात्र दैवी प्रकोपमा परेर मृत्यु भइसेकेको छन भनि।
यो कुरा सुनेर पिडा माथी पिडाको अर्को बज्रपात फेरी पटाचारा माथि पर्र्यो। उनको यो संसारमा आफ्नो भन्ने कोहि पनि बाँकि रहेनन।
उनी पागल भयो।  श्रीमानलाई सर्पले मर्र्यो,ठुलो छोरालाइ बाढीले बगाइदियो र सानोलाइ गिद्धले खाइदियो ! आमा बुबा र भाइ बैनीको पनि चित्ता नसिबमा रहेनछ भन्दै निवस्त्र घुम्न थाले।

यसरी अलापविलापका निवर्स्त्र घुम्दै फिर्दै हिडेकोले पटाचारालाइ सबै मानिसहरूले अपमान गर्दै उनीलाइ जहाँ भेटियो त्याँहबाट खेदिदिन्थ्यो।

जेतवनमा भगवान बुद्ध धर्मोपदेश दिदैहुनुहुन्थ्यो। पटाचारा अचनाक त्याँह देख पर्र्यो र भगवान बुद्ध तिर सिधै आइरहेको सबैले देख्योर।
अहो, यो त पागल हो, यसलाइ भगाउँभन्दै मानिसहरू पटाचारालाइ  भगाँउनुको लागि, लागि परे । भगवान बुद्धले सबैलाइ रोक्दै यसलाइ मेरो सामुन्ने आँउनु दिनु भन्ने आज्ञा भयो।
जब पटाचारा भगवान बुद्धको नजिकै आयो। भगवान बुद्धले उनलाइ सोध्योः
- छोरी आफ्नो चेतानलाइ सम्हाल्नुभगवानलाइ आफ्नो सामुन्ने देखेर पटाचारालाइ केही होश खुल्यो। साथै आफु नग्नता रहेको  भान समेत  उनलाइ भयो।
कसैले उनको नाग्न शरीरलाइ कपडाले ढाँकिदियो। फेरी त्याँही उनी भाकानो छोडदै रूना लाग्यो साथै भगवान! मेरो पतिलाइ सर्पले मर्र्यो, सानो सानो बच्चाहरू पनि मेरै समुन्ने मरिगयो र मेरो आमा- बुबा, भाइ बैनी सबै दैबीप्रकोपमा मारिगयो। अब मेरो रूक्षा कसले गर्ने?

भगवान बुद्धले उनीलाइ भनिनः- दुखी नबान्नु। अब तिमी मेरो साथमा आयो। जुन परिवारजनको मृत्युको कारण तिमी आँशु बगाउँदै छौ। यस्तै आँशुहरू तिम्रो अनंत जन्म जन्मांतर देखि बगाँउदै आइरहेको छौ। त्यो तिम्रो आँशुहरू भर्नुको लागि महासमुन्द्र पनि शायद सानो हुन्छ होला।  तिम्रो रक्षा कसैले नि गर्नु सकिदैनन। जब मृत्यु आँउछ त्यतिबेला पारिवारजनहरू पनि कोहि काम लाग्दैनन।
यो भगवान बुद्धको उपदेश सुनेर पटाचाराको शोकहरू केही कम भयो। उनले बुद्धको साधनाको लागि अनुमति माग्यो। भगवान बुद्धले उनीलाइ आफ्नो संघमा शरण दियो।
धर्मको परम स्रोतहरूको धेरै नजिक रहेर पटाचाराको दुख कम हुदै गयो। साथै उनी नित्य ध्यान र ज्ञानको साधनामा निपुण पनि बन्दै गयो।

एक दिन स्नान गर्दे गरेको समयमा उनीले यस्तो देखिन पहिलो पटक पानी आफ्नो शरीरमा हाल्दा केही पर गाएर सुकियो,फेरी दोस्रो पटक पानी हाल्दा त्यो भन्दा अझै अलि अघि सम्मा पुगेर सुकियो र तेस्रो पटक पानी हाल्दा त्यो झन अझै अलि अघिसम्मा गएर सुकियो।

यस्तो एउटा अति नै सधारण घटनामा पनि पटाचारालाई समाधिको सुत्र मिल्यो।  पहिलो पटक हालेको पानी जसरी सुकेरा गयो त्याँही जस्तै केही जीवहरू अल्पायु मै मर्ददछन।  दोस्रो पटक हालेको पानी सुकै जस्तै केही जीवहरू विच सम्मा पुग्दा नपुग्दै मर्दछन। तेस्रो पटकमा हालेका पानी जस्तै केही जीवहरू अन्तिम अवस्थमा गएर मर्नु पर्दछन। सबैको मृत्यु निश्चित छन। सबै अनित्य छ।

यस्तै पटाचारालाई यहाँ भान भयो त्यस्तै अनंत करूणावान बुद्ध भगवानले उनीलाइ भनिनः हे पटाचारा समस्त प्राणी मरणधर्मो हो।    



Saturday, May 19, 2012

सच्चा साधु

नमो बुद्धया !
भगवान बुद्धले आफ्नो शिष्यहरूलाइ दीक्षा दिनु भन्दा पहिला उनीहरूलाइ धर्मचक्र प्रवर्तनको लागि भगवान बुद्धले बिहार गर्नु भएको स्थान भन्दा अन्य कुनै नगर वा गाँउहरूमा जानुको लागि आज्ञा भयो। 
भगवान बुद्धले सबै शिष्याहरू संग सोधे - तिमीहरू सबैजना जहाँ जान्छौ,त्याँह तिमीहरूले राम्रो र नराम्रो दुवै प्रकारका मानिसहरू भेटिने छन।
यदि राम्रो मानिसहरू भेटेमा तिनीहरूले तिमीहरूको कुराहरू सुन्नेछन साथै सहयोग पनि गर्नेछन तर यदि नराम्रो मानिसहरू भेटियो भने तिनीहरूले तिमीहरूको निन्दा गर्नछन साथै गाली पनि दिनेछन। हरेक शिष्यहरूले भगवान बुद्धको यो प्रश्नको जवाफ बुझे अनुसारले दिदै गयो।

एक गुणी शिष्यले भगवान बुद्भलाइ बिन्ती गरे - म कसैलाइ नराम्रो सोच्दिन। यदि कसैले मेरो निन्दा गरियो वा गाली दियो भने पनि म यो सम्झने छु कि उ राम्रो मान्छे हो, किनकी उसले मात्र मलाइ गाली दियो । म माथी धूलो त फ्यकिदिएँनन्।
भगवान बुद्धले सोध्नुभयोः- यदि तिमी माथी कसैले धूलो नै फ्याँकिदियो भने चाँही ?
म उसलाइ पनि भला नै भन्ने छु किनकी उसले मात्र धूलो त फ्याँकिदियो, मलाइ थप्पड त हानेनन् ।
भगवान बुद्धले सोध्नुभयोः - यदि कसैले थप्पड नै हानिदियो भने चाँहि के गर्ने छ?
म उसलाइ पनि नराम्रो मान्छे भन्दिन। किनकी उसले मात्र थप्पड हान्यो, लौराले त हानेनन।
भगवान बुद्धले सोध्नुभयोः- यदि कसैले लौराले नै हिर्काइदियो भने ?
म उसलाइ धन्यबाद दिनेछु। किनकी मलाइ केवल लौराले मात्रै त हिर्कायो, हतियारले त हिर्काइनन्।
बुद्ध भगवान सोध्नुभयोः - तिम्रो मार्गमा डाँकुले नि भेटन सकिन्छन जसले तिमीमाथी घातक हतियार प्रहार पनि गर्न सकिन्छन।
के भो र ? उसलाइ दयालु नै सम्झने छु। किनकी केवल उ मार्ने नै गर्छ, मारि त हाल्दैनन् ।
बुद्ध भगवान सोध्नुभयो – यदि तिमीलाइ मारिहल्यो भने ?
यो जिवन र संसार केवल दु.ख मात्र हो। जति जिवित रहन्छु उति नै धेरै दु.खमा पर्ने छु। जिवनबाट मुक्ति पाउँनुको लागि आत्महत्या गर्नु त महापाप हो। यदि कसैले जिवनबाट यस्तो छुटकारा दियो भने म त्यसलाइ पनि उपकार नै मान्ने छु।

शिष्यको यो वचन सुनेर भगवान बुद्धलाइ अति नै सन्तोष लाग्यो। उहाँले भन्नु भयो तिमी धन्य छ !
सच्चा साधुले कसैलाइ कुनै पनि दोषमा नराम्रो सोचिदैनन वा भन्निदैनन ।
जसले अरूमा नराम्रो देखिदैनन त्यँही सच्चा परिव्राजक हुनको लागि योग्य हुन्छन।
तिमी जस्तै साधुहरू सधै धर्मको मार्गमा चल्लनेछन।
 


Tuesday, May 15, 2012

सुख दुख, कुशल अकुशल सबै कर्महरूको परिणाम हुन।

सुख र दुखको अनुभूतिहरू कुशल र अकुशल कर्महरूको कारणले गर्दा हुन्छ। कुशल कर्म गरे सुखको अनुभूति निश्चित छन, भने अकुशल कर्म गरे दु.खको। अत अकुशल कर्महरूलाइ पुर्णरूपमा त्यागेर संभव भएसम्मा कुशल(पुण्य) कर्महरू गर्नु पर्छ।


घाँसमा रहेको सानो कीरो पनि सु.ख नै पाउनु चाहान्छन तर सु.ख पाउने कुशल कर्म कसरी गर्ने र दु.ख पाउने अकुशल कर्म कसरी त्याग्ने भन्ने बारेमा ति कीरोहरूलाइ ज्ञानै हुन्न।
साथै हिस्राक जन्तुहरूले एकले अर्कालाइ शिकार गरेर खाँदा स्वाभाविक रूपमै त्यो अकुशल कर्म गरिरहेका हुन्छन। तिनीहरूको चाहाना पनि सुखै भएपनि तिनीहरूले दु.खको कारणहरू नै संग्रह गरिरहेका हुन्छन अत तिनीहरूले दु.ख मात्र पाइरहन्छन।

यही नै तिनीहरूको अज्ञान र भ्रमको मापदण्ड हुन। हामीहरूले अठार लक्षणहरूले युक्त भएको अमुल्य मनुष्य देह प्राप्त गरेका छौ तर्सथ अहिले बाटै भगवान बुद्भका उपदेशहरूलाइ सही ढंगले अभ्यास गर्नु पर्छ।
अहिले हामीहरू सबै जना भ्रममा परेका छौ। हामीहरूले धेरै जन्म अघि देखि अहिले सम्म गरेका अकुशल कर्महरूलाइ स्वीकार गर्नु जान्नु पर्छ।
अब देखि ठुलो हुन या सानो त्यस्ता सबै अकुशल कर्म गर्नबाट आँखालाइ काडाँबाट जोगाए झै गरी जोगिने छु भन्ने भावना गर्नु पर्दछ। यदि अकुशल कर्महरू अन्जानमै भयो भने त्यस्लाइ तुरून्तै प्राश्यचित गर्दे फेरी नदोहर्र्याउने बाँचा त्यति नै बेला गर्नु पर्दछ।

हामीले गर्ने सम्पुर्ण कुशल कर्महरूलाइ अरूहरूको हितको लागि परिणामना गर्ने गर्नु पर्छ।साथै हाम्रो क्षमताले भ्याएसम्मा अकुशल कर्महरूलाइ त्यागेर कुशल कर्महरूलाइ नै संग्रह गर्ने अभ्यास गर्नु पर्दछ।


बुद्ध वचनः
कुनै पनि पाप नगर,
कुशल कुराहरूलाइ राम्रो संग अभ्यास गर
आफ्नो मनलाइ तह लगाउ
यही नै बुद्धको शासन हो।
(धम्मपद)

Tuesday, May 8, 2012


आध्यात्मिक  प्रगतिको लागि अनिवार्य नियमको बिषयमा भगवान बुद्धले बताउनु भएको ८ मार्गहरूः-

१, सम्यक (दृष्टी) दर्शनः
- दर्शन के हो ? सामान्य संस्कृत अर्थमा दशर्नको मतलब हेर्नु हुन्छ। दार्शनिक भाषामा अथवा आध्यात्मिक र मानसिक क्षेत्रमा दर्शनको मतलब कुनै बस्तुलाइ ज्ञानको दृष्टीबाट हर्नु, साधनको दृष्टीबाट हेर्नु हो भन्ने बुझिन्छन। दर्शनको अर्थ हो जिवनका निर्देशन शास्त्र।
 कुनै मनुष्य चल्दै छन तर उसको चल्नुको यदि कुनै लक्ष्य छैन भने उसको सबै प्रयास,श्रम व्यर्थ भर्इ जानेछन। कुनै व्यक्तिले जे पनि गर्न सकिन्छन तर उसको सबै उपलब्धी बेकार भर्इ जानेछन यदि उसले आफ्नो लक्ष्यको जानकारी नै छैन वा आफ्नो गन्तव्यको विन्दु नै छैन भने। अत प्रत्येक मनुष्यमा उसमा आफ्नो जिवनको दर्शन हुनु जरूरी छन। यो बिना कुनै पनि सफलताको असम्भव नै छ।  हामीहरूले यो कुरालाइ जहिले पनि ख्याल गर्नु नै प्रथम महत्वपूर्ण मार्ग हो।

२,
सम्यक संकल्पः- यहाँ सम्यक संकल्पको अर्थ हो आत्मविश्वास। म यो काम गरेरै छाडछु। मैले यो कामलार्इ गर्नु पर्छ भन्ने जस्त दृढ आत्मविश्वासले नै मानव जिवनलाइ सफलतामा पुर्र्यादिन्छन।  भगवान बुद्धले यसलाइ नै दोस्रो मार्ग भन्नु भएको छन। यहाँ दोस्रो आवश्यक मार्ग  पनि छन। साधकलाइ आफ्नो जिवनमा लागु गर्नु सक्नु पर्छ।

३,सम्यक वाकः
- कुनै व्यक्तिले जब जिवनको कुनै पनि क्षेत्रमा आफुलाइ व्यक्त गर्दछन  भने उसले आफु माथी सम्यक नियन्त्रण राख्नु सक्नु पर्छ। यसैलाइ सम्यक वाक भनिन्छन।

, सम्यक आजीवाः. एक कुशल व्यक्तिले धैरे सफा र सुग्घार वा पवित्र आजीविका अर्जित गर्न सक्नुपर्छ त्यो आवश्यक्त पनि हो। उसले निकृष्ठ वा अनैतिक तरीका बाट आफ्नो आजीविक अर्जित गर्नु हुदैनन। यो नै चौथो मार्ग हुन।

५, सम्यक व्यायामः
- हामीहरूलाइ थाहा नै छन। प्राय जसो युवाहरूले शरीरलाइ मजबुत (बालियो) बनाउनुको लागि विभिन्न तरीकाको व्यायामहरू  गर्ने गरिन्छन, यो शरीरिरक व्यायाम हो। तर हामीले मानसिक व्यायाम वा आत्मिक व्यायाम पनि गर्नु अवश्याक्त छ।
यो नै सम्यक व्यायाम मार्ग हो।

६। सम्यक कर्मन्तः
- हामीले जब कुनै कार्यको शुरूवात गरिन्छौ, त्यसलार्इ हामीले धेरै कुशलपूर्वक वा राम्रो तरीका बाट त्यो कार्यलार्इ समापन पनि गर्नु सक्नु पर्छ। कुनै पनि कार्यलार्इ अपूर्ण अवस्थामा नछोडौ, कामको समपान राम्रो हुनुपर्छ।
जब हामीले कामको आरम्भ गरियो त्यसलाइ सफलता पुर्वक वा राम्रो  तरीका बाट समापान गर्नुपर्छ। यही सम्यक कर्मन्त हुन।

७, सम्यक स्मृतिः स्मृति के हो?  जब हामीले आफ्नो र्इन्द्रियाबाट जो देखिन्छन, जो सुनिन्छन वा गन्ध लिन्छन हो त्यतिबेला के हुन्छ ? हाम्रो मनको केही स्तरहरूमा विभाजित भर्इ जान्छन। त्यति बेला सम्यक स्मृति के हो भन्ने कुराको ख्याल राख्नु सक्नु पर्छ। इष्ट देवको मन्त्र हमेशा जपिरहनु पर्छ। हामीले कहिले भुल्नु हुदैनन कि बुद्धहरू बुद्धसत्वहरूको स्मरण गर्नु पर्छ जसले गर्दा हाम्रो स्मृतिहरू गलत नहोस।  आफ्नो इष्ट देवको मन्त्र जप्नु नै जम्मै भन्दा ठुलो कर्तव्य हुन।  यँही नै सम्यक स्मृति मार्ग  हो।

८, सम्यक समाधिः जतिबेला हामी कुनैको संगीतको उत्कृष्ठ,मनोरम स्वर
-लहरीलाइ सुन्छौ। त्यतिबेला त्याँह संगीत् हाम्रो मनको बिषय बन्दछन। अनि सुन्ने समयमा हाम्रो बिषय मन त्याँही संगीत भित्र हराउदछन। यहाँ सुन्नले मनको निरूद्धावस्था भयो। यस्तै प्रकारले जब हामी परमसत्ता,परमपुरूषको ध्यान गर्छौ त्यति बेला हाम्रो मन पनि उनिहरू मै  लाग्दछ। यँही नै सम्यक समाधि हो।


यो अष्टांगिक मार्ग आध्यात्मिक साधकहरूको निमिता जीवनका अति नै आवश्यक अंग हो। यसैले हामीहरूले पनि भगवान बुद्भको यो अष्टांगिक मार्गबाट परम आनन्दको प्राप्त गर्नुको निमिता अष्टाङ विधिको पालन गर्नु अनुकरणीय छ।
हामीहरूले हाम्रो मनमा जहिले पनि यी कुराहरूलार्इ याद राख्नु सक्नु नै बोधिचर्याको मार्गमा लाग्नु हो भन्ने बुझिन्छन।