Pages

Tuesday, June 19, 2012

राजगिरि





"नालागिरि जगवरं अतिमत्तभूतं,दावग्गिचक्कमसनीव सुदारूणन्तं। मेत्तम्बुसेकविधिना जितवा मुनिन्दो, तं तेजसा भवुत ते जयमंगलानि"




जुन मुनिन्द्र तथागतले डढेलो,चक्र र विद्युत समान अत्यन्त दारूण र अत्यन्त मदमत्त भएको नालगिरी हातीलाइ मैत्रीरूपी जल सिञ्चनगरी जित्नुभयो। उनै भगवान बुद्धको आनुभावले मलाइ कल्याण होस्।
यो माथी हरफ जयमंगल गाथाको तेस्रो स्थुति हुन। 



राजगिरी हस्तिखालामा नालागिरि नाम गरेको एकदम शक्तिशाली हात्ती थियो। जब भगवान बुद्ध भिक्षाटनको लागि शहरमा निस्कनु भएको थियो त्यति नै बेला देवदत्तले त्यो हातीलाइ छोडिदियो।
शहरका मानिसहरू हातीलाइ देख्ने बितिकै दौडधुप गर्दै ज्यान जोगाउँने तिर लागि तर भगवान भने आफ्नो बाटो छोडनु भएनन अघि बढदै जानु भयो । भिक्षुहरूले भगवान बुद्धलाइ बाटो छोडनु भने तर उहाँले बाटो छोडनु भएनन। हाती क्रोधले व्याकुल थियो।
भगवानले हातीको क्रोधलाइ करूणाको माध्यमबाट शान्त पर्नु भयो। जब हाती भगवान बुद्धको सामुन्ने आइपुगे हातीले अगाडी दुइटै घुडा टेक्दै भगवानको चरणको धुलो सुडँले सफा गर्नु भयो।
भगवान बुद्धले हातीलाइ करूणाका साथ थाप्लोमा थम्थामाउँनु भयो। नालागिरीले भगवान बुद्ध माथी आक्रमाण गर्नुको अलबा चरणमा ढोग गर्दै फर्कियो।
यो देवदत्तको भगवान बुद्धको हत्या गर्ने योजना माध्येको एक योजना थियो।
स्मारण रहोस बुद्धधर्मलम्बीहरूको लागि यो "राजगिरी" धर्मिक तिर्थयात्रा माध्येको एक पवित्र तिर्थस्थल हुन।

No comments:

Post a Comment