Pages

Wednesday, November 12, 2014

भगवान बुद्धको भनाइमा ब्राम्हण के हो ?

एक समयमा भगवान बुद्ध सावत्थीको पुब्बाराममा बस्नुहुन्थ्यो। त्यो समयमा वासेठ्ट र भारद्धाज नाम गरेको दुई ब्राम्हणहरू प्रव्रज्या लिने दृष्टीले भिक्षुहरूको संगै परिवास गरिन्थ्यो। 
एक दिन भगवान बुद्धले वासेठ्टलाई सोध्योः ‘तिमी ब्राम्हण कुल देखि प्रव्रज्य लिनको लागि आएको छ। कतै यसको कारणले गर्दा ब्राम्हणहरूले तिम्रो निन्दा अथवा विरोध त गर्देनन्?’
वासेट्ठले भने- ‘यिनीहरूले त भन्ने गर्छन कि ब्राम्हण नै श्रेष्ठ बर्ण हो,अरू बर्ण हिन हो।ब्राम्हण नै शुक्ल(उज्यलो) बर्ण हो,अरू बर्ण कृष्ण(कालो) हो। ब्राम्हण मात्रै शुद्ध हुन्छ,अ-ब्राम्हण हुदैनन। ब्राम्हण नै ब्राम्हको मुखबाट उत्पन्न भएको पुत्र,ब्राम्हजात,ब्राम्हनिर्मित तथा ब्रम्हादायाद हो।यो मुन्डन श्रमण निच,कृष्ण,भष्ट्र र ब्राम्हको पैदालबाट उत्पन्न भएको हुन। यो उचित छैन कि तिमीहरू श्रेष्ठ बर्ण छोडेर नीच बर्णको होस।'
यसरी नै ब्राम्हमणहरूले हाम्रो निन्दा र विरोध गरिरहन्छन।‘

यस पछि भगवानले भन्नु भयो- यी ब्राम्हणहरू पुरानो कुराहरूलाई भुल्लेको कारणले गर्दा नै यस्तो भनेको हो।
क्षेत्री,ब्राम्हण,वैश्य र शुद्र गरी चार बर्णहरू छन।यो सबै बर्णमा कृष्ण र शुक्ल धर्महरू गर्नेहरू-दुवै प्रकारका मानिसहरू भेटिन्छन।अनि यहाँ कसरी ब्राम्हणले भन्न सकिन्छन कि ब्राम्हण मात्रै श्रेष्ठ वर्ण हो? विद्धानहरू यस्तो मान्दैनन, किनकी यी चारै बर्णहरूमा जो भिक्षु अरहंत,क्षीणाश्रब,ब्रम्हाचारी,कृतकृत्य,भारमुक्त,परमार्थ-प्राप्त,शिथिल भव-बंधन भएको र सर्वोत्कृष्टज्ञानको कारण विमुक्त भएर जान्छ। त्यो नै सबै भन्दा अगाडी बढेर जान्छन।
भगवानले अझै सम्झाउदै भन्नु भयो कि, धर्म नै मनुष्यमा श्रेष्ठ हो। जो कोहिलाई तथागतमा अटूट श्रद्धा हुन्छ, त्यसलाइ कुनै पनि श्रमण,ब्रम्हाण,देव,मार,ब्रम्हा वा संसारको अन्य केही शक्तिहरूले पनि केहि गर्न सक्दैनन।
उसले यहाँ त्यो भन्नु ठिक हुन्छ कि, "म भगवानको मुखबाट उत्पन्न भएको हो। धर्मबाट उत्पन्न,धर्म-निर्मित र धर्म-दायाद पुत्र हो।"
किनकी- धर्म-काय,ब्रम्हा-काय,धर्म-भूत,ब्रम्हा-भूत- यो सबै तथागतकै नाम हो।

त्यस पछि भगवानले प्रलय पछि सृष्टीको क्रमिक विकास र प्राणीहरूको क्रमिक अवनतिको विस्तारपुर्वक वर्णन गर्नुभयो।
प्राणीहरूको नैतिक पतनको उल्लेख गर्नुहुदै उहाँले भन्नु भयोः जब स्थिति यहाँ सम्मा बिग्रेको थियो कि, मानिसहरूले धान खेतको भागबण्डा गरी आ-आफ्नो भाग बनायो। तर कुनै-कुनै लोभीहरूले आफ्नो भागको बचाएर अरूको भागको चोर्न थाले। धेरै पटक सम्मा ती चोरी गर्नेहरूलाई चेतावनी दिदा पनि उसको प्रावृतिमा कुनै पनि सुधार आएनन। सुधार नआए पछि मान्छेहरूले तिनीहरूलाई हातले, लातले,लाठ्ठीले कुटपिट गर्न थाले। त्यस पछि नै यहाँ, चोरी,निदां,मिथ्या-भाषण र दण्ड-कर्म हुन थाले।
त्यति बेला ति प्राणीहरूलाइ त्यो अहसास भयो कि हामीमा पाप जागा भएको छ। जसले गर्दा हामीले चोरी,निदां,मिथ्या-भाषण र दण्ड कर्म गरिन्छ।

अतः तिनीहरूले त्याँह पाप कर्मबाट मुक्ति हुनाको लागि एउटा यस्तो प्राणीको चयन गरे। जसले क्रोध गर्ने योग्य कुरामा क्रोध गर्ने,निंदनीय कर्मको निदां गर्ने र निकाल्नु पर्नेलाई निकाली दिने। त्यसको लागि तिनीहरूले उसलाई आफ्नो धानको केहि अंश् दिने निर्णय गरे।
तत्पश्चात ति प्राणीहरूले यो कामको लागि आफुहरूमा सुन्दर,सुरूप,प्रासादिक र महाशक्तिशी व्यक्तिको चयन गरे।
जसले ठिकले उचितानुचितको अनुशासन गर्न लगाउन थाले। मान्छेहरूले उसलाई आफ्नो धानको केही हिस्सा पनि दिन लागे।
महाजनहरूबाट नै सम्मत भएकोले गर्दा उसको नाम 'महासम्मत' भयो। क्षेत्रको नै अधिपति भएको हुनाले गर्दा उसको नाम 'क्षेत्री' रहनु गयो। धर्मबाट अरूलाइ रन्जन गर्ने हुनाले नै उसको नाम 'राजा' रहनु गयो।

त्यति बेला तिनै प्राणीहरूमा कुनै-कुनैको मनमा यस्तो भयो कि, हामीले पाप गरेको छ। जस्तै कि हामीले चोरी,निंदा,मिथ्य-भाषण र दण्ड कर्महरू गरे। अतःहामी पनि यो पापहरू गर्न छोडै। तिनीहरूले पाप गर्न छाडे। त्यसैले तिनीहरूको नाम 'ब्राम्हण' रहनु गयो।
तिनीहरू जंगलमा पर्णकुटी बनाएर ध्यान गरेर बस्न थाले। त्यसलै यिनीहरूको नाम 'ध्यायक' भयो। तिनीहरूमा केहि मानिसहरूले ध्यान पुरा गर्न नसेको कारणले गाउँ वा शहरको नजिक आएर ग्रन्थहरू बनाएर बस्न थाले। ध्यान पुरा नर्गनको कारणले गर्दा तिनीहरूको नाम 'अ-ध्यायक' भयो।
त्यो समयमा यस्तो व्यक्तिलाई हिन सम्झिन्थे। आज त्यसलाई श्रेष्ठ सम्झिन्छन।

त्याँही प्राणीहरूमा कोहिले मैथुन-कर्म गर्दे अलग-अलग काममा लागे। तिनीहरूको नाम 'वैश्य' भयो।
जो बचेको प्राणीहरू थिए। तिनीहरू क्षुद्र आचारका थियो। त्यसैले तिनीहरूको नाम 'शुद्र' भयो।

क्षेत्री,ब्रम्हाण,वैश्य र शुद्र यो चार मण्डलहरू देखि नै श्रमण-मण्डलको उत्पति हुन्छ। परंतु इहलोक तथा परलोकमा 'मनुष्यमा धर्म नै श्रेष्ठ हो'।

-जो कोहि क्षेत्री होस वा ब्रम्हाण, या वैश्य, या शुद्र, या श्रमण,यदि उ काया,बाणी र मनले दुराचार गर्छ। मिथ्या-दृष्टी राख्छ भने, मृत्यु उपरान्त नर्कमा नै पैदा हुन्छ।
-काया,बाणी र मन देखि सदाचार राखेर,सम्यक दुष्टी राख्छ भने त्यो मृत्यु उपरान्त स्वर्गमा पैदा हुन्छ।
-काया, बाणी र मनमा दुवै प्रकारको कर्म गरेर मिश्रित दुष्टी राख्छ भने उसले मृत्य उपरान्त सुख.दुख दुवै भोग्छ।
-यदि सैतिस बोधिपक्षिय धर्मको भावना गर्छन भने उ यसै लोकमा निर्वाण प्राप्त गर्दछ।

-चारै वर्णमा जो भिक्षु अरहंत,क्षीणाश्रव,ब्रम्हाचारी,कृतकृत्य,भारमुक्त,पारमार्थ-प्राप्त,शिथिल भव-बन्धन र सर्वोत्कृष्टज्ञान को कारण मुक्त हुन्छ। त्यो नै उनिहरूमा सबै भन्दा श्रेष्ठ हुन्छ।
'धर्म नै मनुष्यमा श्रेष्ठ हो-इहीलोकमा पनि परलोकमा पनि।'
गोत्र लिएर हिडने मान्छेहरूमा क्षेत्री श्रेष्ठ हुन्छ। बिध्या र आचरणले युक्त देव र मनुष्यमा श्रेष्ठ हुन्छ।
-अग्गसुत(सुत्तसार दीघनिकाय)

No comments:

Post a Comment