Pages

Wednesday, May 30, 2012

मार्ने भन्दा बचाउँने ठुलो हो र अधिकार पनि त्याँही बचाउनेकै हुन्छ।


नमो बुद्धया!
राजकुमार सिदार्थ एक दिन राजमहल भन्दा बाहिरा बगैचमा काका छोरा भाइ देवदत्त संग घुमिरहेको थियो।  राजकुमार सिदार्थ अति नै कोमल मनका थियो, भने देवदत्त चाँही अति नै उद्दण्ड साथै क्रुर स्वभावले भरिपुर्ण थियो।
राजकुमार सिदार्थ कोमल मन भएको कारणले गर्दा सबैले प्रशंसा गर्दथे भने देवदत्त क्रुर र उद्दण्ड भएको हुनाले कसैले पनि उसलाइ प्रंशसा गर्दैनन थियो।
यँही कारणले गर्दा देवदत्त र सिदार्थमा, सिदार्थ नै सबैको आँखाको नानी बनेको थियो। यस्तै अझै पनि भेटिन्छन वा देखिन्छन  एकै परिवार भित्र यो युगमा  अझै पनि।
केही अरू बालकहरू पनि त्याँह खेलिरहेको थियो। सिदार्थको प्रिय साथी सखा बसंतक पनि त्याँही थियो। प्राय जसो सखा बसंतक, राजकुमार सिदार्थको राम्रो व्यवहार गर्ने हुनाले नै साथमै रहने गर्दथे।
त्याँही बगैचमा राजकुमार सिदार्थले देखियो कि उडदै गरेको हांसलाइ देवदत्तले बाणले प्रहार गर्न लागेको।
राजकुमार सिदार्थ त्यो देखेर जोडले कराउँदै भने- पख् देवदत्त, रोक् के गर्न लागेको ?
देवदत्तले जवाफ दियो- तिमीलाइ यसमा के भो ? हामीहरू राजबंशी हो, जे पनि गर्न सकिन्छन। शिकार मार्नु हाम्रो धर्म हो। यस्तो भन्दै बाण प्रहार गरेर उडदै गरेको हांसलाइ बाण प्रहार गरी तल झारी दियो।
राजकुमार सिदार्थ दु.खी र व्याकुल हुदै हांस झरेको स्थानमा दौडदै पुग्यो र देवदत्तको बाणबाट घाईते भएको हांसलाइ उठायो। साथै अति प्यार संग ति हांसलाइ चोट लागेको ठाँउमा औषधी उपचार गर्ने तिर लागियो। उहाँ अति नै करूणमयी हुनुहुन्थ्यो।
यता देवदत्त भने मैले निकै मेहनेतका साथ शिकार गरेको हांस मलाइ चाहिन्छ भन्न थाल्यो राजकुमार सिदार्थसंग, उहाँले त्यो हाँस दिनु ईन्कार गर्नुभयो।
राजकुमार सिदार्थले हांस नदिए पछि देवदत्त राजदरबारमा पुगेर सिधै राजा शुद्धोधनलाइ निवेदन गर्दै न्यायको माग गरियो।
देवदत्त राजकुमार सिदार्थ माथी साह्रै रिस गर्ने गर्दथे । अतः उनलाई यो मौका उचित लाग्यो कि सिदार्थ माथी अरोप लगाउने। उसलाइ लागिरहेको थियो कि पक्कै पनि यो पटक चाँही सिदार्थले सजाय मिल्ने छन साथै अपमानित हुने नै छ भन्ने।
कुरा पनि सही नै थियो। शिकार जसको हो त्यो  त्यसैले मिल्नु पर्छ।
राजा शुद्धोधनले दरबारियाहरूलाइ एक्कै ठाँउमा भेला गर्दे यसबारेमा न्याय दिनुको लागि आदेश जारी गरियो।  तर धेरै जसोले राजकुमार सिदार्थलाइ निकै माया गर्दथे तर यो समयमा न्याय बिल्कुल्लै उसकै बिरूद्धमा जाँदै थियो। राजा शुद्धोधन पनि के गर्न सकिन्थे? उनलाइ यँहा डर त्यो थियो कि यो फैसालले गर्दा राजकुमार सिदार्थमा कतै वैराग्यको अनुभव त  उत्पन्न हुन्न भन्ने “समास्य यँही हुन्छ कि कर्तव्यको अगाडी  हरेक राजाले हार मान्नु पर्छ”।
दु.ख मनले राजाले राजकुमार सिदार्थलाइ राजसभामा हजिर हुनुको लागि सुचना जारी गरियो। देवदत्त भने निकै खुशी भयो। आज पहिलो मौका मिल्दैछन सिदार्थलाइ तल झर्ने र देख्ने। एकदम ठुलो बन्दै हिडछन। आज देख्ने भो..... अब के गर्छ हुन्छ?
राजकुमार सिदार्थ आफ्नो साथी सखा बसन्तक र भाई आनन्द संगै राज सभामा प्रवेश गरियो। राजकुमारको हातमा त्यँही हांस थियो। जसलाइ उहाँले बचाउनु भएको थियो।
 उहाँ अरामले राजा शुद्धोधनको सामुन्ने आएर खडा हुनुभयो। पुरै राजसभामा खुल्दुल्ली भयो। अब के हुन्छ?
न्यायको लागि कारबाही शुरू भयो। मन्त्रीले देवदत्तले जे अरोप सिदार्थ माथी लगाएको थियो त्यो पढेर सुन्नायो।
राजा शुद्धोधनले राजकुमार सिदार्थलाइ सोध्नु भयोः  तिमीलाइ यहाँ आफ्नो सफाईको लागि केही भन्नु छ?
 यता दरबारियाहरू भने सोच्दै थियो कि यहाँ सफाई दिने कुनै ठाँउ नै छैन। सिदार्थले यहाँ सजायको भागीदार हुनै पर्छ। सबै राजसभामा असिन व्यक्तिहरूमा यँही उत्सुक थियो कि अब राजकुमार सिदार्थले के भन्नुहुन्छ।
 राजकुमार सिदार्थले निकै शंन्तीका साथ  मधुर बचनमा बोल्नु शुरू गर्नुभयो। बचपन देखि नै राजकुमारको बोली यदि धेरै कर्णप्रिय र मिठो थियो कि सुन्नेहरू साबै मग्न हुने गर्दथे।
 राजकुमार सिदार्थले भन्नुभयो - हांसलाइ देवदत्तले शिकार बनाउदै प्रहार गरियो र झर्र्यो। हो तंपाईहरूको कानुन अनुसार हांस माथी उसको अधिकार छ।  तर अर्को कानुन पनि छ जहाँ “मार्ने भन्दा बचाउँने ठुलो हो र अधिकार पनि त्याँही बचाउनेकै हुन्छ”।  यो हांस स्वस्थ् भए पछि यसलाइ म आजाद संग उडनको लागि खुल्ला आकाशमा छोडने छु।
 राजकुमार सिदार्थको यो तर्क सुनेर पुरै राजसभा खुशीले गदगद भयो। सबैले राजकुमारको प्रसंशा गर्नुभयो । राजाले सभासाद्धहरूको विचार र विमर्शलाइ माध्य नजरमा राख्दै र सर्वसम्मतिले  हांसको अधिकार सिदार्थकै हो भन्ने निष्कर्षमा फैसाल गर्नुभयो।
राजकुमार सिदार्थले हांस स्वस्थ र उडनु सक्ने भए पछि खुल्ला आकाशमा उडनुको लागि छोडिदियो।
यस्तो बिलक्षणले भरिएका र कति धेरै करूणाले ओतप्रेत थियो भगवान बुद्धको बचपन।

No comments:

Post a Comment