Pages

Monday, October 14, 2013

मनुस्मृति ब्राह्मणबादी हो यसलाइ शुद्रबादी गर्दा यस्तो हुन्छ।

मनु महाराजले मनुष्यलाइ कर्मको आधारमा होइनन् अपितु जन्मको आधारमा ब्राम्हण अर्थात बाहुन हुन्छ भनि मनुस्मृतिमा भनेका छन। जसलाइ मेलै यहाँ यसरी पारिमार्जन गरिदिएको छु-

ब्राह्मण जन्म मात्रले पनि पृथ्वीमा सर्वश्रेष्ट हुन्छ।
मनुस्मृति १/९९
- जन्मले यहाँ कोहि पनि सर्वश्रेष्ट हुदैनन।

जुन शुद्र ब्राह्मणलाइ कुवचन बोल्छ उसको मुखमा फलामको १० अंगुली लामो डण्डा आगोमा तताएर घोचिदिनु। 
मनुस्मृति ८/२७१
-जो ब्राह्मण भएर अरूलाइ कुवचन बोल्छ, उसको मुखमा एकमान मानव बिष्ठ कोचिदिनु।

जुन शुद्र ब्राहमणलाइ कडा शब्द् बोल्छन, राजाले उसको जिब्रो काटिदिनु पर्छ किनकी उ निच जातमा जन्म भएको हो।
मनुस्मृति ८/२७१
-जो ब्राह्मण अरूलाइ कडा शब्द्हरू बोल्छन, राजाले उसको थुतुनो नै काटिदिनु पर्छ किनकी उ ब्राह्मण हो।

यदि ब्राह्मण सबै प्रकारको अनिष्ट (कुकर्म) गर्छन, तापनि उ पूज्य हुन्छ, उ महान देवता हो।
मनुस्मृति ११/८४
-यदि ब्राह्मण बाहेक अरूले कुनै प्रकारको अनिष्ट(कुकर्म) गर्छन, तापनि उ पुज्य रहन्छन,उ महान देवता जस्तै हो। किनकी उ ब्राह्मण होइनन।

ब्राह्मण आफ्नो सेवक शुद्रलाइ झूठो खान, फटेको पुरानो वस्त्र , अन्नको दान टूटेको भाँडोमा दिनु।
मनुस्मृति १० /१२५
-शुद्रले आफ्नो सेवक बाहुनलाइ झुठो बाँकी रहेको खान, जुत्रोजाम्रो बस्त्र, अन्नको दान दिदाँ टपारीमा दिनु। किनकी उ जातैको टपेोरे हुन।

No comments:

Post a Comment