भगवान शाक्यमुनि तथागत भन्नुहुन्छः- जुन धर्मले वैराग बढाउनुको सट्टा संस्कार बढाउँछ, जुन धर्मले लोभ, असन्तोष, जनाकीर्ण रआलस्य मात्रै बढाउँछ, त्यो धर्म न धर्म् नै हो, न विनय नै हो, न तथागतको शासन नै हो। जुन धर्मले राग घटाउँछ, जुन धर्मले वैराग वियोग, असंस्कार,अलोभ,सन्तोष,एकान्त, वीर्य तथा सु-भरता बढाउँछ त्यो धर्म धर्म हो, विनय हो, तथागतको शासन हो। -तथागत शाक्यमुनि
भगवान बुद्ध भन्नुहुन्छ:- सुखी विवेको तुट्ठस्स सुतधम्मस्स पस्सतो । अव्यापज्जं सुखं लोके पाण भूतसे संयमो।। ;सुखा विरागता लोके कामनं समितिक्कमो। अस्मिमानस्स यो विनयो उतं वे परमं सुखंति ।। अर्थातः "सन्तोषि भएर बस्नु नै सुख हो, धर्म चिन्हेर बस्नु नै सुख हो, प्राणी माथी संयम राखी व्यापाद रहित भएर बस्नु नै सुख हो।कामादि राग अतिक्रमण गरी वैरागी भएर बस्नु पनि सुख हो। म भन्ने अहंकार रहित भएर बस्नु सबैभन्दा ठुलो सुख हो।"
कपिलवस्तु शाक्यहरूको राज्य थियो। जयसेनको छोरा सिह-हनुको शुद्दोधन,धौतोधन,शुक्लोधन,शाक्योधन र अमितोधन भन्ने नाम गरेको पाँच छोराहरू साथै अमिता र प्रमिता नाम भएका दुई छोरीहरू थियो। गोत्र आदित्य थियो। शुद्दोधनको विवाह महामाया संग भएको थियो। महामायाको पिताको नाम अञ्जन र माताको नाम सुलक्षण थियो। अञ्जन कोलिया थियो जो देवदहमा रहने गर्दथे। शुद्दोधन ठुलो योद्धा पनि थियो। जब शुद्दोधनले योद्धाबाट आफ्नो विरताको परिचय दियो त्यतिबेला उहाँले अर्को विवाह गर्न पाउने अनुमति पनि मिल्यो फेरी शुद्दोधनले महाप्रजापति संग विवाह गर्ने भयो। महाप्रजापति महामायाको दिदी थियो। त्यो बेला शाक्य राज्यमा आषाढ माहिनामा एक ठुलो उत्सव मनाउँने गर्दथे। महामायाले यो पर्वलाई एकदम धुमधामको साथ मनाउने योजना बनायो र त्याँही अनुरूप त्यो पर्वको शुभ-अरम्भ भयो। सातौ दिनको व्रत पश्चताप प्रातं:कालमा उठि महामायाले सुगन्धित जलले स्नान गर्नु भयो,चार लाख कार्षायणको दान पनि दिनुभयो साथै उत्कृष्ट गहणहरू लगाउँदै र उत्तम उत्तम भोजनहरू ग्रहण गरेरा सजि सजाउका साथ राज शयनकक्षमा जानु भएको थियो। त्याँही रात शुद्दोधन र महामाया विचमा शरीरिक सम्पर्क भयो र महामायाले गर्भ धारण गर्नुभयो। राती महामायाले सपनामा यस्तो देखियो कि, चतुर्दिक महाराजिक देवताले उहाँलाई शय्या संगै उठाएर लिएर जानु भयो र हिमालयमा एउटा शाल-बृक्षको मुनि राख्नुभयो। त्यसपछि चतुर्दिक देवताको देवी त्याँह आई फेरी उहाँलाइ त्याँहबाट उठाएर मानसरोवरमा लिएर जानु भयो। त्याँह उहाँलाई स्नान गरायो,पवित्र वस्त्र पहिराई दियो, सुगन्धित लेपहरू लगाई दिनुभयो र फूलै फूलमा यति धेरै सजायो जहाँ कुनै दिव्यात्माको स्वागत गरिसकेको थियो। त्यसपछि सुमेध नामको एक बोधिसत्व उहाँको नजिकै आउनु भयो र उहाँले महामाया संग यस्तो प्रश्न गर्नुभयोः “मैले आफ्नो अन्तिम जन्म पृथ्वीमा धारण गर्ने निश्चय गरेको छु।“ के तंपाई मेरो आमा बन्नु स्वीकार गर्नुहुन्छ? महामाया प्रसन्नता हुदै थियो,त्यति बेला उहाँको आँखा खुल्यो झंसङ्ग भयो सपनामा पो थियो। बिहानै महामायाले त्यो रातीको सपनाको सबै बृतान्त शुद्दोधनलाई सुनाउँनु भयो। त्यो सपनाको व्यख्या गर्न शुद्दोधन असमर्थ थियो। शुद्दोधनलाई त्यो सपनाको बारेमा बुझ्ने कौतुहल्त भयो र यसको बारेमा बुझ्नको लागि सपना-बिद्यामा प्रसिद्ध आठ ब्रम्हाणहरूलाई निम्तो दियो। ति थियोःराम,ध्वज,लक्ष्मण,मन्त्री,कोडञ्ज,भोज,सुचाय र सुदत्त। ति ब्रम्हाणहरू शुद्दोधनको दरबारमा उपस्थित भयो र उहाँले ति सबै ब्रम्हाणहरूलाई उत्तम-उत्तम भोजन दान दिएर तृप्ता गरिसकेपछि महामायाले देखेको सपनाको वृतान्त तिनीहरूलाई सुनायो र यसको अर्थ के हो ? भनि बुझाई दिनुको लागि आग्रह गरे। ब्रम्हाणहरूले भनेः “महाराज! निश्चिन्त रहनुहोस, तंपाईको यहाँ एउटा पुत्र पैदा हुनेछन। यदि उ घरमै रहे चक्रवर्ती राजा हुने छन। यदि गृह त्याग गरी सन्यासी भयो भने बुद्ध बन्ने निश्चित छ। जसले गर्दा संसारको अन्धकारको नाश गरी उज्यालो फैलाउने छन।“ त्यसपछि महामायाले दश महिना सम्मा बोधिसत्वलाई आफ्नो गर्भमा बोकिरहे समय-समीप आएपछि उहाँलाई आफ्नो माईती जाने प्रवल ईच्छा जाग्यो। उहाँले आफ्नो ईच्छाको बारेमा पति शुद्दोधन संग अनुरोध गर्न् भयो। शुद्दोधनले महामायाको ईच्छा अनुरूप माईती पठाउने निश्चित गर्नु भयो र अनेकौ सेवक-सेविकाको साथमा उहाँलाइ माईतीमा पठाउनु भयो। देवदह जाने मार्गमा नै महामायाले शाल-बृक्षहरूको एक उद्धानमा बास बास्नु पर्ने भयो। जहाँ कुनै बृक्षहरू पुष्पित थियो भनेक कुनै अपुष्पित थियो। त्याँही उद्धानलाई त्यो बेला लुम्बिनी वन भनेर भन्ने गर्थे। ( हाल नेपालमा पर्द्छन जो बिश्व प्रसिद्ध छन। बुद्धको जन्मस्थल लुम्बिनीको नामबाट पनि नेपाललाई चिन्ने गरिन्छन।) त्यो समयमा लुम्बिनी वनमा नै समय गुजार्दै थियो त्यति बेला लुम्बिनी बन पुरै दिव्य चित्र-लता जसरी अथवा कुनै प्रतापी राजाको अगमानमा सुसाज्जित गरेको जस्तै गरि प्रतीत भएको थियो। सबै बृक्षहरू जरा देखि लिएर हाँगाहरू पुरैमा फूल र फलहरूले लटरम्म लर्किरहेको र त्याँह विभिन्न रंगका भमंराहरू गीत-गुण्जान गरीरहेको थियो। त्याँहको त्यस्तो मनोरम दृश्य र बातबारण देखेर महामायाको मनमा त्यो ईच्छा उत्पन्न भयो बाहिर केहि समय रहौ र सुन्दर जल क्रिडा गरौ भन्ने। त्यसपछि उहाँ आफ्नो विश्राम कक्षाबाट बाहिर निस्कनु भयो र जल क्रिडा गरी एउटा एकदाम सुन्दर शाल-बृक्षको नजिक जानुभयो। जहाँ मन्द पवनहरू चलिरहेको थियो। जुन शाल-बृक्षको हाँगाहरू तल माथी हुदै चलिरहेको थियो। ति माध्येको एक हाँगालाई समाउने मन भयो महामायालाई भग्यवश एउटा हाँगा महामायाको नजिकै आईपुग्यो तिनै हाँगालाई समाउँदै हातको बलमा महामाया खडा भयो। हाँगा महामायाले समाउने बितिकै तुरून्तै माथितिर गयो जसको झटकाले गर्दा उहाँलाई प्रसव-वेदनाको आरम्भ भयो। त्याँही शाल-बृक्षको हाँगालाई समाएर खडा भएरै नै महामायाले पुत्र लाभ गर्नु भयो। जुन दिन ई. स. ५६३ को बैशाष मासको शुक्ला पक्षको तिथि थियो