Pages

Monday, March 14, 2016

गुरू रिम्बोर्छे अर्थात गुरू पद्मसंभव

'ओं आ: हूँ वज्रगुरु पद्म सिद्धि हूँ' ***___/|\___***
पद्मसंभव अर्थात तिब्बती भाषामा गुरू रिम्पोर्छ भनिन्छन। यहाँ, तिब्बती भाषामा 'पद्म जुड' भनेको कमलबाट उत्पन्न भएको र 'लोब् पोन' भन्नाले अार्चाय भन्ने बुझिन्छन्। त्यसैले उहाँको नाम गुरू रिम्पोर्छे प्रचलित रहन गएको हो।
त्यस्तै उहाँलाइ 'सरोहरूवज्र' 'शान्तरक्षित',रौद्रवज्रविक्रम' 'शाक्यसिंह' अादि अनेकन नामबाट पनि सम्मान र अादर गर्ने गरिन्छन।
पद्मसंभव बाैद्धचार्यको उत्पति अाठाै शतब्दीमा बाैद्ध परम्परा अनुसार पद्मसंभवको उत्पति अोडियान( वर्तमान पाकिस्तानको स्वात प्रदेशमा) भएको हो भनेर भन्ने गरिन्छन।
जहाँ त्यतिबेला इन्द्रभूति नाम गरेको राजाले राज्य चलाउथे। उहाँको कैयाै रानीहरू थियो। तापनि उहाँ नि-सन्तान थियो। उहाँले सन्तान प्राप्तीको निमिता भनि महादान समेत गर्नु भएको थियो। त्यस्तैमा एक समय उहाँ अाफ्नो इच्छा स्वर्णदिपमा रहेको नागकन्याबाट चिन्तामणि प्राप्त गरी महासमुन्द्रको यात्राबाट फर्कदै हुनुहुन्थ्यो। त्याँही समयमा कमलको फूल माथी लगभग अाठ बर्षा जतिको एउटा बालकलाइ देख्नु भो र उहाँले ति बालकलाइ अाफु सँगै लिएर अाउनु भयो। त्यतिमात्रै होइनन्। ति बालकलाइ अाफ्नो सन्तान र उत्तराधिकारीको रूपमा स्वीकार गरी राज्यअभभिषेक दिइ ति बालकलाइ ''सरोहरूवज्र'' नाम दिएर राजपुत्रको सम्मानमा राखेको थियो।
तर, राज्य प्रति उहाँको कुनै पनि रूचि नै थिएनन्। होस पनि कसरी? उहाँको उत्पति नै राजा बन्न भएको थिएनन्। त्याँही अरूचीको कारण उहाँले खट्वाङ्ग र त्रिशुल साथै मानव अस्थीको माला धारण गरी व्रताचरणको अारम्भ गर्नु भयो। त्यस्तैमा एकदिन नृत्य गरिरहेको बेला राज्यको एक मन्त्रीको छोराको उहाँको खट्वाङ्गले लागि मृत्यु भयो। त्यस घटना पछि उहाँलाइ त्यो घटनाको दण्डस्वरूप राजदरबारबाट नै निष्कासित गरिदिए।
त्यसपछि उहाँ जे को लागि यो संसारमा उत्पन्न भएको थियो। त्यो यात्राको तय भयो। दरबारबाट निष्काषित भएपछि उहाँ दरबार देखि दक्षिण दिशामा रहेको शीतवन नाम गरेको मासनघाटमा बस्न पुग्नु भयो। त्यो मसानघाटमा बस्नु हुदाँ उहाँले मन्त्रचार्यको बलमा कर्म-डाकिनिहरूलाइ अाफ्नो वशमा लिनुभयो। र, त्याँह- उहाँलाइ 'शान्तिरक्षित' नाम दियो।
त्यसपछि उहाँ त्याँहबाट जहोर प्रदेशको अानन्दवन नाम गरेको मसानघाटमा सर्नु भयो। जहाँ विशिष्ट चर्याको पालना गर्ने हुनाले डाकिनी मारजिताबाट समेत अभिषेक र अधिष्ठित हुनुभयो। त्यस पछि उहाँ त्यो द्वीपमा जानु भयो। जहाँ उहाँ उत्पन्न भएको थियो। त्याँह उहाँले डाकिनीको संकेत अनुसार गृह्यतन्त्रको साधना गर्नु थाल्नु भयो र त्यसको केहि समय पति प्रत्यक्ष वज्रवाराहीको दर्शन पाउनु सफल भयो। त्याँह नै उहाँले समन्द्रीय डाकिनीहरूलाइ समेत अाफ्नो बशमा लिनु भयो र अाकाशिय ग्रहहरू माथी समेत अधिकार प्राप्त् पनि सफल हुनु भयो। त्याहँ डाकिनीहरूले उहाँको नाम "राैद्रवज्रविक्रम" राख्नु भो।
एक दिन उहाँको मनमा भारतीय अार्चायहरूबाट बाैद्ध्र एवं बाैद्धतर शास्त्रको अध्ययन गर्ने प्रवल इच्छा उत्पन्न भयो।र, जहोर प्रदेशको भिक्षु शाक्यमुनिसँग अार्चाय प्रहित भएको ठाउँमा उहाँ पुग्नु भयो। त्याँह नै उहाँले प्रव्रज्या ग्रहण गर्नभएको थियो।उहाँको नाम त्याहँ "शाक्यसिहं" राखेको थियो।
त्यसपछि उहाँ मलय पर्वतमा बस्नु भएको अार्चाय मञ्जुश्रीमित्र कहाँ जानु भयो।त्याँहबाट उहाँलाइ फेरी भिक्षुणी अानन्दी कहाँ पठाउनु भयो।र, भिक्षुणी अानन्दीले उहाँलाइ अनेकन अभिषेकहरू प्रदान गर्नुभएको थियो।
भिक्षुणी अानन्दीको सन्निध्यमा उहाँले अायुर्विदय एवं महामुद्रामा अधिकार प्राप्त् गर्नु भयो। त्यस्तै अन्य अार्चायहरूबाट व्रज्रकिलाविधि,पद्मवाग्विधि, शान्त-क्रोध माया धर्म र उग्रमन्त्रहरूको शिक्षाहरू लिनु भयो।
उहाँ फेरी जहोर प्रदेशमा फर्कनु भयो र त्याँहको राजकुमारीलाइ अाफ्नो बशमा लिएर पोतलक पर्वतमा जानुभयो। त्यो पर्वतको गुफामा उहाँले अपारिमितायु मण्डलको प्रत्यक्ष दर्शन गरी अायुः साधनाको तीन महिना सम्मा साधना गर्नुभयो। तीन महिनाको साधना पछि प्रत्यक्ष वैरोचन र अमितायु बुद्धको पनि साक्षात् दर्शन पाउनु भयो।
त्यसपछि फेरी उहाँ जहोर र अोडियानमा फर्कनु भयो र त्यस प्रदेशका बासिन्दलाइ सद्धर्ममा प्रतिष्ठित गर्नुभयो।त्यस्तै अनैकाै तैर्थिक मत भएकाहरूलाइ उहाँले त्यस प्रदेशमा शास्त्रार्थ परास्त गर्नु भएको थियो।
त्यस पछि उहाँले नेपालमा महामुद्रा साधना गर्नु भयो।अनि ज्ञान पनि प्राप्त् गर्नु भयो।
परंम्परा अनुसार पद्मसंभव तांत्रिक विद्याको लागि अति नै विख्यात हुनुहुन्थ्यो। उहाँ, तान्त्रिक मात्रै नभएर योगाचारमा पनि सिद्धी प्राप्त गर्नु भएको महान गुरू हुनु हुन्थ्यो।
त्यसैले उहाँलाइ तिब्बतका राजा ठीसोङ् देचन् ले तिब्बतमा अामन्त्रित गर्नु भएको थियो।
अार्चाय शान्तिरक्षितले त्यतिबेला ल्हासामा समयस नामको गुम्बा निर्माणको थालनी गर्नु भएको थियो। त्यतिबेला दुष्ट शक्तिहरूले अवरोध खडा गरेको थियो। र, गुम्बा जति पनि दिनमा निर्माण हुन्थे,राती त्याँह जतिसुकै सैनिक खडा गरेर रक्षा गर्छु भने पनि दुष्ट शक्तिले ध्वस्त बनाइ दिन्थे। जति सुकै विधि अपनाए पनि गुम्बा दिनमा निमार्ण भए पनि रातीमा दुष्ट शक्तिले ध्वस्त बनाउने गरि रहन्थे। त्यसैले शान्तिरक्षित अार्चायले भारतबाट गुरू पंदमसंभवलाइ बोलाउनुको निमिता राजा ठिसोङ् देचनलाइ अाग्रह गरेको थियो। त्याँही अाग्रहलाइ राजाले स्वीकार गरि राजाले गुरू पंद्मसंभवलाइ निमन्त्रणको निमिता अाफ्नो दुत पठाएको थियो। जहाँ उहाँले तन्त्र-मन्त्रबाट त्याँहको दुष्ट शक्तिलाइ दमन गरि भगाएको थियो। गुम्बा निर्माण प्रकृिया पुरा नहुन्जेल सम्मा गुरू पद्मसंभव त्याँही स्थानमा बस्नु भएको थियो।
तिब्बतमा बाैद्ध धर्म प्रतिष्ठित गर्नमा गुरू पद्मसभवको ठुलो योगदान रहेको छन।उहाँ भन्दा अगाडी नै तिब्बतमा बाैद्ध धर्म प्रतिष्ठित गर्नको लागि त्याँहका राजा ठिसोङ् देचनले भारतिय बाैद्ध अार्चाय शान्तिरक्षितलाइ त्याँह अामन्त्रण गरी लगिएको थियो। तर,बाैद्ध धर्मको प्रचार-प्रसार गरेता पनि गुरू पद्मसंभवको सहयोग बिना त्यो सफल भएको थिएनन्। गुरू पद्मसंभवको ऋद्धि बलले नै त्याँहको राक्षस,भुतप्रेत र पिशाच अादि दुष्ट शाक्तिहरूले तिब्बत छोडन परेको र त्याँहबाट चामर द्वीवमा जानु परेको कथन छ।
तिब्बत र नेपालमा अाज पनि गुरू रिम्पोर्छेको शिष्य परम्परा कायम छन। जो समस्त हिमाली क्षेत्रमा फैलिएका छन। उहाँको बिजमन्त्र 'ओं आ: हूँ वज्रगुरु पद्म सिद्धि हूँ' को जप गर्नुमा बाैद्धधर्मलम्बीहरू अाफ्नो र जगतको कल्याण हो भन्ने ठान्छन्। अवलोकितेश्वरको बीजमन्त्र 'ओं मणि मद्मे हूँ' पछि महायानीहरूले सर्वाधिक जप गर्ने मन्त्रमा यो मन्त्र पर्छ। प्रत्येक महिनाको दशमी तिथिमा गुरू पद्मसंभवको विशेष पुजा अराधना बाैद्ध गुम्बाहरूमा गर्ने गरिन्छन। यसको त्यो महत्व हो कि, गुरू पद्मसंभवले दशमी तिथिमा साक्षात् दर्शन दिन्छ भन्ने मान्यता रहेको छ। साथै उहाँले पनि तिब्बतमा जानु भइ अमानुषी दुष्ट शक्तिलाइ दमन गरी 'समयस्' गुम्बाको निमार्ण कार्य सम्पन्न भएको समयमा भन्नु भएको थियो किः "चारै दिशमा धर्म विनित गर्नको निमिता प्रत्येक महिनाको दशमी तिथिमा म प्रत्यक्ष दर्शन दिने छु।"

Wednesday, March 2, 2016

त्रैविद्धसुत्र

बुद्ध धर्म वैज्ञानिक धर्म हो। बुद्ध धर्म सैदान्तिक सुत्रमा अाधारित गणतिय धर्म पनि हो। यो धर्म अन्धाविश्वास प्रति विश्वास गर्दैनन्। साथै प्रमाण र अाधारको अाधारमा यो धर्म अाधारित छन। साथै यो धर्मले अ-प्रमाणिकताको अाधारमा अाधारित कुराहरूलाइ अस्वीकार गर्छन। अाउनुहोसः बुद्ध कालिन समयमा घटेको एउटा घटनाको बारेमा बुझाै र मनन् गराैः-
-"त्यो बेला भगवान बुद्ध पाँच सय भिक्षुहरूका साथमा कोशल राज्यमा चरिका गर्दे मनसाकट भन्ने कोशल ब्राम्हणहरूको गाउँमा पुग्नु भएको थियो। भगवान बुद्ध मनसाकटको उत्तरपट्टिको अचिरवती नदीको किनारको अम्रवानमा बस्नु भएको थियो। 
त्यतिबखत धेरै नै नामुद धनीकुल(महाशाल) का ब्राम्हणहरू मनसाकटमा बसेका थिएँ। तिनीहरूका नाम चाङ्गी,तारूक्ष,पुस्कारसाती,जानुस्रोणी र तोदथ्य ब्राम्हण साथै अन्य धेरै धनी कुलका ब्राम्हणहरू थियो। तिनीहरूलाइ त्रैविद्य ब्राम्हण भन्थे।
त्यतिबेला वाशिष्ट र भारद्रवाज माणवहरूमा बिचमा यस्तो कुरा भयो र वाशिष्ट माणवले भनेः "यँही सोजो मार्ग हो,यो मार्गले नै ब्रम्हा कहाँ पुर्र्याउँछन र यँही मार्गले नै ब्रम्हा सहबासमा पनि पुर्र्याउछन। जुन पुष्करसाती ब्राम्हणले बताएका छन।" 
फेरी भारद्वाज माणवले भनेः "होइनन्, त्यो मार्ग सोजो मार्ग हो, त्याँही मार्गले ब्रम्हा कँहा पुर्र्याउने छ र त्याँहीमा ब्रम्हा सहबासमा पुग्ने छन। जुन मार्ग तारूक्ष ब्राम्हणले बताएका छन।"
यहाँ दुवै जनाको कुरा नमिले पछि वाशिष्ट ले भारद्वाज माणवलाइ भनेः " हे भारद्वाज ! यति बेला भगवान बुद्ध मनसाकटको उत्तरपट्टि अचिरवती नदीको किनारको अाम्रवानमा बस्नु भएको छन। उहाँको यस्तो कल्याण किर्ति फैलिएका छ- 'उहाँ भगवान अरहत् सम्यक् सम्मबुद्ध हुनुहुन्छ।' अब हामी त्याँह जाअाै र यो कुराहरूको बिषयमा उहाँ सँग नै सोधाैं। उहाँले जे भन्नुहुन्छ त्यो नै स्वीकार गराै।"
भारद्वाज माणवले हुन्छ भनि वाशिष्ट माणवको कुरा स्वीकार गरे।
अनि दुवै जना भगवान बुद्ध कहाँ पुगे। दुवै जनाले भगवानको दर्शन गरे पछि एक छेउमा बसे र वाशिष्ट माणवले भगवान सँग त्यो कुरा राख्योः"भगवान ! 'मैले जुन पुष्करसाती ब्राम्हणले बताएको मार्ग नै सोजो मार्ग हो। त्याँही मार्गले ब्रम्हा कहाँ पुर्र्याउँछन। र ब्रम्हा सहबासमा पुर्र्याउँछन भने।' त्यस्तै भारद्वाज माणवले भन्नु भो कि, 'जुन मार्ग तारूक्ष ब्राम्हणले बताउँनु भएको छः त्यो मार्ग नै सोजो मार्ग हो।त्याँही मार्गले ब्रम्हा कहाँ पुर्र्याउँछन। र ब्रम्हा सहबासमा पुर्र्याउँछन।' यस विषयमा हाम्रो बिचमा बिग्रह,विवाद र नानाबाद भएको छ।" 
भगवान ! हामीलाइ कुन मार्ग सोजो,कुन मार्गले ब्रम्हा कँहा पुर्र्याउँछन र कुन मार्गले ब्रम्हासहबास गराउँछन?
भगवान बुद्धः "हे वाशिष्ट! यँही मार्ग सोजो छ। यँही मार्गले त्याँह ब्रम्हा कहाँ पुर्र्याउँछ। र, यँही मार्गले ब्रम्हासहबासमा पनि पुर्र्याउँन सक्छ। जुन मार्ग पुष्कारसाती ब्राम्हणले बताएका छन। र, त्यस्तै तारूक्ष ब्राम्हणले बताएको मार्गमा तिमीको विचमा केमा विग्रह,विवाद र नानाबाद भयो त ?"
''भो भगवान ! मार्ग र अमार्गको बारेमा। जस्तै एेेत्तरिय,तित्तिरिय,छन्दोग र बह्वरिज्झ ब्राम्हणहरू थरी-थरीका साधन(मार्ग) बताउँछन। तापनि ति सबै मार्गले त्याँही ब्रम्हाकहाँ पुर्र्याउँछन र ब्रम्हासहबासमा पुर्र्याइ दिन्छन।जस्तै कुनै गाउँ वा निगमको नजिक धेरै थरीका बाटो भएर पनि ति सबै बाटोले सोही गाउँ वा निगमा पुर्र्याइ दिन्छन। ति सबै ब्राम्हणले बताएको मार्गले पनि ब्रम्हासहबास मै पुर्र्याइ दिन्छन।"
भगवान बुद्धः "हे वाशिष्ट ! पर्र्याउँछ भन्छाै त ?"
वाशिष्टः "भो भगवान ! हो, पुर्र्याउँछ भन्छ।"
भगवान बुद्धः "हे वाशिष्ट ! साँच्चै पुर्र्याउँछ भन्छ त ?"
वाशिष्टः "हो, साँच्चै पुर्र्याउँछ भन्छ भगवान !"
भगवान बुद्धः "हे वाशिष्ट ! के ति त्रैविद्य ब्राम्हणहरूका बीचबाट ब्रम्हालाइ कसैको अाँखाले देखेका वा साक्षात्कार गरेका कुनै ब्राम्हण छन त ?"
वाशिष्टः "भो भगवान ! छैन।"
भगवान बुद्धः "हे वाशिष्ट ! त्रैविद्य ब्राम्हणहरूका सातपुस्ता सम्माका कुनै अार्चाय महायुगलका बिचबाट ब्रम्हालाइ अाफ्नै अाँखाले देखेका वा साक्षात्कार गरेका कुनै ब्राम्हण छ त ?"
་वाशिष्टः "भो भगवान ! छैन।"
भगवान बुद्धः "हे वाशिष्ट ! के त्रैविद्य ब्राम्हणहरूका पुर्वाज ऋषि मन्त्रकर्ता र मन्त्र प्रर्वतक ऋषिहरू जो थिए। तिनीहरूकै पुराना मन्त्रपद,गीत प्रोत र संहिताहरूलाइ यो हालको अष्टक,वामक,वामदेव,विश्वमित्र,यमदग्नी,अग्नीरस,भारद्वाज,वाशिष्ट,कश्यप र भुगु अादि ब्राम्हणहरू सोहि अनुगायन,अनुभाषण र अनुवाचन गर्दछ। उनीहरूले भनेको छन कि, हामीले जानेको छाै। हामीले देखेको छाै। कहाँ ब्रम्हा छन। र, कुन ठाउँमा ब्रम्हा छ?"
वाशिष्टः "भो भगवान ! छैन।"
भगवान बुद्धः "हे वाशिष्ट! त्यस्तो भए त्रैविद्य ब्राम्हणहरूका बिचबाट एक जना ब्राम्हणले पनि ब्रम्हालाइ अाफ्नै अाँखाले साक्षात्कार गरेको रहेनछ। एक जना अार्चार्यले पनि अाफ्नै अाँखाले साक्षात्कार गरेको रहेनछ्। र एक जना सातपुस्ता सम्माका ब्राम्हण अाचार्यले पनि ब्रम्हालाइ अाफ्नै अाँखाले साक्षात्कार गर्न सकेको रहेनछ्न। यस्तो हुदाँ त्रैविद्या ब्राम्हणहरूले भनेको कुराहरू सबै अ-प्रमाणिकता पुगेको सिद्ध हुन्छ।"
" हे वाशिष्ट ! त्रैविद्य ब्राम्हणहरू जसले जानेको छैनन्। जसले देखेको छैनन्। तैपनि यँही मार्ग सोजो हो। यँही मार्गले त्याँह पुर्र्याउँछ। र, यँही मार्गले ब्रम्हासहबासमा पनि पुर्र्याउँछ भनि उपदेश दिनु गलत हो। जस्तो कि, अन्धुवेणु परम्पराका मानिस माध्येबाट न अघिल्लोले देख्छ। न माझकोले देख्छ। र न पछिल्लोले देख्छ। त्रैविद्य ब्राम्हणहरूको भनाइ पनि त्यस्तै छ।"