Pages

Sunday, April 22, 2012

म हुँ शिला

sheela Thokar




 म  हुँ शिला
 इमान इज्जातको के कुरा
पैसा र बैशको छ यहाँ लिला
शिकार खैल्दै बिगार गरे
बन्धन बाँध्दै तोडि हेरे
त्यो भन्दा अरू मैले के गरे।


उच्चा शिक्षा, निच व्यवहार
दुराचार यो भएर के भोर
मेरो लागि नारीतत्व के होर
बाँच्नु छ यहाँ
गन्तव्य त्यो कहाँ
इमान इज्जातको कुरा किन गर्ने यहाँ?
म कहाँ तिमी कहाँ
जाँह छोडे, त्याँही बाटै अर्कै रोजे
यो बिरानो ठाँउमा कसले
को हो भनि  सोध्ने यहाँ।

लुटे ढाँटे परदेश लागे
कतिको पछि लागे
कतिलाइ छाडे
यो के होर
यँही नै त भयो मेरो व्योहोरा
न नाता, न चिन्छ कसैले
मैले जे गरे नि के भोर
जिन्दगी बाँच्नु छ
किन लगाउँनु त्यो इज्जतको बोरा।

शिक्षा उच्च, विचार निच्च
व्यवहारमा दुराचार
यस्तै भयो मेरो संसार
हारे तिम्ले जिते मैले
सत्य तिम्रो मिथ्य भयो
यसैले त तिम्रो जिवन तितो रहियो।



No comments:

Post a Comment