Pages

Tuesday, May 15, 2012

सुख दुख, कुशल अकुशल सबै कर्महरूको परिणाम हुन।

सुख र दुखको अनुभूतिहरू कुशल र अकुशल कर्महरूको कारणले गर्दा हुन्छ। कुशल कर्म गरे सुखको अनुभूति निश्चित छन, भने अकुशल कर्म गरे दु.खको। अत अकुशल कर्महरूलाइ पुर्णरूपमा त्यागेर संभव भएसम्मा कुशल(पुण्य) कर्महरू गर्नु पर्छ।


घाँसमा रहेको सानो कीरो पनि सु.ख नै पाउनु चाहान्छन तर सु.ख पाउने कुशल कर्म कसरी गर्ने र दु.ख पाउने अकुशल कर्म कसरी त्याग्ने भन्ने बारेमा ति कीरोहरूलाइ ज्ञानै हुन्न।
साथै हिस्राक जन्तुहरूले एकले अर्कालाइ शिकार गरेर खाँदा स्वाभाविक रूपमै त्यो अकुशल कर्म गरिरहेका हुन्छन। तिनीहरूको चाहाना पनि सुखै भएपनि तिनीहरूले दु.खको कारणहरू नै संग्रह गरिरहेका हुन्छन अत तिनीहरूले दु.ख मात्र पाइरहन्छन।

यही नै तिनीहरूको अज्ञान र भ्रमको मापदण्ड हुन। हामीहरूले अठार लक्षणहरूले युक्त भएको अमुल्य मनुष्य देह प्राप्त गरेका छौ तर्सथ अहिले बाटै भगवान बुद्भका उपदेशहरूलाइ सही ढंगले अभ्यास गर्नु पर्छ।
अहिले हामीहरू सबै जना भ्रममा परेका छौ। हामीहरूले धेरै जन्म अघि देखि अहिले सम्म गरेका अकुशल कर्महरूलाइ स्वीकार गर्नु जान्नु पर्छ।
अब देखि ठुलो हुन या सानो त्यस्ता सबै अकुशल कर्म गर्नबाट आँखालाइ काडाँबाट जोगाए झै गरी जोगिने छु भन्ने भावना गर्नु पर्दछ। यदि अकुशल कर्महरू अन्जानमै भयो भने त्यस्लाइ तुरून्तै प्राश्यचित गर्दे फेरी नदोहर्र्याउने बाँचा त्यति नै बेला गर्नु पर्दछ।

हामीले गर्ने सम्पुर्ण कुशल कर्महरूलाइ अरूहरूको हितको लागि परिणामना गर्ने गर्नु पर्छ।साथै हाम्रो क्षमताले भ्याएसम्मा अकुशल कर्महरूलाइ त्यागेर कुशल कर्महरूलाइ नै संग्रह गर्ने अभ्यास गर्नु पर्दछ।


बुद्ध वचनः
कुनै पनि पाप नगर,
कुशल कुराहरूलाइ राम्रो संग अभ्यास गर
आफ्नो मनलाइ तह लगाउ
यही नै बुद्धको शासन हो।
(धम्मपद)

No comments:

Post a Comment