Pages

Thursday, October 10, 2013

बुद्ध धर्ममा बुझ्नु पर्ने, अनुसरण गर्नु पर्ने र पालना गर्नु पर्ने प्रमुख तीन बिषयहरू:-

१-चार आर्य सत्य!
-----------------
पहिलो आर्य सत्य हो, दुःख !
दोस्रो आर्य सत्य हो, दुःखको कारण!
तेस्रो आर्य सत्य हो, दुःखको निवारण !
चौथो आर्य सत्य हो, दुःख निवारणको तरीका !

पहिलो आर्य सत्य दुःख भन्नाले-
दुनियामा दुःख नै दुःख छ र यो हामीबाट नै पैदा भएको हुन्छन। दुःखको आधार अज्ञानता हो। दुःखको सिलसिला चलिरहन्छन।

दोस्रो आर्य सत्य दुःखको कारण भन्नाले-
दुःख स-कारण हुन्छ। कामनाहरू पूरा नहुनको कारण नै दुःख पैदा हुन्छ।

तेस्रो आर्य सत्य दुःखको निबारण भन्नाले-
मात्र जागृत मस्तिष्कले नै दुखबाट मुक्ति पाउनु सकिन्छन साथै बौद्ध धर्मको लक्ष्य पनि यही मानवको बुद्धिको विकास।

चौथो आर्य सत्य दुःख निवारणको तरीका भन्नाले-
यो वैज्ञानिकत छ! तथागत बुद्धले दुःख हनु, दुःखको कारण, दुःखको निवारण र दु.ख निवारणको तरीकाहरूको सुत्र नै आर्य आष्टांगीक मार्ग र पञ्चशील हो भनि बताउनु भएको छन।

२-आर्य आष्टांगीक मार्ग!
--------------------------
१ सम्यक दृष्टि- सही नजरले हेर्नु।
२ सम्यक संकलप- सहीमात्रै सोच्नु वा फैसाल गर्नु।
३ सम्यक वाणी - सत्यमात्रै बोल्नु।
४ सम्यक कर्मान्त-सही काममात्रै गर्नु।
५ सम्यक आजीविका-सही ढ़ंगबाट जिविका चलाउनु।
६ सम्यक व्यायाम-कुशल विचारहरूलाइ पैदा गराउनु।
७ सम्यक स्मृति-जागृत रहि रहनु।
८ सम्यक समाधि-मनलाइ जहिले पनि सफा राख्नु।

३- पञ्चशील!
--------------------
१ कुनै पनि जीवहत्या नर्गनु।
२ चोरी, बेईमानी तथा लूटपाट नर्गनु ।
३ कामरागमा व्यभिचार नर्गनु।
४ झूठो, कठोर र अनावश्यक नबोल्नु।
५ नशालु तथा मादक पर्दाथहरू सेवन नर्गनु।

No comments:

Post a Comment