Pages

Sunday, September 16, 2012

"भगवान बुद्धले जन्मने बितिकै भविष्यको बारेमा बताउँनु भएका ६ कुराहरू"


श्र्वेतकेतु बोधिसत्वले नै भगवान बुद्धको रूपमा मायादेवीको कोखमा जन्म लिनु भएको थियो।
वहाँले आमाको दायाँ कोख बाट स्मृति संप्रजन्यले युक्त भएर गर्भ मलरहित भई जन्मनु भएको थियो भन्ने कथा भेटिन्छन।
वहाँ जन्मनु हुदाँ कसैले पनि वहाँलाई हातले समतेको थिएनन आफै पृथ्वीमा टेक्नु भएको थियो। वहाँले जहाँ निर पहिलो पाईला राख्नु भएको थियो त्यो स्थानमा ठुलो कमल उतपन्न पनि भएको थियो।
त्यतिबेला नन्द र उपनन्द नाम गरेका दुई नागराजहरूले सुक्ष्म जलधारा बर्षा गरी वहाँलाई स्नान गराई दिनु भएको थियो।
जन्मनै बितिकै भगवान बुद्धले भविष्यको बारेमा निम्ना छ कुराहरू अवगत गराउँनु भएको थियो ।
१, पुर्व दिशा तर्फ सात पाईला हिडेर यस्तो भन्नु भएको थियोः "पुर्वङ्गमो भविष्यामि सर्वेषां कुशल मुलानां धर्माणाम्”
अर्थात, सबै कुशलमुल हुने माध्ये पहिलो हुनेछु।
यो नै वहाँको पहिलो वचन हुन।
२, दक्षिण दिशा तर्फ फर्कि सात पाईला हिडेर यस्तो भन्नु भएको थियो: “दक्षिणीये भविष्यामी देव मनुष्यानाम्”
अर्थात, देव र मनुष्यले दक्षिणा दिन योग्य हुनेछु।
यो उहाँको दोस्रो वचन थियो।
३, पश्चिम दिशा तर्फ सात पाईला अघि बढ्दै यस्तो भन्नु भएको थियोः “अंह लोके जेष्ठ,श्रेष्ठ इयम मे पश्चिमाजाति,करिष्यामि जाति, जरमारणस्यान्तम”
अर्थात, म लोकमा जेठो र श्रेष्ठ हुँ, यो मेरो पछिल्लो जन्म हो। म जाती, जरामरण , दु.खलाई अन्त गर्ने छु।
यो उहाँको तेस्रो वचन थियो।
४, उत्तर दिशा तर्फ फर्की सात पाईला सर्नु भयो र यस्तो भन्नु भएको थियोः "अनुत्तरो भविष्यामि सर्वसत्वानाम्"
अर्थात, सबै प्राणी भन्दा म उत्तम हुने छु।
यो उहाँको चौथो वचन थियो।
५, तलतिर हेर्दै सात पाईला सर्नु भयो र फेरी यस्तो भन्नु भएको थियोः “निहनिष्यामि मारं च मार सेनां च, सर्वे नेरविकानाम् च निर्याकिनप्रतिधाताप सह धर्ममेघ बृष्टि बर्षविष्यामि येनते सुखसमर्पति भविष्याति”
अर्थात, मार र मारसेनालाई हटाउँने छु, नर्कमा परेका व्यक्तिहरूको दु.खलाई हटाउनु धर्ममेघले बर्षा गर्ने छु। जसबाट उनीहरू सु.खी होउन।
यो उहाँको पांचौ वचन थियो।
६, अनि फेरी माथी तिर हेर्दै सातपाइला सर्नु भयो र यस्तो भन्नु भएको थियोः "उल्लोकनियो भविष्यामि र्वसत्वानाम्"
अर्थात, सबै प्राणीहरूले उत्साह पूर्वक हेर्नु योग्य बन्नेछु।
यसरी उहाँले छेठौ वचन बोल्नु भएको थियो।

No comments:

Post a Comment