Pages

Thursday, April 3, 2014

"अष्टांगिक मार्ग" भनेको के हो ?


भगवान गौतम बुद्धले कुशल जीवनको लागि अष्टांगिक मार्गको प्रतिपादन ईसाले भन्दा ६ शताब्दी पुर्व नै गर्नुभएको थियो।
भगवान बुद्धले बताउनु भएको आठसुत्रहरू अर्थात अष्टांगिक मार्गहरू आजको युगमा पनि प्रासंगिक नै रहेको छ।
१,सम्यक दृष्टि :- कुनै पनि घटनाहरूको तीन पक्ष हुन्छन। तथ्य ,कथ्य र सत्य। घटना तथ्य हो धारणा कथ्य हो र प्रेरणा सत्य हो। हरेक घटनाहरूबाट एक शुभ प्रेरणा ग्रहण गर्नु। यँही नै सम्यक -दृष्टि हो।
२,सम्यक -स्मृति:- स्वयंलाइ सही,श्रेष्ठ एवं निर्दोष र अरूलाइ गलत ,तुच्छ एवं दोषी सिद्ध गर्नु नै अहंकारी व्यक्तिको लक्षण हो। प्रतिशोधको ठाँउमा क्षमालाइ अपनाउनु। निरर्थकको ठाँउमा सार्थकलाइ याद राख्नु। यँही नै सम्यक स्मृति हो।
३,सम्यक कर्म :-असफलताको दायित्व स्वयंले लिनु। सफलताको श्रेय अस्तित्वलाइ दिनु। ईश्वर,भाग्य,परिस्तिथि वा अन्यलाइ दोष दिनु अनीति हो। अाफ्नो क्षमतालाइ बुझेर पहलकर कर्म गर्नु। यँही नै सम्यक कर्म हो।
४,सम्यक आजीविका :-केही भन्नु ,केही गर्नु भन्दा पहिला अाफुलाइ भित्र देखि बुझ्नु मन त शान्त हुन्छ? अशान्त भए विश्राम लिनु र शान्त भए सक्रिय रहनु। परस्पर आदर,विश्वास र सहयोगपूर्वक कार्य गर्नु। कार्यस्थललाइ स्वच्छ र कार्यजीवनलाइ तनावमुक्त राख्दै खुशी रहनु। यँही नै सम्यक अाजीविका हो।
५,सम्यक वाणी :-विनम्र रहनु। विनम्रतापूर्वक सबैसंग सम्मान व्यवहारहरू गर्नु। कुनै प्रकारको घमण्ड र अाडम्बर नर्गनु। कथनी -करनीमा भेद नराख्नु। यँही नै सम्यक वाणी हो।
६,सम्यक संकल्प :-शुभ संकल्प गर्नु। सबैको साथमा त्यसलाइ पुरा गर्ने प्रयास गर्नु। लक्ष्य प्राप्तिको लागि संकल्पमा विकल्पको प्रयास नर्गनु। संकल्पको कुनै विकल्प हुदैनन्। यँही नै सम्यक संकल्प हो।
७,सम्यक व्यायाम :-कर्मलाइ निष्ठा पूर्वक गर्नु। उद्देश्य प्राप्तिको लागि सतत चेष्टा गर्नु ,फल सदा उदेश्यको अनुकूल हुन्छ,यस्तो आशा नराख्नु। यँही सम्यक व्यायाम हो।
८ :-सम्यक समाधि :-काम ,क्रोध ,मद ,लोभ ,मोह ,अशांति ,क्षोभ ,तनाव भाव ,विचारको कारणहरू प्रति सदा साक्षी रहनु। स्वासको हिसाब राख्नु। यँही सम्यक समाधि हो।

No comments:

Post a Comment