Pages

Friday, February 12, 2016

बज्रपाणि

ओं बज्र पाणि हुँ"  

हामी सबैले अर्थात बाैद्ध धर्ममा अास्था राख्ने र बाैद्ध गुम्बाहरूमा प्रवेश गरेका जो कोहिले पनि हातमा ब्रज समातेको,उग्र रूप भएको चित्र वा थांक्का बुद्धहरू भएको समिप्यमा र अरू बोधिसत्वहरू सँग सँगै भएको देख्न सकिन्छन। प्राय जसो अक्षोभ्य बुद्ध सँग धेरै ठाउँमा देख्न सकिन्छन। उहाँले नागहरूको गहना लगाएको हुन्छन। साथै हातमा खडग् लिएको उग्र रूपमा देख्न सकिन्छन। ति हुन् बज्रपाणी बोधिसत्व। 
उग्र रूपको अर्थ हो-संसारमा व्याप्त अज्ञानता,लोभ,लालच,भय र अन्य अकुशल कर्महरू प्रति दण्डित र त्रसित गर्नु। बज्रपाणिको त्यो उग्ररूपले त्यसलाइ सम्बोधन गरि रहेको हुन्छन।
अम्बट्ठ सुत्तमा बज्रपाणिको बारेमा यसरी उल्लेख गरिएका छनः "प्रज्वलित फलामको एउटा डल्लो लिइ अम्बष्ठ ब्राम्हणको माथी तिर मडारि रहेको थियो-यदि अम्बष्ठ ब्राम्हणले भगवान बुद्धले तीनपटक सम्मा धर्मपुर्वक सोध्द पनि जवाफ दिएनन् भने यँही नै उनको शीर सात टुक्रा पारिदिन्छु" भने। त्यतिबेला त्यो दृश्य र श्रव्य केबल भगवान बुद्ध र अम्बष्ठ ब्राम्हणले मात्रै देखेको र सुनेको थियो।
उहाँ बज्रपाणीलाइ हामी महायानीहरूले पानीको मुहानहरूमा जस्तै धारा वा कुवाको हिगींमा पनि देख्न सकिन्छन। त्यो हिगीं राख्नुको अर्थ छ। यदि नागहरूले दु.ख दिएमा त्यस्ता ठाउँहरूमा हिगीं राखिन्छन। जहाँ बज्रपाणीको प्रतिमा खडा गरिन्छन। यो प्रचलन अझै पनि हिमाली बाैद्ध महायानी सामुदायमा अझै पनि देखिन्छन र भेटिन्छन।
बज्रपाणी बोधिसत्वलाइ हामी महायानी बाैद्ध धर्मलम्बीहरूले 'नागराजा'को रूपमा पनि पुजा प्रर्थान गर्ने परम्परा छ।
यति मात्रै होइनन्। बज्रपाणिलाइ हामी शक्तिको देवको रूपमा पनि पुजा अराधना गर्ने गरिन्छाै। अाठ अोटा यिदिम माध्येमा उहाँ पनि एक यिदिम देवको रूपमा मान्ने प्रचालन पनि त्यतिकै महायानी बाैद्ध समुदायमा छ।
महायान मातहत बुद्धहरू र बोधिसत्त्वहरूका अस्तित्वमात्र सीमित नभई भृकुटीजस्ता देवी (ताराहरू) पनि महायान शास्त्रीय देवी देवताभित्र समाहित छन।
हिन्दुहरूले पनि बज्रपाणीलाइ भैरबको रूपमा पुजा अराधना गर्ने गरेको भेटिन्छन। काठामाडाै उपत्यका भित्र जति पनि भैरब मन्दिरहरू छन। त्यो सबै बज्रपाणीको मन्दिर हुन।
सबैमा स्मारण रहोसःविश्वापाणी बोधिसत्व हाल तुसितलोकमा विराजमान हुन्नुहुन्छ।र भविष्यमा यसलोकको मैत्रय बुद्ध हुनुहुने छन। विश्वपाणीलाइ नै अार्यअवलोकितेश्वर (च्याङरेसी) भनिन्छन।
बज्रपाणी बोधिसत्व नै कानकमाणि बुद्ध थियो भनिन्छन।

No comments:

Post a Comment