Pages

Saturday, May 19, 2012

सच्चा साधु

नमो बुद्धया !
भगवान बुद्धले आफ्नो शिष्यहरूलाइ दीक्षा दिनु भन्दा पहिला उनीहरूलाइ धर्मचक्र प्रवर्तनको लागि भगवान बुद्धले बिहार गर्नु भएको स्थान भन्दा अन्य कुनै नगर वा गाँउहरूमा जानुको लागि आज्ञा भयो। 
भगवान बुद्धले सबै शिष्याहरू संग सोधे - तिमीहरू सबैजना जहाँ जान्छौ,त्याँह तिमीहरूले राम्रो र नराम्रो दुवै प्रकारका मानिसहरू भेटिने छन।
यदि राम्रो मानिसहरू भेटेमा तिनीहरूले तिमीहरूको कुराहरू सुन्नेछन साथै सहयोग पनि गर्नेछन तर यदि नराम्रो मानिसहरू भेटियो भने तिनीहरूले तिमीहरूको निन्दा गर्नछन साथै गाली पनि दिनेछन। हरेक शिष्यहरूले भगवान बुद्धको यो प्रश्नको जवाफ बुझे अनुसारले दिदै गयो।

एक गुणी शिष्यले भगवान बुद्भलाइ बिन्ती गरे - म कसैलाइ नराम्रो सोच्दिन। यदि कसैले मेरो निन्दा गरियो वा गाली दियो भने पनि म यो सम्झने छु कि उ राम्रो मान्छे हो, किनकी उसले मात्र मलाइ गाली दियो । म माथी धूलो त फ्यकिदिएँनन्।
भगवान बुद्धले सोध्नुभयोः- यदि तिमी माथी कसैले धूलो नै फ्याँकिदियो भने चाँही ?
म उसलाइ पनि भला नै भन्ने छु किनकी उसले मात्र धूलो त फ्याँकिदियो, मलाइ थप्पड त हानेनन् ।
भगवान बुद्धले सोध्नुभयोः - यदि कसैले थप्पड नै हानिदियो भने चाँहि के गर्ने छ?
म उसलाइ पनि नराम्रो मान्छे भन्दिन। किनकी उसले मात्र थप्पड हान्यो, लौराले त हानेनन।
भगवान बुद्धले सोध्नुभयोः- यदि कसैले लौराले नै हिर्काइदियो भने ?
म उसलाइ धन्यबाद दिनेछु। किनकी मलाइ केवल लौराले मात्रै त हिर्कायो, हतियारले त हिर्काइनन्।
बुद्ध भगवान सोध्नुभयोः - तिम्रो मार्गमा डाँकुले नि भेटन सकिन्छन जसले तिमीमाथी घातक हतियार प्रहार पनि गर्न सकिन्छन।
के भो र ? उसलाइ दयालु नै सम्झने छु। किनकी केवल उ मार्ने नै गर्छ, मारि त हाल्दैनन् ।
बुद्ध भगवान सोध्नुभयो – यदि तिमीलाइ मारिहल्यो भने ?
यो जिवन र संसार केवल दु.ख मात्र हो। जति जिवित रहन्छु उति नै धेरै दु.खमा पर्ने छु। जिवनबाट मुक्ति पाउँनुको लागि आत्महत्या गर्नु त महापाप हो। यदि कसैले जिवनबाट यस्तो छुटकारा दियो भने म त्यसलाइ पनि उपकार नै मान्ने छु।

शिष्यको यो वचन सुनेर भगवान बुद्धलाइ अति नै सन्तोष लाग्यो। उहाँले भन्नु भयो तिमी धन्य छ !
सच्चा साधुले कसैलाइ कुनै पनि दोषमा नराम्रो सोचिदैनन वा भन्निदैनन ।
जसले अरूमा नराम्रो देखिदैनन त्यँही सच्चा परिव्राजक हुनको लागि योग्य हुन्छन।
तिमी जस्तै साधुहरू सधै धर्मको मार्गमा चल्लनेछन।
 


No comments:

Post a Comment