Pages

Monday, April 30, 2012

*दश पारमिता*


१) शील पारमिता तिन प्रकारका छन।
   १ कु-कार्यबाट टाढा रहने ।
   २ कुशल गुणको संग्रह गर्ने।
   ३ प्राणीहरूको कल्याण गर्ने
२) दान पारमिता तीन प्रकारका छन।
   १ धर्म उपदेश दान ।
   २ भौतिक बस्तुहरूको दान।
   ३ भयबाट सुरक्षाको दान ।
३) क्षान्ति पारमिता तीन प्रकारको छन।
   १ संसार त्याग गर्दाखेरि सहनु पर्ने कस्टबारे सरोकार नराख्ने।
   २ प्राणीहरूको कल्याण गर्दा पर्ने कस्ट
     ३ धर्मप्रति आत्मविश्वासको क्षान्ति।
४) विर्य पारमिता तीन प्रकारको छन।
  १ महायानको उपदेशलाइ लागु गर्ने विर्य पारमिता।
  २ कस्टहरूलाइ हटाउने कवचको विर्य पारमिता।
  ३ त्रुटिबिहिन सर्बज्ञ बुद्भत्व प्राप्त गर्ने कठोर विरताको विर्य पारमिता।
५) ध्यान पारमिता तिनप्रकारको छन।
   १ सही लौकिक पथमा ध्यान एकाग्र गर्ने ध्यान पारमिता।
   २ लोकोत्तर पथमा ध्यान एकाग्र गर्ने ध्यान पारमिता।
   ३ ध्यान र ती दुबैलाइ केन्द्रित हुने सामान्य ध्यान पारमिता।
६) प्रज्ञा पारमिता तिन प्रकारको छन।
   १ संस्कार बस्तुहरूलाइ केन्द्रित गर्नुबाट टाढा छ भनेर महसुस गर्ने प्रज्ञा ।
   २ नैसर्गिक प्रकृति केन्द्रित गर्नु बाट टाढा छ भनेर महसुस गर्ने प्रज्ञा।
   ३ घटनहरू द्भैधता भन्दा टाढा छन भनेर केन्द्रित गर्ने र शब्द, विचार वर्णनबाट
   टाढा छन भनेर महसुस गर्ने प्रज्ञा।  
७) वल पारमिताः- गुणहरूलाइ करूणाको प्रकृतिकद्भारा सजाइएको शून्यताबारे ज्ञान संग            छुटयाउने रचनालाइ निर्मूल पार्नु वल पारमिता हो।
८) उपायको पारमिताः- देव र मानवको अवस्था प्राप्त गर्ने अभिलाषा नराखी अनुत्तार सम्यक् सम्बोधिका गुणहरू प्राप्त गर्नुको लागि अभ्यास गर्नु उपाय पारमिता हो।
९) प्रविधानको पारमिताः- म लगायत सम्पूर्ण वास्तविक अर्थलाइ साक्षात्कार गरौ भन्ने चिताउनु प्रविधान पारमिता हो।
 १०) ज्ञानको पारमिताः- शुरूवात देखि नै तिम्रो मनको सारतत्वमा यस ज्ञानको प्रकृति     रहेको थियो भन्ने तथ्यलाइ पहिचान गर्नु् ज्ञान पारमिता हो।
नोटः पारमिता भनेको त्यो हो जसले हामीलाइ संसारको सागरबाट अर्को किनारमा परायाउनुको लागि कारक बन्छ।

No comments:

Post a Comment