Pages

Saturday, May 21, 2011

तामाङ जातिको न्वारण देखि वैवाहिक संस्कारहरू सम्मा


१,न्वारन परम्परा:-हरेक जातजातिमा जन्म भएको दिन देखी ३ दिन वा ९ दिन सम्मामा नवजात शिशुको नामकारण गर्ने परम्परा छन। जसलाइ हामी न्वारण भन्ने गरिन्छौ, त्यस्तै हाम्रो तामाङ जातिमा पनि रहेका छन।समय र वाध्यतानुसार न्वारण गर्ने  परम्परा छन।
समयको अभाव वा वाध्यता अनुसार ३ दिनमा पनि न्वारण गर्ने सकिन्छन। तामाङ पराम्परा र लामा विधिनुसार ६ दिनमा छैठ र ९ दिनमा न्वारण गर्ने प्रचलान छन।
हामी तामाङहरू यो कुरामा विश्वास गरिन्छन कि ६ दिनमा हाम्रो भाग्य र कर्म साङगेले लेखिन्छन भन्ने।
कुनै पनि कुलमा नवाजात शिशुको पैदा भयो भने जसलाइ हाम्रो तामाङ पराम्परामा डिपसाङ भन्ने गरिन्छ। यदि डिपसाङ परियो भने कुल भित्रमा कुनै पनि धर्मिक कार्य र वैवाहिक कार्य पनि गर्नु सकिदैन। यस्तै डिपसाङलाइ चोख्याउने कर्मलाइ वा विधिलाइ नै हामी न्वारण वा डिपसाङ भन्ने प्रचलान छन।
न्वारण ९ दिनमा गरियो भने राम्रो हुन्छ भन्ने तामाङहरूको संस्कारिक मान्यता छ। त्याँही दिन नै  नवजात शिशुको नामकांरण गर्ने प्रचचलानहरू छन।

२,पस्मे परम्पराः कुनै पनि शिशुकको उमेर ५ माहिन पुगे पछि त्यस शिशूलाइ भोजन गराउँने पराम्परलाइ हामी तामाङ जातिमा पस्मे भन्ने गरिन्छन। पाश्मेमा पनि लामा गुरूबाट सायद हेर्ने प्रचलान छन। जहाँ कसको हातबाट भोजन गराँउने भनि हेर्ने र हेराउँने प्रचलानहरू यदाकदा भेटिन्छन। प्राय जसो अहिलेको प्रचलाननुसार न्वारणको दिनमै भोजन गराँउने परम्परा छन यदि न्वराणमा भोजन गरियो भने पाश्मे गर्नु जरूरी हुदैनन्।
यदि शायद हेर्नु सम्भव भएनन भने बा अथवा आमाको हातबाट त्यो नवजात शिशूलाइ भोजन गराँउने प्रचलान हाम्रो तामाङ समाजमा यथवात नै छन।
३,छेवार परम्पराः छेवार भन्नाले कुनै पनि बालकको कपाल मुण्डण गर्ने भनि बुझिन्छन, छे भनेको कपाल र वार भनेको मुण्डण भन्ने बुझिन्छन र त्यसलाइ हामी छेवार भन्ने गरिन्छ
यो छेवार पनि ३,५ वा ७ बर्षा भित्र गरिन्छन। हाम्रो तामाङ पराम्परा वा मान्यतमा बेजोडी बर्षामा छेवार गर्नु अशुभ मानिन्छन।
छेवार गर्नलाइ पनि शायद हेर्नु अवाश्यक्त पर्छ जो जन्म मिति र तिथि बमोजिम हाम्रै जातियगत ल्हो खाम र लामाहरूको तिव्टियन पात्रो अनुसार हेर्ने गरिन्छन। जहाँ लामा गुरूहरूबाट कसको हातबाट कपाल मुण्डण गर्ने, कति समय र पलमा कपाल मुण्डण गर्ने भनि मुण्डण गर्ने र गराउँने दुबै जनाको जन्म मिति र तिथि बमोजिम हेर्ने गरिन्छन प्राय जसो यस्तो कार्यमा मामाहरूलाइ नै गराँउने र जुराउने प्रयास गरिन्छन।
कपाल मुण्डण पछि बा माको हातबाट टिका राखेरा अभिषेक दिइन्नछन र त्यसपछि मामाको हातबाट टिका पगरी  लगाइन्छन अभिषेक दिइन्छन र क्रमश दाजुभाइको हातबाट पनि टिका लगाइन्छन त्यसलाइ नै हामी छेवार भन्ने गरिन्छ
४,विवाह परम्पराः एउटा स्त्री र पुरूष विचको जिवनको सम्बन्धलाइ नै बैवाहिक सम्बन्ध भनिन्छ, हामी तामाङहरूको वैवाहिक प्रकृया २ किसिमबाट गर्ने प्रचालनहरू थियो विगतका दिनहरूमा तर वर्तमान परिवर्तन र युग परिवर्तनमा क्रमश परिवर्तनका खुडकिलाहरू पर गरिसकेको जस्तो मलाइ लाग्छ।
१,सालसिङ विवाहः घर परिवारको सल्लाहले मागेर गरिने विवाहलाइ सालसिङ विवाह भनिन्छ
२,बलसिङ विवाहः जबर्जस्तीसंग तानेर गरिने विवाहलाइ हाम्रो तामाङ परम्परामा बलसिङ विवाह भनिन्छ। जो विगतका दिनहरूमा तामाङ समाजमा चलिएका थियो तर हाल यस्तो विवाह गैरकानुनी हो।
उपरोक्त विवाहमा तामाङजातिमा जम्मै भन्दा अगाडी सोधानी डालो भन्ने हुन्छन त्यसपछि  ४ डालो देखि लिएर ९ डालो सम्मा लाने परम्परा छन, जो केटी पक्षको माइतीहरूको मागनुसार दिनु पर्ने हुदो रहेछन।
त्यसपछि मात्र ढोगभेट हुने परम्परा तामाङ सामाज भित्र देखिन्छन भेटिन्छन।
ढोगभेट भन्नाले केटी पक्षका नातेदारहरूलाइ परिचय गराउने हो भन्ने बुझिन्छन जहाः केटीले फ्नो नातेदारहरूलाइ ढोग गर्दै जान्छन र केटाले केटीको पछि पछि ढोग गर्दै जान्छन साथै साम्धी साम्धी बिचमा शिर जोडी जोडी ढोग गरिन्छन यसलाइ नै ढोगभेट भनिन्छन। हाम्रो तामाङ सामाजमा बाँह जोडी मित र शिर जोडेको साम्धी भन्ने कथन अझै कतै कतै पनि पाइन्छन।
ठदामः हामी तामाङ जातिवशेष ठदाम भनेको माको दुधैली पैसा हो भन्ने बुझिन्छन जो पुरानो प्रचलाननुसरा मालाइ ठ पैसा राखि पाउमा ढोग्ने परम्परालाइ नै ठदाम हो भन्ने बुझिन्छन भने बाबुलाइ चाँही सागुन राखि ढोगिन्छन।
चारदामः भनेको चाँही केटा र केटी पक्षका गान्बाहरू बासिन्छन र फ्नो  फ्नो कुलहरूलाइ छोत्पा गरिन्छन जसलाइ हामी सगुनछोत्पा पनि भन्ने गरिन्छ जहाँ सगुनहरू दुबै पक्षका गान्बाहरूमा दूइ दूइ वटा सगुनहरू राखिन्छन त्यसपछि सगुन छोत्सी गरिन्छन।


ह्याङला ह्युलसा

नाम्सा ग्याम्सा ऒ ज्योजो आले, नाना आङ्
गान्बा, ताम्बा डेन मुला!
को-को मेन्दो शुतोजी बूकी मेन्दो शुतोजी
तामाङ जमाह्नन् छर्तोजी।।

ह्याङलान सलिङ्, ह्याङलान धीम्
चु-नुन हिँन्ना ताम्सालिङ् छर्ना लागे ताम्सालिङ्
ह्याङलान सालिङ् नाम्सा री
को-को मेन्दो छर्तोजी, बूकी मेन्दो छर्तोजी।।

लोछार ह्याङला छोर्नालाई
डन्शी सेमताम लासीनाम
तोर तोर थिसी बोर्तोजी।।

ज्यार्दी ग्यागर मान्बला
ह्याङसे म्लेसीनितोजी
तामाङ ज्योजो ऒ आले
नाना आङ गीकनुन तासी ब्रातोजी।।

ह्याङला सलिङ् ह्याङला धीम
ताल्चा साचो थे ज्यार्दीला या रि चिम
ब्यान्दोजी ब्यान्दोजी! छोर्तोजी छोर्तोजी।

ऒ ज्योजो आले, नाना आङ
ह्याङलान कैरान गोतोजी
डम्फु टुङना राब्तोजी ।।

नाम्सा गाङसा छिङदोजी
ज्यार्दीला शासन प्लिङतोजी
ह्याङलान ह्युलसा स्याङतोजी।।