Pages

Wednesday, June 4, 2014

'तथागत केबल (धम्म) मार्ग बताउँने मात्रै हो'


एक समयमा भगवान बुद्ध श्रावस्तीको मिगारमाताको पुष्वाराममा विहार गरिरहनु भएको थयो। धम्मको ज्ञान प्राप्त गर्न र भगवान बुद्धको उपदेशहरू सुन्नको लागि मोग्गालन नाम गरेको ब्राह्मण लेखाकार पनि प्राय जसो त्याँह अाइरहन्थे।
उ एक दिन अलि चाँडै त्याँह अाइपुग्यो र भगवान एक्लै भएको अवसरमा यो सोधे- भगवान! मेरो मनमा यो प्रश्न उठिरहन्छ कि, तंपाइ संग एकदम टाढा टाढाबाट अाएका केहि व्यक्तिहरूले थोरै समयमै परम ज्ञानको सुख प्राप्त गर्छन तर यहाँ धेरै लामो समय देखि तंपाइको निकट रहेर पनि धेरैले त्यो सुखको प्राप्त गर्न सकेको छैन। तंपाइ जस्तो अद्भुत शिक्षक र पथप्रदर्शक भएर पनि केहीले मात्रै निर्वाण सुख प्राप्त गर्छन, अरूले गर्देनन।
भगवान! तंपाइको करूणाले यो सबैलाइ तंपाइ किन निर्वाणको सुख दिएर यो भवसागर बाट मुक्ति गर्नु हुन्न?
भगवान बुद्धले मोग्गालनलाइ सोधे- ब्राह्मण, म तिमीलाइ तिम्रो यो प्रश्नको उत्तर दिने नै छु। तर पहिले मलाइ तिमी यो भन कि, तिमीलाइ राजगिरिको अाउने-जाने बाटोहरू त राम्रै संग थाहा छ नि ?
मोग्गालनले उत्तर दियो-गेोतम, अवश्य पनि राजगिरीको अाउने-जाने बाटोहरू मलाइ निश्चित रूपमा राम्रो संग थाहा छ।
भगवान बुद्धले फेरी सोध्नुभयो- अब तिमी मलाइ भन् यदि कुनै मान्छे अाएर तिमी संग राजगिरीको बाटोहरू सोध्छ र तिमीले बाटोहरू पनि सही रूपमै बताउने छ। तर उ त्यसलाइ छोडेर अर्के बाटोमा जान्छ। जस्तै तिमीले उसलाइ पुर्वमा जानुको लागि भनेको थियो। तर, उ पश्चिम तिर जान्छ। अनि उ राजगिरीमा पुग्छ कि कहाँ?
फेरी त्यस्तै अर्को मान्छे पनि अाउँछन र उ, पनि तिमीसंग त्याँही बाटोको बारेमा सोध्छ। र तिमी त्यसलाइ पनि पहिलाको लाइ जस्तै ठीक-ठीक त्याँही बाटोहरूको बारेमा बताउँने छ। र उ, तिमी भनेको बाटोको अनुसरण गर्दे सकुशल राजगिरमा पुग्ने छ।
यदि पहिलो व्यक्तिले पनि तिमीले बताएको बाटोहरूको अनुसरण गरेनन् त त्यसमा तिम्रो के दोष ?
मोग्गालनले भने-भगवान, यदि पहिलो व्यक्तिले मेरो कुराहरूमा ध्यान दिएनन् त म के गर्न सक्छु ? मेरो काम त केबल बाटोहरू बताउँने मात्रै हो।
भगवान बुद्धले भन्नुभयो- हो ब्राम्हण, तथागतको काम पनि केबल (धम्म) मार्गहरू मात्रै बताउने हो।

No comments:

Post a Comment