Pages

Wednesday, August 8, 2012

परमपावन दलाइ लामा



तेन्जिन ग्यात्सो अर्थात चौधौ दलाई लामा तिब्बतको राष्ट्रध्यक्ष
तथा आध्यात्मिक गुरू हुन। 
उहाँको जन्म सन १९३५, जुलाई ६ मा उत्तर-पूर्वी तिब्बतको 
ताकस्तेर क्षेत्रमा बसोबास गर्ने सधारण परिवारमा भएको थियो। 
२ बर्षा मै उहाँको पहिचान भयो कि तेह्रौ दलाई लामा थुबतेन
ग्यात्सो लामाको अवतार हो भनि। 
दलाई लामा मंगोललियाई पादवी हुन। 
जसको अर्थ हो, ज्ञानको महासागर 
साथै दलाई लामाको बंशज करूणा र 
अवलोकितेश्वर बोधिसत्वको गुणको साक्षात रूप मान्ने प्रचलन
पनि रहिएको पाइन्छन।


बोधिसत्व यस्तो एउटा ज्ञानी मान्छेहरू हुने गर्छन। जसले आफ्नो निर्वाणलाइ कटाउदै मानवताको रक्षाको निमिता पुनर्जन्म लिने निर्णय गर्दछन। यसैले हामी  सम्मान गर्दै परमपावन भनि सम्बोधन गर्ने गरिन्छौ।


हिन्दु धर्ममा जसरी श्रीराम र श्रीकृष्णलाइ भगवान बिष्णुको अवतार मान्ने गरिन्छन। त्यस्तै प्रकारले तिब्बतमा पनि दलाई लामालाई अवलोकितेश्वर भगवान बुद्धको अवतार मान्ने गर्दछन। यस्तो मान्यता पनि छन कि तिब्बतमा भगवान बुद्ध पछि बर्तमान दलाइ लामा बुद्धको चौहत्तरौ अवतार र चौधौ दलाइ लामा हो भन्ने गर्दछन।
प्रथम दलाइ लामाको जन्म १३५१ मा भएको थियो भने तेह्रौ दलाइ लामाको देहावसन १९३३मा भएको थियो । उहाँको अवतरण वा पुनर्जन्म तिब्बतको अमोदो प्रन्तमा बर्तमान चौधौ दलाइ लामाको रूपमा भएको छ।
तिब्बत बौद्ध
- धर्म कर्म-विपाक सिदान्तलाइ मान्ने गर्दछन। सामान्य मनुष्यहरूको यँही जन्मको कर्मनुसार नै मृत्यु पश्चाताप अर्को जन्म मिल्छ भन्ने सिदान्त रहेको हुन्छ।
तर दलाइ लामाले आफ्नो भावी जन्मको बारेमा स्वेच्छाले निर्णय गर्न सकिन्छन । उहाँले लोक कल्याणको लागि नै जन्म लिने गर्दछन।
दलाइ लामाको  मुत्युको २ बर्षा पछिमात्र अर्को दलाइ लामाको पुनर्जन्म कहाँ  भयो भनि खोज्ने परम्परा चलिआएका छन।
 यसको लागि केहि संकेतहरू स्वंय दलाइ लामाले नै आफ्नो मृत्यु भन्दा पुर्वमा, आफ्नो पुर्व सहयोगीहरूलाइ दिने गर्दछन। यसैको आधारमा नयाँ दलाइ लामाको खोजी गर्ने प्रचलन रहेको छ।
वर्तमान दलाइ लामालाइ पनि यस्तै आधारको आधारमा खोजि भएको थियो। उहाँको बचपनको नाम ल्हामो थोडुप थियो। जसको तिब्बती अर्थ हो
मनोकामना पुरा गर्ने माता
दलाइ लामा हो भन्ने पहिचान भए पश्चाताप दलाइ लामालाइ ल्हासाको पोटाला दरबारमा  ल्याएर बौद्ध धर्म र दर्शनको बारेमा शिक्षा दिएको थियो। चिन्तन,अध्ययान, स्वाध्याय,योगसान,ध्यान धारण आदिमा निष्णात हुनु र तत्वज्ञानमा शास्त्रार्थमा प्रविण हुनु पनि दलाइ लामाको लागि अनिवार्यता हुन्छ।

बर्षो बर्षा सम्मको साधना र तपस्या  पछि मात्र  दलाइ लामाको पदमा विधिवात रूपमा अधिष्ठित गर्ने परम्परा रहेको छ। तिब्बत शतब्दीऔ सम्म स्वतन्त्र देश थियो। तिब्बतको प्रथम राजा मगध देश हाल भारतमा पर्ने देशको एक राजकुमार थियो भन्ने गर्दछन। केही बर्षा सम्मा उहाँ राजतन्त्र रहेको थियो भन्ने कथाहरू भेटिन्छन।
यहाँ दलाइ लामाको सरल व्यक्तित्व यो छ कि उहाँले आफुलाइ तिब्बत गेलुग परिवार वा बौद्ध धर्ममा मात्र सिमित नराखेर सम्पुर्ण विश्वको लागि महान गुरू बन्नु भएको छ।
१९४९ मा चीनले तिब्बत माथी गरिएको हमाला पछि १९५९ मा जवहरलाल नेहरूको सहयोगमा दलाइ लामा साथै लाखौ तिब्बतीहरूले भारतको हिमाचल धर्मशालामा निर्वासित छन। त्याँह नै दलाइ लामाको नेतृत्वमा निर्वासित तिब्बत  सरकारको गठन गरिएको छ ।
अहिले पनि दलाइ लामाकै नेतृत्वमा तिब्बत माथी भएको चीन सरकारको  दमनको बिरूद्धमा शान्तिपुर्ण अन्दोलन गर्दै आइरहेको छन। उहाँले अस्सीको दशकमा तिब्बतमा भएको चीनको कब्जबाट उतपन्न हुने सक्ने खराब स्थितिको लागि
शान्तिको लागि शान्ति योजना पनि प्रस्तुत गर्नु भएको थियो।
१९८९ मा दलाइ लामालाइ बिश्व शान्ति नोबल पुरस्कारबाट समेत सम्मानित हुनुभएको छन।
चीनले दलाइ लामाको बिरूद्धमा जस्तो सुकै प्रचार प्रसार र धाक धम्की दिए पनि बिभिन्न मुलुकहरूले आ
-आफ्नो देशको बिशिष्ट नागरिक उपाधि दिदै दलाइ लामालाइ सम्मान गरिरहेका छन।  उहाँले यस्तो उपाधीहरू धैरे मुलुकबाट प्राप्त गरिसकेका छन। भारत र अमेरिक बाहेकका अन्य बिभिन्न राष्ट्रहरूको बिश्व विधालयमा उहाँलाइ प्रवचनको लागि निम्तो मिल्ने गर्दछन। आफ्नो शान्ती मुस्कानको लागि निकै प्रसिद्ध दलाइ लामाले ५० भन्दा पनि बढी पुस्तकहरू समेत लेख्नु भएको छन।   

No comments:

Post a Comment