Pages

Saturday, October 5, 2013

बेोद्ध धर्मको विपरीत मार्ग हुन विजय दशमी।


आज यो संसारमा हिंसा, धर्मिक उन्माद र नस्लीय द्दवन्द जस्तो गम्भीर समस्यहरू दिन प्रतिदिन निकै बढिरहेको देखिन्छन। चारै तिर मानव अस्तित्व माथी नै निकै गम्भीर खत्तराहरू बढिरहेको पनि महशसुस गर्ने सकिन्छन।
एक किसिमका मानिसहरूले बिज्ञान र प्रविधिलाइ निकै ठुलो विकास एव उपयोग गरिएर अपार समृद्धि प्राप्त गरिरहेका छन।भने यँही कुराहरूलाइ अर्को तिर अर्कै किसिमका मानिसहरूले स्वार्थ,लोभ र हिसा आदि भावनामा लिएर आपसमा कलह,अतिक्रमाण लुछातानी आदि गर्दे अकल्याणकारी र विनाशकारी मार्ग लिइरहेको पनि देखिन्छन ।
आजको यस दुनियामा भौतिक सम्पदाको साथ साथै मानव अस्तित्वहरूलाइ यो दुनियामा बचाइरहनु निकै जरूरी छन।
यहाँ हरेक मानिसहरू आफ्नो कल्याण नै चाहान्छन तर व्यवहारमा यो पुर्णता सही रहदैनन्।' यो यथार्थ हो कि मानिसहरू आफ्नो कल्याणको साथ साथै आफ्नो नोकसान पनि स्वंयमले नै गरिरहेको हुन्छन। आज सम्मा भएको सबै युद्धा, विश्व युद्धा तथा वर्तमानमा व्यापत रहेका सबै युद्हधरूले यो प्रमाणित गर्छ।'
मानिसहरूको विनाशकारी विचारहरूलाइ परिवर्तन गर्न साथै त्यसलाइ नियन्त्रणमा राख्नु निकै ठुलो जरूरी छ।
आज भन्दा लगभग २५५८ वर्ष पहिला नै भगवान बुद्ले मानवीय प्रवृतिहरूको विश्लेषण गर्दै भन्नु भएको थियो कि 'मानुष्यको मन नै सबै कर्मको नियत हो।' यसैले मानिसको गलत प्रवृतिलाइ नियन्त्रण गर्नको लागि मनमा सदविचारलाइ प्रवाह गर्दै सदमार्गमा लानु आवश्यक्त छन।
त्यसैलाइ यहाँ उहाँले सदमार्ग वा बौद्ध धम्मको रूप हो भन्नु भएको थियो।

आज मानिसहरूको कुप्रवृतिहरू जस्तैः हिसां, शत्रुता, द्वेष, लोभ आदिबाट मुक्ति पाउनुको लागि बौद्ध धम्म वा बौद्ध दर्शनलइ अनुसारण गर्न सक्नु पर्छ। 'यँही मुक्ति मार्ग हो।'

आपसी शत्रुताको बारेमा पनि भगवान बुद्धले यसो भन्नु भएको थियो ” वैरी ले वैरी कहिले शान्त हुदैनन। अवैरी ले नै वैरी शांन्त हुन्छन।” यो सूत्र हमेशा सार्थक नै रहने छन।
यसैगरी डा. आंबेडकरले पनि भन्नु भएको थियो कि 'हिंसाबाट प्राप्त भएको जीत स्थायी हुदैनन किनकी त्यो जीतलाइ प्रतिहिसांबाट परिवर्तन वा पल्टाँउछन कि भन्ने डर त्यसमा रहेको हुन्छ।'

वैरीलाइ जन्मदिने कारकहरूलाइ भगवान बुद्धले पहिचान गरेर त्यसलाइ दूर गर्ने मार्गहरू धेरै पहिला नै प्रस्तुत गरिसक्नु भएको छ।
उहाँले दु.खबा मुक्तिको लागि पञ्चशील र अष्टांगिक मार्गको नैतिक एवं कल्याणकारी जीवन दर्शनमा प्रतिपादन गर्नु भएको थियो। जसको अनुसरण गर्नले वा अभ्यास गर्नले नै दु.खबाट मुक्ति प्राप्त हुन्छन। यँही नै मानव जीवनको लागि माध्यम मार्ग हुन। जसबाट लोक हित र लोक कल्याण निश्चित छ।
यो ऐतिहासिक कालखण्डहरू प्रमाणित छ कि बौद्ध कालमा जब “बहुजन हिताय, बहुजन सुखाय” लाइ बौद्धमार्गीहरू, शासकहरू र आम जनतद्वारा अनुसरण गरिएका थियो। त्यो कालको सुख एवं समृधिको कारण नै त्यो युगलाइ इतिहासमा पनि “स्वर्ण युग” भनेर भनिन्छन।
त्यो समयमा निकै शान्ति र समृधि फैलिएको थियो। साथ साथै दुनियामा त्यो बेला जुन जुन देशहरूमा बौद्ध धम्म फैलिएका थियो। त्यो देश देशमा पनि सुख, शान्ति तथा समृधि फैलिएका थियो।
बौद्ध धम्मको पञ्चशील र अष्टांगिक मार्ग आज पनि यो विश्वमा शान्ति अनि कल्याण हेतुका सार्थक छन।
यहाँ भनिन्छन नि धर्मले मानिसको कल्याण गर्छन तर व्यवहारमा त्यो देखिदैनन। यो पुर्णतया सहि हुदैनन। इतिहास यसको साक्षी छ। संसारमा जति पनि मारकाट हुन्छन। त्यो धर्मको नाममा हुन्छ। त्यति धेरै मारकाट आज सम्माको कुनै युद्ध वा विश्व युद्धहरूमा समेत भएको छैनन।
अझै पनि हाम्रो नेपाली समाजमा धर्मको नाममा बलि चढाउँदै पर्व मनाउने र हर्षोल्लास गर्ने प्रचलन छ। यो सबै धार्मिक उन्माद कट्टरपंथी एवं आफ्नो धर्मलाइ अरू माथी जर्बरजस्ती थोर्पने कारणहरू मात्र हुन कुनै पर्व होइनन्। धर्मको नाममा तलवारलाइ प्रयोग गर्नको कारणले गर्दा यहाँ मानव कै नोकसन हुन्छ।

यहाँ केवल बौद्ध धम्म मात्रै त्यस्तो धम्म छन। जो तलवारको धारमा होइनन् करुणा-मैत्री जस्तो सद्गुणहरूमा विश्वास गर्ने गरिन्छन । यँही कारणले गर्दा यो संसारको ठुलो भूभाग सम्मा यो धर्म फैलियो र आज पनि विश्व भरि नै निकै तेज गतिमा यो धम्म फैलिरहेका छन।

जहाँ अन्य धर्म मान्नेहरूको संख्या घटिरहेका छन र उनीहरूले आफ्नो अनुयायीहरूलाइ बाँधेर राख्नुको लागि विभिन्न किसिमको हथकडी वा आधुनिक प्रचारहरूको हतियार वा तरीकाहरूलाइ पनि अपनाउनुको लागि उनीहरू बाध्य हुदै छन। तर बौद्ध धम्म आफ्नो नैतिकता एवं सर्व कल्याणकारी शिक्षाको कारण यो दुनियामा स्वतःप्रसारित भइरहेका छ।

यो सर्वविदित हो कि हाम्रो देश एक जाति प्रधान देश हुन। जुन कारण हाम्रो आबादको एउटा ठुलो हिस्सा शदियेो देखि सबै प्रकारका मानव अधिकारबाट बन्चित रहेका छन। आज पनि धेरै हद सम्मा हामी अझै वन्चित नै छेो।
यहाँ भगवान बुद्ध नै हुनुहुन्थ्यो जसले जाति-भेदलाइ समाप्त गर्नको लागि आफ्नो भिक्खु संघबाट नै पहल गर्नु हुदै सुनीत भंगी, उपली नाई तहत अन्य धेरै तथाकथित निच्च जातिका मानिसलाइ संघमा राजा र राजकुमारहरूको बराबरी स्थान दिनु भयो। जसमा कति त अर्हत सम्मा बनेका थियो। साथै महिलाहरूलाइ पनि भिक्खुनी संघमा स्थान दिएर नारी पुरुष समानताको सिदान्तलाइ मज़बूत बनाउनु भयो।
यद्यपि दास प्रथा तथा जाति भेद पूर्ण रूपले समाप्त भएनन् तर भगवान बुद्धबाट वर्ण व्यवस्थालाइ धार्मिक (बेोदिक) आधारमा उहाँले व्यवस्थापन गर्नुभयो।
बेोद्ध धम्म भित्र कुनै जातिय भेद वा लैङ्गी असमानता भन्ने कुराहरू हुदैनन।
अतः नेपाल जस्तो जातिय विभेदकारी र एकल जातिय प्रधान देशमा विभेद अन्तको लागि र महिलाहरू माथी भएको दमन, हिसां र कु-मनुस्मृतिको जडलाइ जरै देखि उखेलेर फ्याक्नुको निमिता बुद्धको शिक्षालाइ प्रभावकारी बनाउनु सक्नु पर्छ।

बौद्ध धर्मको उदय पनि एउटा क्रांति नै थियो। ब्राह्मण धर्मको पुनर्स्थापना यसको एउटा प्रतिक्रांति थियो। जसले बौद्ध धम्मले स्थापित गरेका सबै मानवीय सामाजिक मूल्यहरूलाइ गुमुटाएर राखिदियो ।फलस्वरूप जाति व्यवस्था एवं ब्राह्मण धर्म अधिक सख्तीले लागू भयो। मनुस्मृति तथा अन्य स्मृतिको रचना गरेर त्यसमा प्रतिपादित नियम र विधान नेपाली जनताहरू माथी कठोरताका साथ लागू गरियो। जसले गर्दा अहिन्दुहरू पनि दशै मनाउनु पर्ने र बलि चढाँउनै पर्ने जस्तो कु-कार्य हामी माथी लागू भयो। यो इतिहासको एउटा कालो कालखण्ड थियो बेोद्धमार्गीहरू निमिता।

सांस्कृतिक फासीवाद र हिंदुत्ववाद जस्तो विघटनकारी विचारधारालाइ रोकनको लागि नेपाल धर्म निरपेक्ष राष्ट्र साथै बौद्ध धम्मको मानवतावादी र समतावादी दर्शनलाइ जनता जनता कहाँ सम्मा पुर्याउनु पर्ने निकै जरूरी छ। यो कुनै पनि बेोद्धमार्गीहरूको कार्य कर्तव्य हुन। जुन अध्यारो बाट उज्यालो तर्फको मार्गहरू देखाउने।
दशै राष्ट्रिय पर्व हो भन्दै अझै पनि हामी अहिन्दु मार्गीहरूलाइ त्याँही इतिहासको काल खण्डमा जसरी कालो कोठामा राख्ने प्रयासहरू यहाँ भइरहेको देखिन्छन। त्यो हामीले बुझ्नु सक्नु पर्छ।

दुनियामा धार्मिक द्दन्दको एक कारण यहाँ धर्महरूलाइ विज्ञानले दिएको एउटा चुनेोती पनि छ। विभिन्न ईश्वरवादी धर्मका अनुयायिहरूको संख्या कम हुदै जाँदै छन किनकी विज्ञानको तर्कमा वा परीक्षणको कसौटीमा तिनीहरू निखरतका साथ उतिरन सकिदैनन। आफुलाइ बचाउँनुको लागि तरीका तरीकाको प्रलोभनोहरू,चमत्कारी र झुटो प्रचार एवं अन्य हथकंडीहरूको प्रयोग गर्दै आफ्नो अनुनायीहरूलाइ बाँधेर राख्नु चाहान्छन। जसमा आफ्नो धर्मको अवैज्ञानिक र अंन्ध-विश्वासी धारणाहरूलाइ परिवर्तनको स्वतंत्रता एवं इच्छाशक्तिको नितन्त आभाव छन त्यो बिन्दुमा बहस गर्ने क्षमत उनीहरूमा छैन ।

यसको ठिक विपरीत बौद्ध धम्म विज्ञानवादी,परिवर्तनशील तथा प्रकृतवादी छन जसको कारण विज्ञानसंगै चल्ने सक्षम यो धम्ममा छ।
यँही गुणहरूको कारण महान बैज्ञानिक आइंस्टाइनले समेत भन्नु भएको छ कि” यदि भविष्यको दुनियामा धर्मको ज़रुरत परेमा यो केबल बौद्ध धम्मले मात्र पुरा गर्न सक्ने छन।”

सम्पुर्ण बेोद्धमार्गीहरूले हत्या हिसांलाइ ग्राहयता दिने कुनै पनि पर्वहरूको बहिष्कार गर्नु नितान्तै जरूरी छ।

No comments:

Post a Comment