Pages

Wednesday, April 25, 2012

धर्म श्रवण गर्दा ध्यान दिनु पर्ने तीन मुख्यकुराहरू


१ धर्म श्रवण गर्ने समयमा, आफनो श्रोत्र विज्ञान अरू ठाँउमा नभुली धर्मभास्यका ति शब्द्धलाइ ध्यान लागई सुन्नु पर्छ। त्यसरी सुनेन भने घोप्टयाएको भाँडोमा रस हालेको जस्तै शरीर र धर्मदेशना गर्ने ठाँउमा भए पनि धर्मको एउटा पनि शब्द्ध आफुले सुनिदैनन।
२ त्यसरी सुनेको धर्म त्यो पनि बुझेको र सुनेको भरमा चिन्तन मनन् गरी धारण गरेनन भने पिंध प्वाल परेको भाँडोमा जति रस हाले पनि नअडिने धर्म श्रवण जति गरे पनि मन लगाएर अभ्यास गर्न जान्दैनन।
३ धर्म श्रवण गर्ने समयमा आफु ठुलो हुने र नाम राख्न चाहने आदि दोषयुक्त बिचारले सुन्ने वा राग,द्भेष र मोह आदिमा पन्चविषको कल्पनासंग मिश्रित भई सुनेमा धर्मले मनलाई काम नलाग्ने मात्र नभई धर्म पनि अधर्म हुन्छ र विषयुक्त भाँडोमा मिठो रस हालेको जस्तै हुनेछन।

नोट:- धर्म श्रवण गर्ने समयमा बाँसुरीको अवाजमा मोहित मृगलाइ छेऊबाटै शिकारीले बिषयुक्त तीर हान्दा पनि थाहा नपाएको जस्तै एकाग्रचित भई धर्म श्रवण गर्दा शरीरको रौ ठाडो परि ऑखामा ऑशु बगाइ दुई हात जोडी अरू बिकल्पको व्यवधान नपारिकन सुन्नु पर्दछ।

No comments:

Post a Comment