Pages

Tuesday, May 8, 2012


आध्यात्मिक  प्रगतिको लागि अनिवार्य नियमको बिषयमा भगवान बुद्धले बताउनु भएको ८ मार्गहरूः-

१, सम्यक (दृष्टी) दर्शनः
- दर्शन के हो ? सामान्य संस्कृत अर्थमा दशर्नको मतलब हेर्नु हुन्छ। दार्शनिक भाषामा अथवा आध्यात्मिक र मानसिक क्षेत्रमा दर्शनको मतलब कुनै बस्तुलाइ ज्ञानको दृष्टीबाट हर्नु, साधनको दृष्टीबाट हेर्नु हो भन्ने बुझिन्छन। दर्शनको अर्थ हो जिवनका निर्देशन शास्त्र।
 कुनै मनुष्य चल्दै छन तर उसको चल्नुको यदि कुनै लक्ष्य छैन भने उसको सबै प्रयास,श्रम व्यर्थ भर्इ जानेछन। कुनै व्यक्तिले जे पनि गर्न सकिन्छन तर उसको सबै उपलब्धी बेकार भर्इ जानेछन यदि उसले आफ्नो लक्ष्यको जानकारी नै छैन वा आफ्नो गन्तव्यको विन्दु नै छैन भने। अत प्रत्येक मनुष्यमा उसमा आफ्नो जिवनको दर्शन हुनु जरूरी छन। यो बिना कुनै पनि सफलताको असम्भव नै छ।  हामीहरूले यो कुरालाइ जहिले पनि ख्याल गर्नु नै प्रथम महत्वपूर्ण मार्ग हो।

२,
सम्यक संकल्पः- यहाँ सम्यक संकल्पको अर्थ हो आत्मविश्वास। म यो काम गरेरै छाडछु। मैले यो कामलार्इ गर्नु पर्छ भन्ने जस्त दृढ आत्मविश्वासले नै मानव जिवनलाइ सफलतामा पुर्र्यादिन्छन।  भगवान बुद्धले यसलाइ नै दोस्रो मार्ग भन्नु भएको छन। यहाँ दोस्रो आवश्यक मार्ग  पनि छन। साधकलाइ आफ्नो जिवनमा लागु गर्नु सक्नु पर्छ।

३,सम्यक वाकः
- कुनै व्यक्तिले जब जिवनको कुनै पनि क्षेत्रमा आफुलाइ व्यक्त गर्दछन  भने उसले आफु माथी सम्यक नियन्त्रण राख्नु सक्नु पर्छ। यसैलाइ सम्यक वाक भनिन्छन।

, सम्यक आजीवाः. एक कुशल व्यक्तिले धैरे सफा र सुग्घार वा पवित्र आजीविका अर्जित गर्न सक्नुपर्छ त्यो आवश्यक्त पनि हो। उसले निकृष्ठ वा अनैतिक तरीका बाट आफ्नो आजीविक अर्जित गर्नु हुदैनन। यो नै चौथो मार्ग हुन।

५, सम्यक व्यायामः
- हामीहरूलाइ थाहा नै छन। प्राय जसो युवाहरूले शरीरलाइ मजबुत (बालियो) बनाउनुको लागि विभिन्न तरीकाको व्यायामहरू  गर्ने गरिन्छन, यो शरीरिरक व्यायाम हो। तर हामीले मानसिक व्यायाम वा आत्मिक व्यायाम पनि गर्नु अवश्याक्त छ।
यो नै सम्यक व्यायाम मार्ग हो।

६। सम्यक कर्मन्तः
- हामीले जब कुनै कार्यको शुरूवात गरिन्छौ, त्यसलार्इ हामीले धेरै कुशलपूर्वक वा राम्रो तरीका बाट त्यो कार्यलार्इ समापन पनि गर्नु सक्नु पर्छ। कुनै पनि कार्यलार्इ अपूर्ण अवस्थामा नछोडौ, कामको समपान राम्रो हुनुपर्छ।
जब हामीले कामको आरम्भ गरियो त्यसलाइ सफलता पुर्वक वा राम्रो  तरीका बाट समापान गर्नुपर्छ। यही सम्यक कर्मन्त हुन।

७, सम्यक स्मृतिः स्मृति के हो?  जब हामीले आफ्नो र्इन्द्रियाबाट जो देखिन्छन, जो सुनिन्छन वा गन्ध लिन्छन हो त्यतिबेला के हुन्छ ? हाम्रो मनको केही स्तरहरूमा विभाजित भर्इ जान्छन। त्यति बेला सम्यक स्मृति के हो भन्ने कुराको ख्याल राख्नु सक्नु पर्छ। इष्ट देवको मन्त्र हमेशा जपिरहनु पर्छ। हामीले कहिले भुल्नु हुदैनन कि बुद्धहरू बुद्धसत्वहरूको स्मरण गर्नु पर्छ जसले गर्दा हाम्रो स्मृतिहरू गलत नहोस।  आफ्नो इष्ट देवको मन्त्र जप्नु नै जम्मै भन्दा ठुलो कर्तव्य हुन।  यँही नै सम्यक स्मृति मार्ग  हो।

८, सम्यक समाधिः जतिबेला हामी कुनैको संगीतको उत्कृष्ठ,मनोरम स्वर
-लहरीलाइ सुन्छौ। त्यतिबेला त्याँह संगीत् हाम्रो मनको बिषय बन्दछन। अनि सुन्ने समयमा हाम्रो बिषय मन त्याँही संगीत भित्र हराउदछन। यहाँ सुन्नले मनको निरूद्धावस्था भयो। यस्तै प्रकारले जब हामी परमसत्ता,परमपुरूषको ध्यान गर्छौ त्यति बेला हाम्रो मन पनि उनिहरू मै  लाग्दछ। यँही नै सम्यक समाधि हो।


यो अष्टांगिक मार्ग आध्यात्मिक साधकहरूको निमिता जीवनका अति नै आवश्यक अंग हो। यसैले हामीहरूले पनि भगवान बुद्भको यो अष्टांगिक मार्गबाट परम आनन्दको प्राप्त गर्नुको निमिता अष्टाङ विधिको पालन गर्नु अनुकरणीय छ।
हामीहरूले हाम्रो मनमा जहिले पनि यी कुराहरूलार्इ याद राख्नु सक्नु नै बोधिचर्याको मार्गमा लाग्नु हो भन्ने बुझिन्छन।   


No comments:

Post a Comment