Pages

Sunday, August 18, 2013

नारी र शुद्रमा जन्म धारण गर्नु पाप हो हिन्दु संस्कारमा ?

यो हिन्दु समाजको संस्कारमा एक शुद्र भएर र अर्को नारी भएर जन्म लिनु नै दु.खको कुरा हुन। जसले अपहेलित गर्छन, शोषण गर्छन, दमन गर्छन,दण्डित गर्छन, अपमानित गर्छन, विभेद गर्छन..............।

यस्तो संस्कारको शिकारमा परि लाखेो-लाख हिन्दु अहिन्दु महिलाहरूले अकालमा ज्यान गुमाउनु परेका छन,आधा मानव भएर बाँच्नु परेका उदाहरणहरू थुप्रै छन। कस्तो बिडम्बनको संस्कार यो! वेदना दिने असह्य पिडामा बाच्नु पर्ने ?
के यो नारी भएर जन्मनुको परिणाम हो र?
- बिलकुलै होइनन, यो संस्कारले गर्दा माहिला र पुरूष विचको असम्मानता पैदा गरिदिएका हुन जसले एकलाइ सम्मान र अर्कोलाइ अपमान गर्ने घृणित कर्मको भ्रम फैलाएको छ। 

भन्ने नै हो भने 'सनतन धर्ममा' पनि 'जन्मले कोहि ब्राम्हण, क्षेत्री,वैश्य वा शुद्र हुन्न जसको निर्धारण कर्मले गर्ने गर्छन र जन्ममा सबै शुद्र नै हुन्छ' भनेका छन।
"जन्मले सबै शुद्र नै हो"
हिन्दु समाजका संस्कार निर्मात मनु ले जन्मले होइनन जातमा नै वर्गको पहिचान गरिदियो।

जसले गर्दा जातिय विभेदको ठाँउ उत्पति भयो। जहाँ यो निच जात र यो उच्च जात भन्ने संस्कार प्रतिस्थापन भयो। यँही जातिय वर्ग विभाजनले आज भारत र नेपालमा करोडेो-करोड शुद्र भनि मानवले मानव माथी नै पशुलाइ भन्दा पनि तल्लो किसिमको व्यवहार छुवाछुत(अछुत) भन्ने वा गर्ने गरिन्छन।

के यो शुद्र जातिमा जन्म धारण गर्नुको पारिणाम हो र ?
- बिलकुलै होइनन्, यो समाजको संस्कार र मनुबादी ब्राम्हण सिदान्तको परिणाम हुन।

अब यस्तो मानव मानव विचमा असमानताको खाडल पैदा गराउने संस्कारलाइ पुर्णरूपले परिवर्तन गर्दै नयाँ रूपमा मानवतवादी संस्कारको श्रृजना नगरे सम्मा हिन्दु सभ्यता अनि सनतन धर्मले सम्मान पाउने छन।