Pages

Sunday, April 29, 2012

बोधिसत्व मञ्जुश्रीको उपदेशहरू(बोधिसत्व भूमिमा प्रवेशको लागि)















बोधिसत्व भूमिमा प्रवेश गर्नुको निमिता यी दश् नियमलाइ पालना गर्नुहोसः
१,सबै तथागतहरूको दर्शन गर्न,सेवा गर्न,पुजा गर्न एंव सामु उपस्थित हुनु दिक्क नमान्नु।
२,सबै कुशल कर्महरू संचय गर्नु पछि नर्पनु दिक्क नमान्नु।
३,बुद्ध वचन रूपी धर्मलाइ दिक्क नमानी जान्नु खोज्नु दिक्क नमान्नु।
४,सबै बुद्धबोधिसत्वहरूले पालना गर्नु पर्ने दान, शील अादि पारमिताहरूको अभ्यास गर्नु दिक्क नमान्नु।
५,सबै बोधिसत्वहरूको समाधि प्राप्त गर्न दिक्क नमान्नु।
६,भूत, भाविष्यत्,वर्तमान् तीनै कालका परम्परामा लाग्नु दिक्क नमान्नु ।
७, दशै दिशाका सबै बुद्धक्षेत्र समुन्द्रहरूलाइ मनले स्मरण गर्नु दिक्क नमान्नु।
८,सबै सत्व प्राणीहरूलाइ बुद्ध बनाउन संकू भन्ने कार्यमा दिक्क नमान्नु।
९,सबै क्षेत्रहरूमा कल्प कल्पसम्म बोधिसत्व चर्या पालन गर्नु दिक्क नमान्नु
१०, सबै बुद्ध क्षेत्रका परमाणु समान पारमिताको अभ्यास गरेर एउटा मात्र प्राणीलाइ उद्धार गर्न सके भने पनि असलै हो भन्ने चिताइ सबै लोक धातुलाइ उद्धार गर्न एउटै तथागतको बलले पनि सकिन्छन भन्ने भावना गर्न दिक्क नमान्नु।
उपयुक्त दश नियम पालना गरेमा बोधिसत्व भूमि र तथागत भूमिको सामु पुग्न सकिन्छन।

No comments:

Post a Comment