Pages

Wednesday, March 2, 2016

त्रैविद्धसुत्र

बुद्ध धर्म वैज्ञानिक धर्म हो। बुद्ध धर्म सैदान्तिक सुत्रमा अाधारित गणतिय धर्म पनि हो। यो धर्म अन्धाविश्वास प्रति विश्वास गर्दैनन्। साथै प्रमाण र अाधारको अाधारमा यो धर्म अाधारित छन। साथै यो धर्मले अ-प्रमाणिकताको अाधारमा अाधारित कुराहरूलाइ अस्वीकार गर्छन। अाउनुहोसः बुद्ध कालिन समयमा घटेको एउटा घटनाको बारेमा बुझाै र मनन् गराैः-
-"त्यो बेला भगवान बुद्ध पाँच सय भिक्षुहरूका साथमा कोशल राज्यमा चरिका गर्दे मनसाकट भन्ने कोशल ब्राम्हणहरूको गाउँमा पुग्नु भएको थियो। भगवान बुद्ध मनसाकटको उत्तरपट्टिको अचिरवती नदीको किनारको अम्रवानमा बस्नु भएको थियो। 
त्यतिबखत धेरै नै नामुद धनीकुल(महाशाल) का ब्राम्हणहरू मनसाकटमा बसेका थिएँ। तिनीहरूका नाम चाङ्गी,तारूक्ष,पुस्कारसाती,जानुस्रोणी र तोदथ्य ब्राम्हण साथै अन्य धेरै धनी कुलका ब्राम्हणहरू थियो। तिनीहरूलाइ त्रैविद्य ब्राम्हण भन्थे।
त्यतिबेला वाशिष्ट र भारद्रवाज माणवहरूमा बिचमा यस्तो कुरा भयो र वाशिष्ट माणवले भनेः "यँही सोजो मार्ग हो,यो मार्गले नै ब्रम्हा कहाँ पुर्र्याउँछन र यँही मार्गले नै ब्रम्हा सहबासमा पनि पुर्र्याउछन। जुन पुष्करसाती ब्राम्हणले बताएका छन।" 
फेरी भारद्वाज माणवले भनेः "होइनन्, त्यो मार्ग सोजो मार्ग हो, त्याँही मार्गले ब्रम्हा कँहा पुर्र्याउने छ र त्याँहीमा ब्रम्हा सहबासमा पुग्ने छन। जुन मार्ग तारूक्ष ब्राम्हणले बताएका छन।"
यहाँ दुवै जनाको कुरा नमिले पछि वाशिष्ट ले भारद्वाज माणवलाइ भनेः " हे भारद्वाज ! यति बेला भगवान बुद्ध मनसाकटको उत्तरपट्टि अचिरवती नदीको किनारको अाम्रवानमा बस्नु भएको छन। उहाँको यस्तो कल्याण किर्ति फैलिएका छ- 'उहाँ भगवान अरहत् सम्यक् सम्मबुद्ध हुनुहुन्छ।' अब हामी त्याँह जाअाै र यो कुराहरूको बिषयमा उहाँ सँग नै सोधाैं। उहाँले जे भन्नुहुन्छ त्यो नै स्वीकार गराै।"
भारद्वाज माणवले हुन्छ भनि वाशिष्ट माणवको कुरा स्वीकार गरे।
अनि दुवै जना भगवान बुद्ध कहाँ पुगे। दुवै जनाले भगवानको दर्शन गरे पछि एक छेउमा बसे र वाशिष्ट माणवले भगवान सँग त्यो कुरा राख्योः"भगवान ! 'मैले जुन पुष्करसाती ब्राम्हणले बताएको मार्ग नै सोजो मार्ग हो। त्याँही मार्गले ब्रम्हा कहाँ पुर्र्याउँछन। र ब्रम्हा सहबासमा पुर्र्याउँछन भने।' त्यस्तै भारद्वाज माणवले भन्नु भो कि, 'जुन मार्ग तारूक्ष ब्राम्हणले बताउँनु भएको छः त्यो मार्ग नै सोजो मार्ग हो।त्याँही मार्गले ब्रम्हा कहाँ पुर्र्याउँछन। र ब्रम्हा सहबासमा पुर्र्याउँछन।' यस विषयमा हाम्रो बिचमा बिग्रह,विवाद र नानाबाद भएको छ।" 
भगवान ! हामीलाइ कुन मार्ग सोजो,कुन मार्गले ब्रम्हा कँहा पुर्र्याउँछन र कुन मार्गले ब्रम्हासहबास गराउँछन?
भगवान बुद्धः "हे वाशिष्ट! यँही मार्ग सोजो छ। यँही मार्गले त्याँह ब्रम्हा कहाँ पुर्र्याउँछ। र, यँही मार्गले ब्रम्हासहबासमा पनि पुर्र्याउँन सक्छ। जुन मार्ग पुष्कारसाती ब्राम्हणले बताएका छन। र, त्यस्तै तारूक्ष ब्राम्हणले बताएको मार्गमा तिमीको विचमा केमा विग्रह,विवाद र नानाबाद भयो त ?"
''भो भगवान ! मार्ग र अमार्गको बारेमा। जस्तै एेेत्तरिय,तित्तिरिय,छन्दोग र बह्वरिज्झ ब्राम्हणहरू थरी-थरीका साधन(मार्ग) बताउँछन। तापनि ति सबै मार्गले त्याँही ब्रम्हाकहाँ पुर्र्याउँछन र ब्रम्हासहबासमा पुर्र्याइ दिन्छन।जस्तै कुनै गाउँ वा निगमको नजिक धेरै थरीका बाटो भएर पनि ति सबै बाटोले सोही गाउँ वा निगमा पुर्र्याइ दिन्छन। ति सबै ब्राम्हणले बताएको मार्गले पनि ब्रम्हासहबास मै पुर्र्याइ दिन्छन।"
भगवान बुद्धः "हे वाशिष्ट ! पर्र्याउँछ भन्छाै त ?"
वाशिष्टः "भो भगवान ! हो, पुर्र्याउँछ भन्छ।"
भगवान बुद्धः "हे वाशिष्ट ! साँच्चै पुर्र्याउँछ भन्छ त ?"
वाशिष्टः "हो, साँच्चै पुर्र्याउँछ भन्छ भगवान !"
भगवान बुद्धः "हे वाशिष्ट ! के ति त्रैविद्य ब्राम्हणहरूका बीचबाट ब्रम्हालाइ कसैको अाँखाले देखेका वा साक्षात्कार गरेका कुनै ब्राम्हण छन त ?"
वाशिष्टः "भो भगवान ! छैन।"
भगवान बुद्धः "हे वाशिष्ट ! त्रैविद्य ब्राम्हणहरूका सातपुस्ता सम्माका कुनै अार्चाय महायुगलका बिचबाट ब्रम्हालाइ अाफ्नै अाँखाले देखेका वा साक्षात्कार गरेका कुनै ब्राम्हण छ त ?"
་वाशिष्टः "भो भगवान ! छैन।"
भगवान बुद्धः "हे वाशिष्ट ! के त्रैविद्य ब्राम्हणहरूका पुर्वाज ऋषि मन्त्रकर्ता र मन्त्र प्रर्वतक ऋषिहरू जो थिए। तिनीहरूकै पुराना मन्त्रपद,गीत प्रोत र संहिताहरूलाइ यो हालको अष्टक,वामक,वामदेव,विश्वमित्र,यमदग्नी,अग्नीरस,भारद्वाज,वाशिष्ट,कश्यप र भुगु अादि ब्राम्हणहरू सोहि अनुगायन,अनुभाषण र अनुवाचन गर्दछ। उनीहरूले भनेको छन कि, हामीले जानेको छाै। हामीले देखेको छाै। कहाँ ब्रम्हा छन। र, कुन ठाउँमा ब्रम्हा छ?"
वाशिष्टः "भो भगवान ! छैन।"
भगवान बुद्धः "हे वाशिष्ट! त्यस्तो भए त्रैविद्य ब्राम्हणहरूका बिचबाट एक जना ब्राम्हणले पनि ब्रम्हालाइ अाफ्नै अाँखाले साक्षात्कार गरेको रहेनछ। एक जना अार्चार्यले पनि अाफ्नै अाँखाले साक्षात्कार गरेको रहेनछ्। र एक जना सातपुस्ता सम्माका ब्राम्हण अाचार्यले पनि ब्रम्हालाइ अाफ्नै अाँखाले साक्षात्कार गर्न सकेको रहेनछ्न। यस्तो हुदाँ त्रैविद्या ब्राम्हणहरूले भनेको कुराहरू सबै अ-प्रमाणिकता पुगेको सिद्ध हुन्छ।"
" हे वाशिष्ट ! त्रैविद्य ब्राम्हणहरू जसले जानेको छैनन्। जसले देखेको छैनन्। तैपनि यँही मार्ग सोजो हो। यँही मार्गले त्याँह पुर्र्याउँछ। र, यँही मार्गले ब्रम्हासहबासमा पनि पुर्र्याउँछ भनि उपदेश दिनु गलत हो। जस्तो कि, अन्धुवेणु परम्पराका मानिस माध्येबाट न अघिल्लोले देख्छ। न माझकोले देख्छ। र न पछिल्लोले देख्छ। त्रैविद्य ब्राम्हणहरूको भनाइ पनि त्यस्तै छ।"

No comments:

Post a Comment