Pages

Saturday, June 9, 2012

चार महाभूत

बुद्ध वचन!
चार महाभूतः 
चार महाभूत भन्नाले पृथ्वी धातु,जल धातु,अग्नि धातु र वायु धातु हुन। 

१, पृथ्वी धातु भन्नालेः हरेक व्यक्तिहरूको भित्र ठोस रहन्छन, खुरदार हुन्छन। जस्तै शिरको कपाल, शरीरको रौ, नाङ, दाँत, छाला, मासु,रंग हड्डी, कलेजो, फोक्सो, मृगौला, मुटु, फियो, आन्द्रा र आमशाय, आदि यसैलाइ पृथ्वी धातु भनिन्छन। पृथ्वी धातु भित्रीरूपी र बाहिरी गरी दुइ प्रकारका हुन्छन।
२,जलधातु धातु भन्नालेः हरेक व्यक्तिहरूको भित्र जल छन र बाग्ने तरल पर्दाथ छन। जस्तैः पित्त, कफ, पीप, रगत, पसिना, थुक र्र्याल,सिगान,बोसो र मलमुत्र आदि यसैला जल धातु भनिन्छन।
यो जलधातु पनि दुइ प्रकारका छन।

३,अग्नी धातु भन्नालेः हरेक व्यक्तिहरूको भित्र अग्निमय छ, गर्मी छन। जस्तै जसले ताप दिन्छ, जसले पचाउने गर्दछन र जसले जालउँने गर्दछन। जसले गर्दा खाएको र पिएका कुराहरू पच्ने गर्दछन। यसैलाइ अग्नी धातु भनिन्छन।

४,वायु धातु भन्नालेः हरेक व्यक्तिहरूको भित्र वायु रूपहरू हुन्छन।जस्तै माथी तिर उडने वायु, तल तिर जाने वायु, अंग अंगमा घुम्ने वायु र स्वास प्रस्वास। यसैलाइ वायु धातु भनिन्छन।

जसरी काठ, ईट्टा, बालुवा, माटो र ढुङगा मिलेर आकाशलाइ घेरिन्छन त्यसैलाइ हामी घर भनिन्छन त्यस्तै हड्डी, छाला, मासु,रंग, रगत आदि मिलेर आकाशलाइ घेरिन्छन त्यसैलाइ हामी रूप भनेर भन्छौ।
यो नै रूप स्कन्ध उपादान हुन। जो दु.खका कारक बन्ने गर्दछन।

No comments:

Post a Comment