Pages

Saturday, October 19, 2013

कमल थापको हिन्दुअधिराज्य नेपालको रहस्य!

साच्चै कमल थापा राष्ट्रबादी नै रहेछन! कमल थापको राजतन्त्र सहितको हिन्दुअधिराज्य नेपाल भन्ने एउटा देखाउने रूप मात्रै हो रहेछन।
भित्री रूपमा नेपाललाइ कमल थापाले भारतको एउटा प्रान्त निर्धारण गर्ने हिम्मत समेत गरिएका देखिन्छन। 
राष्ट्रियता एकताको लागि जातीय आधारमा संघीयता र धर्म निरपेक्षता भन्ने आम नेपाली जनताको मागहरूलाइ अस्वीकार गर्नको मुख्य कारण के हो भन्ने कुराहरू यसले स्पष्ट देखाएको छन!
भनिन्छन नि यो दुनियामा तीन कुराहरूलाइ कहिले पनि लामो समय सम्मा लुकाउँनु सकिदैनन्! सुर्य, चन्द्रमा र सत्य।
यस्तै मोदीको आज्ञालाइ शिरोधर्या गर्ने सत्यतालाइ पनि कमल थापालले लामो समय सम्मा लुकाउँनै सकिएनन्! यहाँ कमल थापाको खोक्रो राष्ट्रबादी सोच पनि आज घाम जस्तै छर्लङ्ग देख्न सकिन्छन।

कमल थापाको विदेशी प्रभु नरेन्द्र मोदी र कार्यकर्ताहरू ठाकरेको शिव सेनाको भरमा देशलाइ राजतन्त्र र हिन्दुअधिराज्य नेपाल नै कायम गर्छु भन्नु अर्थ यहाँ- ज्ञानेन्द्रको पैसा लुटदै नेपालीहरूमा भ्रम फैलाउनु मात्रै हुन। 
कुनै पनि वैदिशक अराजकबाद शक्तिको भरमा देशमा राजनैतिक परिवर्तन गर्छु र देशको नेता बन्नु भन्नु नै दोग्लोपन हो।


 
विराटनगर, कार्तिक २ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय नेता नरेन्द्र मोदीले नेपाललाई हिन्दू राष्ट्र बनाउन 
सहयोग गर्ने बताएको खुलासा गरेका छन् । गुजरातका मुख्यमन्त्री मोदी भारतीय जनतापार्टीका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार हुन् ।
वडादशैंको नवरात्रको अवसरमा आर्ट अफ लिभिङका गुरु शिवशंकरको कार्यक्रममा सहभागी हुन भारत गएका थापाले मोदीसँगको भेटको रहस्यका बारेमा विराटनगर विमानस्थलमा संचारकर्मीसँग शनिबार बताएका हुन् ।
मोदीसँग उनकै सरकारी निवासमा करिब एक घण्टा कुराकानी भएको थापाले बताए । मोदीले यस अघि पनि नेपाल हिन्दूराष्ट्र हुनु पर्ने अभिब्यक्ती दिदै आएका थिए । मोदीको हिन्दू राष्ट्रप्रतिको सद्भाव रहेको बताए पनि थापाले थप कुरा बताउन चाहेनन् ।
विश्वका एक अर्ब आठ करोड हिन्दूहरुको भावना नेपाल हिन्दू राष्ट्रकै रुपमा रहोस् भन्ने रहेको थापाको भनाई थियो । संविधान सभाको निर्वाचन नेपालाई हिन्दू राष्ट्र बनाउने अन्तिम अवसर भएकाले आफू प्रत्यक्ष चुनावमा नलडी देशभरि प्रचारमा जाने उनले बताए ।
जातीय आधारमा संघीयता र धर्म निरपेक्षताको विरोध गर्दै आएका थापाले यो निर्वाचनले नै हिन्दू राष्ट्र हुनु पर्छ भन्नेहरुको शक्तीलाई मजबुद बनाउने बताए । राजसंस्थाको पक्षमा राप्रपा नेपाल भएपनि २०६३ भन्दा अघि नर्फकने उल्लेख गर्दै राजसंस्थालाई संविधानमा सम्मान दिने कुरामा आफूहरु लागेको बताए । 

 स्रोत कान्तिपुर समाचार दैनिक दिनांक,२०७० कार्तिक २ गते शनिबार

No comments:

Post a Comment