Pages

Tuesday, March 18, 2014

यदि अरूको साहारामा बाँच्नु थाल्यो भने उसको कहिले पनि कल्याण र प्रगति हुदैनन।


एउटा राजा थियो। जो भगवान बुद्धको निकै ठुलो भक्त थियो। उसले सोच्यो कि प्रजाहरूलाइ सुखी राख्नु पनि उसैको कर्तव्य हो।
त्यँही कर्तव्यबोध गर्दा ति राजाले राजमहलको मुख्य द्वारमा स्वर्णमुद्राहरूले भरिएका भाँडोहरू राख्दै सबै प्रजाहरूले दुइ-दुइ मुट्ठी स्वर्ण मुद्राहरू यहाँबाट लिएर जानु भनि घोषण गरे।

राजाको त्यो घोषण सुने पछि त्यस देशको सबै प्रजाहरू खुशी हुदै अाफ्नो कामहरू छोडिएर राजमहलमा स्वर्ण मुद्रा लिनको लागि अाए। साथै त्याँह अाएका सबै प्रजाहरूले दुइ मुट्ठी स्वर्ण लिएर खुशी हुदै फर्किरहेका थियो।
अाउने जाने क्रमहरू जारीरहेको थियो। भगवान बुद्ध पनि त्यो राजामहलको द्वारमा एउटा ब्रह्मचारीको रूप धारण गरी अाइपुग्नुभयो। उहाँलाइ कसैले पनि भगवान बुद्ध हो भनि चिन्न सक्ने अवस्था नै थिएनन्।
अरू प्रजाहरूले जसरी नै उहाँले पनि दुइ मु्ट्ठी मुद्राहरू त्याँहबाट उठाइ निस्कनु भयो।
केहि अगाडी पुगेपछि उहाँ फर्केनु भयो र त्यो दुइ मुट्ठी स्वर्ण मुद्राहरूलाइ त्याँही भाँडोमा हालीदिनु भयो।
राजालाइ त्यो अचम्म लाग्यो! अनि राजाले उहाँलाइ त्यसको कारणहरू सोध्नुभयो-तब उहाँले भन्नुभयो,सोच्दै छु विवाह गरेो भनि यति मुद्राले त के काम चल्छ होला र ?
राजाले भने- दुइ मुट्ठी अरू पनि लिनुहोस। त्यसपछि उहाँले त्याँहबाट चार मुट्ठी मुद्राहरू लिदै हिडनु भयो।
केही अगाडी जानुभयो र पुन फर्केर अाउनु भयो। राजासंग भन्नुभयो-विवाह गरेपछि घर पनि चाहिन्छ होला?
राजाले भने- ठिक छ,त्यसो भए अरू दुइ मुट्ठी मुद्राहरू लिनुहोस। भगवान बुद्ध त्याँहबाट छ मुट्ठी मु्द्रा लिनु भयो।
केही अगाडि बढनु भयो फेरी त्याँही फर्कनु भयो। र भन्नु भयो-विवाह गरेपछि बाच्च पनि हुन्छ होला। त्यसलाइ पनि त खर्च चाहिन्छ नै होला?
राजाले फेरी पनि भन्नु भयो- अझै अरू ज्यादा दुइ मुट्ठी मुद्राहरू लिनुहोस।

यति सुनिसकेपछि भगवान बुद्ध त्याँह अाफ्नो असलीरूप प्रकट गर्नुभयो।
राजाले भगवान बुद्धलाइ चिन्नु भयो र उहाँको चरणमा प्रणाम गर्नुभयो।

त्यस पछि भगवान बुद्धले राजालाइ भने- "हे राजन! शासकहरूले जहिले पनि यो कुराहरूको ख्याल गर्नुपर्छ। यदि तिम्रो प्रजाहरू अरूको साहारमा बाँच्नु लाग्यो भने उनीहरूको कहिले पनि कल्याण र प्रगति हुन्न। उनीहरूलाइ परिश्रम गरेर अाफ्नो अाजीविकाहरू चलाउने मार्गहरू देखाउ। अनि मात्र तिम्रो प्रजाहरू सधै खुशी रहने छ।"
भगवान बुद्धको यो उपदेशहरू सुनेर त्यो राजालाइ अाफ्नो गल्तीहरूको अहसास भयो।

No comments:

Post a Comment