Pages

Monday, August 11, 2014

'डम्फु'


- डम्फु तामाङहरूको मेोलिक संस्कृतिक बाजा हो। यो गोलो हुन्छ। जुन तामाङहरूको चिनारी पनि हो।
जो अम्बुसिं (कोइरालाको काठ),ताङ्गी रा डि ( मृगाको छाला) र बाँस बाट बनाएको हुन्छन। कोइरालाको काठको गोलकार घेरा बनाइ एकपट्टी मात्रै मृगा अथवा बाख्राको छालाले मोडेर छाला र काठको घेरालाइ कस्नको निमिता ३२ वटा बाँसको किलाहरू प्रयोग गरिएक हुन्छन।
तामाङ बोधिसत्व पेङदोर्जेले सेम्जीरूइसाङको निमिता बनाएको डम्फु तामाङ समुदायको निमिता बिधि र निधिको एउटा मेोलिक संस्कृतिक बाजा हो। 
डम्फुको संरचनाले धेरै बिषय बस्तुहरूलाइ सम्बोधन गरिएका हुन्छन। तर, यहाँ समन्यतय डम्फुको घेराले जम्बुलिङलाइ र ३२ वटा किलाहरूले बात्तिस वटै साङगेलाइ सम्बोधन गरेको हुन्छ। साथै डम्फुबाट निस्केका ध्वनीले(संगीत) सम्पुर्ण सत्वहरूलाइ दु.खबाट उन्मुक्तिको निमिता प्रविधानको अाह्वान गर्दछन।
तामाङहरूले डम्फुलाइ हरेक कर्म क्रियाहरूमा उपयोगमा ल्याएको हुन्छन। जसको महत्व तामाङ समुदायमा बिशेष र उच्च छ।
बिशेषत तामाङ समुदाय भित्र लामा, ताम्बा र गान्बालाइ तिन प्रमुखत रूपमा मानिएको हुन्छन। यदि ताम्बाको अगाडी डम्फु छैन भने त्याँह ताम्बाको कुनै अर्थ र महत्व हुदैनन।