Pages

Thursday, April 19, 2012

नेपाली अर्थ सहित जयमंगल गाथा।


बाहुं सहस्समभिनिम्मितसायुधन्त,गिरिमेखलं उदितघोरससेनमारं।
दानादि धम्मविधिना जितवा मुनिन्दो, त तेजसा भवतु ते जयमंगलानि।१।  
—जुन मुनिन्द्र तथागतले सुदृढ हतियार त्रारणगरी गिरिमेखल नामक हाती माथी चढी अत्यन्त भयंकर सैन्य सहित भै आएर हजार हात भएका मारलाइ आफ्नो दान आदि धर्मको बलले जित्नु भयो। उनै भगवान बुद्धको आनुभावले मलाइ कल्याण होस।१। 
मारातिरेकमभियुज्झित-सब्बरत्तिं,घोरं, पनालवकमक्खमथद्धयक्ख। खान्ति सुदन्तविधिना जितवा मुनिन्दो।
तं तेजसा भवतु ते जयमंगलानि।२।
—जुन मुनिन्द्र  तथागतले मारले भन्दा चर्को रूपले रातभरी संग्राम गर्ने दुर्धर्ष र कठोर हृदयी आलवक यक्षलाई शान्ति र संयम विधिले जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाइ कल्याण होस् ।२।

नालागिरि जगवरं अतिमत्तभूतं,दावग्गिचक्कमसनीव सुदारूणन्तं। मेत्तम्बुसेकविधिना जितवा मुनिन्दो, तं तेजसा भवुत ते जयमंगलानि।३।

—जुन मुनिन्द्र तथागतले डढेलो,चक्र र विद्युत समान अत्यन्त दारूण र अत्यन्त मदमत्त भएको नालगिरी हातीलाइ मैत्रीरूपी जल सिञ्चनगरी जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाइ कल्याण होस्।३।

उक्खित्तखग्ग-मतिहत्थ सुदारूणन्त,धावं तियोजनपथं-गुलिमालवन्त। इद्धिभिसंखतमनो जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।४।

—जुन मुनिन्द्र तथागतले अत्यन्त भयंकर हातमा खड्ग धारणा गरेका, योजनका योजन दर्गुन सक्ने अंगुलिमाला डांकालाइ ऋद्धिको बलले जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाइ कल्याण होस् ।४।
कत्वान कटठमुदरं इव गब्भिनीया, चिञ्चाय दुट्ठवंचन जनकायमज्झे। सन्तेन सोम विधिना जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।५।
—जुन मुनिन्द्र तथागतले काठको टुक्रा पेटमा बांधी जनसभामा गर्भिणीको भेषलिई दृष्ट वचन बोल्ने चिञ्चामानविकालाई आफ्नो शान्त र सौम्य बलले जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाई कल्याण होस्।५।

सच्च विहाय मतिसच्चकवादकेतुं, वादाभिरोपितमनं अतिअन्धभूतं।। पञ्ञापदीपपजलिलो जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।६।
 —जुन मुनिन्द्र तथागतले सत्य छाडी असत्यबाद पोषण गर्ने अभिमानी वादविवाद परायण र अहंकारले अन्धा भएका सच्चक परिव्राजकलाई प्रज्ञाको ज्यति बाली जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाई कल्याण होस् ।६।  

 नन्दोवनन्दभुजगं विवुधं महिद्धि, पुत्तेन थेरभुजगेन दमापयन्तो। इद्धपधेसविधिना जितवा मुनिन्दो, तं तेजसा भवुत ते जयमंगलानि ।७।

 —जुन मुनिन्द्र तथागतले विविध महान ऋद्धिले सम्पन्न नन्दोपनन्द नागलाई आफ्नो शिष्य मौद्गल्यायन महास्थविरद्धारा आफ्नो ऋद्धिशक्ति र उपदेशको बलले जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाई कल्याण होस्।७।
दुग्गाहदिठ्टिभुजगेन सुदठ्टहत्थं, ब्रम्ह विसुद्धि जुतिमिद्धि बकाभिधानं। ञाणागदेन विधिना जितवा मुनिन्दो, तं तेजसा भवतु ते जयमंगलानि।८।
—जुन मुनिन्द्र तथागतले भयानक।मिथ्यदृष्टिरूपी सर्पद्धारा डंसित,विश्वज्योति ऋद्धि शक्ति सम्पन्न बक नामक ब्रह्मालाई ज्ञानरूपी औषधीद्धारा जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाई कल्याण होस्।८।

एतापि बुद्ध जयमंगल अठ्ट गाथा, यो वाचको दिनदे सरते मतन्दी हित्वान नेकाविविधानि चुपद्दवानि।
मोक्खं सुंख अधिगमेय्य नरो सपञ्ञो।९।
—जुन श्रद्धालु पाठकले यो बुद्धको आठ जयमंङगल गाथा निरालसी भई नित्यपाठ गर्ला। त्यो बुद्धिमान व्यक्तिले नाना प्रकारका उपद्रवहरूबाट मुक्तिभई मोक्षसुख प्राप्त् गर्नेछ।
 स्रोत महापरित्राण 

No comments:

Post a Comment