Pages

Wednesday, April 4, 2012

"मनुस्मृति"



   मलाइ लाग्छ धर्ममा कुनै जात जाति वा वर्ग भन्ने कुराहरू नै रहदैनन। सबैमा सम्मान अधिकार रहन्छन। धर्म त्यो हो, जसले मानवतालाइ बुझिन्छन र प्राणीहरू माथी दयामाया करूणाको भाव राख्दै स सम्मान व्यवाहार गरिन्छन।
यहाँ त धर्मको नाममा नारीमाथी शोषण र अत्याचार गर्नु भनि मनुले नै भनिएको छन भने जात अनुसारको कार्बाही पनि फरक फरक तवरले गर्नु भन्ने आज्ञा भएको देखिन्छन।
नेपाल र भारतमा नारीहरूमाथी हिसां हुनुको मुख्य कारण यो मनुस्मृर्ति नै पो हो कि जस्तो पो लाग्न थालियो।
हिन्दुधर्मलम्बीहरूको पवित्र धर्मिक शास्त्र मनुस्मृर्तिमा नारीहरूको बारेमा यस्तो लेखिएका छन। साथै जातजातिको अधारमा अवैध सम्भोग भएमा कस्तो किसिमको कार्बाही गर्न पर्छ भन्ने कुरा समेत स्पष्टका साथ लेखिएका भेटिन्छन। 
 मनुस्मृर्ति भित्र नारीहरूको बारेमा यसरी उल्लेख गरिएका छन
१,छोरी पत्नी,माता वा कन्या युवा, बृद्धा कुनै पनि स्वरूपमा नारी स्वतन्त्र हुनु हुदैनन।  अध्याय ९ श्लोक २
२,पति पत्निलाइ छोडन सकिन्छन बन्दकी पनि राख्नु सकिन्छन, बेच्नु पनि सकिन्छन तर नारीलाइ त्यस्तो अधिकार छैन कुनै पनि स्थितिमा। बिबाह पछि पत्नि सदैव पत्नि नै रहन्छ।अध्याय ९ श्लोक २
३,असत्य जसरी अपवित्र छ,उस्तै नारी पनि अपवित्र छन। मतलब पढनुको लागि, पढाउनुको लागि या बेदका मन्त्र उच्चारण गर्नको लागि नारीमा अधिकार छैन। अध्याय ८ श्लोक २९९
४,सम्पति अथवा जेयजेथाको अधिकार वा दाबीको लागि शुद्रका स्त्री पनि दास हो। स्त्रीले सम्पति राख्ने कुनै अधिकार छैन। नारीको सम्पतिका मालिक उसको छोरा, श्रीमान वा पिता हुन्छ। अध्याय ९ श्लोक ४१६
५,नारी नर्कगामीनी हुनको कारण नारी भएको स्थानमा यज्ञकार्य वा दैनिक अग्निहोत्र पनि गर्नु सकिदैनन। अध्याय ११ श्लोक ३६ र ३७
६,यज्ञकार्य गर्ने वा बेद मन्त्र उच्चारण गर्ने नारीको हातबाट ब्राम्हाणले पनि भोजन गर्नु हुदैनन। नारीले गरेको सबै यज्ञकार्य अशुभ हुने हुनाले देवताले पनि स्विकार गरदैनन। अध्याय ४ श्लोक २०५ र २०६
७, नारी एकान्तको दुरूपयोग गर्छन। अध्याय २ श्लोक ११४
८, नारीले सम्भोगको लागि उमेर वा कुरूपता देखिदैनन। अध्याय ९ श्लोक ११५
९, नारी चंचल र ह्रदयहिन पतिमा निष्ठरहित हुन्छन। अध्याय २ श्लोक ११५
१०, नारी केवल शैया,आभुषण र बस्त्रको मात्रै प्रेम गर्ने वासनयुक्त,बेईमान,इष्याखोरी,दुराचारी हुन्छन। अध्याय ९ श्लोक १७
११, सुखी संसारको लागि नारीले कस्तो रहनुपर्छ? यो प्रश्नको उत्तरमा मनु भन्छ
-
(क) नारीले जिवनभर पतिको आज्ञाको पालन गर्नु पर्छ। अध्याय ५ श्लोक ११५
(ख) पति सदाचारहिन हो,अन्य नारीमा आसक्त होस,दुर्गुणले भरिएको होस,नंपुसक होस,  जे जस्तो होस फेरी पनि नारीको पतिव्रता बनेर उसलाइ देवता लाइ जसरी पुजा गर्नु पर्छ। अध्याय ५ श्लोक १५४
१२, नारी माथी अवैध संभोग गरेमा के गर्ने भन्नेकुराहरू मनुस्मुर्तिमा यसरी लेखिएका छन।
(क) ब्राम्हाणले अवैध सम्भोग गरेमा मुंडन गर्नु।
(ख) क्षेत्रीले अवैध सम्भोग गरेमा १००० दंण्ड गर्नु।
(ग) बैश्यले अवैध सम्भोग गरेमा उसको सबै सम्पति हरण गर्नु र १ सालको लागि कैद गर्नु र पछि देश निकाला गर्नु।  
(घ) शुद्रले अबैध सम्भोग गरेमा उसको सबै सम्पति कब्जा गर्नु, उसको लिगं कटाउनु । शुद्रले यदि उच्चा जातकी संग सम्भोग गरेमा त्यसको हत्या गरिदिनु। अध्याय ८ श्लोक ३७४,३७५



No comments:

Post a Comment