Pages

Saturday, July 28, 2012

"धर्म"

रिस, राग,ईष्या,वैमनस्यत
सब पाप हो
लोभ,मोह,घृणा,चुक्ली 
सब नाश हो
कामवासन, कामराग, वेदना 
सब ह्रास हो
छैन यहाँ, कतै सु.ख, दु.खै दुखको 
छ संसार
खोज यहाँ तिमी दु.खको निरोध, 
हैन सुख 
खोलीपारी तरि जाने खोज
यहाँ साँघु

ईष्या,रिस,राग,वैमनस्यता गर्दै खोज्छौ
तिमी यहाँ सु.ख
लोभ,मोह,घृणा,चुक्ली गर्दै खोज्छौ
तिमी यहाँ आनन्द
कहाँ देख्छौ यहाँ सुख
कहाँ भेटछौ यहाँ आनन्द
सब मेटी लागउँ मन शुन्यतामा
अनि मिल्छ यहाँ सु.ख आनन्द।

अकुशल कर्म गर्दै कति खोज्छौ
तिमी यहाँ धर्म
जाउँ बुझ् रोगी,पिडितको अन्तर मर्म
करूणा भावले सेवामा लाग्
त्याँही हो तिम्रो धर्म ।।

No comments:

Post a Comment