Pages

Wednesday, April 9, 2014

मत्रैय बुद्ध


हामी बेोद्धमार्गीहरू यो विश्वास गरिन्छ कि, शाक्यमुनि बुद्धको पाँच हजार बर्षाको बुद्ध शासनकाल पछि फेरी अर्को बुद्ध अर्थात मत्रैया बुद्धको उदय हुने छ। जसले बुद्ध शासनलाइ निरन्तरता दिदै विश्व जगतका दु.खमा परेका प्राणीहरूलाइ भाव सागर तारिदिने छ। 


मत्रैया बुद्धको मन्त्रहरू 
________________________

अोम नमो अार्य मैत्रीय
बुद्धय्! धर्मय्! संघय्!
______________________

नमो रत्न त्रत्राय! नमो भगवतो शाक्यमुनिय्!!
तथागतय्! अरहतो सम्मा सम्बुद्धस्स तयाथ!!
ॐ! अजीतय अजीतय अपराजीतय अजितन्चय!!
हर हर! मैत्री अवलोकितय्!!
कर कर! महा समय सिद्धी!!
बर बर! महा बोधि मन्द विजा!!
मर मर! अय्म कम् समय!!
बोधि बोधि! महा बोधि स्वाह!!

Thursday, April 3, 2014

"अष्टांगिक मार्ग" भनेको के हो ?


भगवान गौतम बुद्धले कुशल जीवनको लागि अष्टांगिक मार्गको प्रतिपादन ईसाले भन्दा ६ शताब्दी पुर्व नै गर्नुभएको थियो।
भगवान बुद्धले बताउनु भएको आठसुत्रहरू अर्थात अष्टांगिक मार्गहरू आजको युगमा पनि प्रासंगिक नै रहेको छ।
१,सम्यक दृष्टि :- कुनै पनि घटनाहरूको तीन पक्ष हुन्छन। तथ्य ,कथ्य र सत्य। घटना तथ्य हो धारणा कथ्य हो र प्रेरणा सत्य हो। हरेक घटनाहरूबाट एक शुभ प्रेरणा ग्रहण गर्नु। यँही नै सम्यक -दृष्टि हो।
२,सम्यक -स्मृति:- स्वयंलाइ सही,श्रेष्ठ एवं निर्दोष र अरूलाइ गलत ,तुच्छ एवं दोषी सिद्ध गर्नु नै अहंकारी व्यक्तिको लक्षण हो। प्रतिशोधको ठाँउमा क्षमालाइ अपनाउनु। निरर्थकको ठाँउमा सार्थकलाइ याद राख्नु। यँही नै सम्यक स्मृति हो।
३,सम्यक कर्म :-असफलताको दायित्व स्वयंले लिनु। सफलताको श्रेय अस्तित्वलाइ दिनु। ईश्वर,भाग्य,परिस्तिथि वा अन्यलाइ दोष दिनु अनीति हो। अाफ्नो क्षमतालाइ बुझेर पहलकर कर्म गर्नु। यँही नै सम्यक कर्म हो।
४,सम्यक आजीविका :-केही भन्नु ,केही गर्नु भन्दा पहिला अाफुलाइ भित्र देखि बुझ्नु मन त शान्त हुन्छ? अशान्त भए विश्राम लिनु र शान्त भए सक्रिय रहनु। परस्पर आदर,विश्वास र सहयोगपूर्वक कार्य गर्नु। कार्यस्थललाइ स्वच्छ र कार्यजीवनलाइ तनावमुक्त राख्दै खुशी रहनु। यँही नै सम्यक अाजीविका हो।
५,सम्यक वाणी :-विनम्र रहनु। विनम्रतापूर्वक सबैसंग सम्मान व्यवहारहरू गर्नु। कुनै प्रकारको घमण्ड र अाडम्बर नर्गनु। कथनी -करनीमा भेद नराख्नु। यँही नै सम्यक वाणी हो।
६,सम्यक संकल्प :-शुभ संकल्प गर्नु। सबैको साथमा त्यसलाइ पुरा गर्ने प्रयास गर्नु। लक्ष्य प्राप्तिको लागि संकल्पमा विकल्पको प्रयास नर्गनु। संकल्पको कुनै विकल्प हुदैनन्। यँही नै सम्यक संकल्प हो।
७,सम्यक व्यायाम :-कर्मलाइ निष्ठा पूर्वक गर्नु। उद्देश्य प्राप्तिको लागि सतत चेष्टा गर्नु ,फल सदा उदेश्यको अनुकूल हुन्छ,यस्तो आशा नराख्नु। यँही सम्यक व्यायाम हो।
८ :-सम्यक समाधि :-काम ,क्रोध ,मद ,लोभ ,मोह ,अशांति ,क्षोभ ,तनाव भाव ,विचारको कारणहरू प्रति सदा साक्षी रहनु। स्वासको हिसाब राख्नु। यँही सम्यक समाधि हो।