Pages

Tuesday, May 29, 2012

मानिसहरूको पतन हुनुको मुख्य १२ कारणहरू।

भगवान बुद्धको उपदेशहरूः
१, धर्म वा भलाईको मार्गबाट अरू प्रति द्भेष गर्नेहरूको पतन हुन्छन भने धर्म वा भलाईको मार्गबाट अरू प्रति प्रेम गर्नहरूको उन्नतिको कारण बन्दछन। 
२, असत्पुरूष उसलाई असल ठान्छ भने सत् पुरूष उसलाइ असल ठान्दैनन् र उ स्वंयमलाई घृणा गर्ने गर्छन अत असत्पुरूषको धर्मलाइ मनन् गर्ने गर्छ। त्यस्त व्यक्तिहरूको पतन हुन्छ।
३, जो निन्द्रालु वा निकम्मा हुन्छन उसलाई उस्तै मान्छे राम्रो लाग्छ। जो परिश्रमी हुदैनन र अलास्य वा सुस्त हुन्छन साथै क्रोधलाइ प्रदर्शन गर्ने गर्दछ त्यस्ता व्यक्तिहरूको पतन हुन्छन।
४, धनी र सामर्थ्यवान भएर पनि आफ्नो बृद्धा बाबु- आमा, भाइ बाहिनीहरूको पालन पोषण गर्ने गर्देनन यसको कारण त्यस्ता व्यक्तिहरू एक्लोपन र कुण्ठितमा पर्ने हुन्छ। त्यस्ता व्यक्तिहरूको पतन हुन्छन।
५, जसले इमान्दारी मान्छेलाइ, सदगुरूलाइ,परिवारजनलाइ वा साधुलाइ झुटो बोल्नु र धोका दिने गर्दछन त्यस्त व्यक्तिहरूको पतन हुन्छन।
६, जसले आफ्नो धन सम्पतिमा एक्लैले मात्र उपभोग गर्दै आनन्द मान्ने गर्दछन। समाजसेवाको काममा उपयोग गर्दैनन वा दान धर्ममा उपयोग गर्देनन त्यस्त व्यक्तिहरूको पतन हुन्छन।
७, जसले आफ्नो जात,गोत्र,धन,सामर्थ्ये,शक्ति र ज्ञान प्रति अभिमान राख्ने गर्दछ र आफ्नो नातादारहरूलाइ तिरस्कार गर्ने गर्दछन त्यस्त व्यक्तिहरूको पतन हुन्छन।
८, जो व्यक्तिमा बिलासी हुन्छ, शराबी हुन्छ, जुवाडे हुन्छ र आफ्नो पुर्खाले जम्मा गरेको सम्पतिहरूलाइ अपव्यय गर्ने गर्दछन त्यस्ता व्यक्तिहरूको पतन हुन्छन।
९, जो व्यक्ति आफ्नो पत्नी बाट सन्तुष्ट हुदैनन र अरू नै बैश्या तथा परस्त्रीहरू संग पारगमन गर्ने गर्दछन त्यस्ता व्यक्तिहरूको पतन हुन्छन।
१०, जो व्यक्ति बृद्ध हुदाँ हुदै पनि नयाँ युवा वा युवतीलाइ अपनाउँने गर्दछन। उ भित्रको इष्याको कारणले गर्दा त्यस्त व्यक्ति आनन्दित हुनु सकिदैनन र त्यस्त व्यक्तिहरू पतन हुन्छन।
११, जसले असयामित तारीकाबाट फजुल खर्च गर्ने गर्दछन त्यस्ता पुरूष वा स्त्रीलाइ धन सम्पतिको अधिकारी वा मालिक बनाउने गर्दछन त्यस्त व्यक्तिहरू पतन हुन्छन।
१२, जो क्षेत्रीय कुलमा जन्म हुन्छ र अल्प साधन गर्ने वाला हुन्छ अर्थात असक्ष हुन्छन तर धैरै महत्वकांक्षी हुनुको कारणले राज्यको अभिलाषा राख्ने गर्दछन। त्यस्त व्यक्तिहरू पतन हुन्छन।

No comments:

Post a Comment